बालेनमाथि देउवा, ओली र प्रचण्डको फोहोरी राजनीति « Khabarhub

बालेनमाथि देउवा, ओली र प्रचण्डको फोहोरी राजनीति

स्वतन्त्र जनप्रतिनिधि र उम्मेद्वारलाई असफल भएको देखाउने प्रपञ्च !


३१ श्रावण २०७९, मंगलबार  

पढ्न लाग्ने समय : 2 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

काठमाडौँ : देशको राजधानी काठमाडौँ महानगरपालिकामै सबै दलका उम्मेदवारलाई पन्छाउँदै स्वतन्त्र उम्मेदवारीबाट चुनाव जितेका मेयर बालेन शाहप्रति दलका शीर्ष नेताले नै फोहोरी राजनीति गर्न थालेका छन् । स्वतन्त्र उम्मेद्वारी दिएर पनि जित हासिल गर्दै काठमाडौँको मुहार फेर्ने सपना पालेका बालेनलाई दलका शीर्ष नेताहरूकै योजनामा असफल बनाउने भरमग्दुर प्रयास भइरहेको तथ्य उनीहरूकै पार्टी पङ्क्तिको विज्ञप्तिले देखाएको छ ।

काठमाडौँ उपत्यकाको फोहोर पछिल्लो दुई हप्तादेखि उठ्न सकेको छैन । फोहोर उठ्न नसक्दा राजधानी काठमाडौँ दुर्गन्धित बनेको छ भने आम सर्वसाधारणले मेयर बालेन र सरकारको आलोचना गरिरहेका छन् । यस्तो अवस्थामा पनि फोहोर उठाउनुपर्ने दायित्वमा हातेमालो गर्नुको साटो शीर्ष दलकै नेताहरूको योजनामा फोहोर उठाउन र फाल्नमै अवरोध भइरहेका छन् ।

मेयर बालेनले सामाजिक सञ्जालमा पोस्ट गरेका धेरैजसो धारणामा सत्तारुढ र प्रतिपक्षी दलले बालेनलाई असफल बनाउनका लागि फोहोरमा अवरोध गरेको खुलेको छ । राजधानी जस्तो ठाउँमा फोहोर दुर्गन्धित भएर फैलिदा पनि शीर्ष राजनीतिक नेतृत्व गैरजिम्मेवार बनेको छ ।

यसले नागरिक राजनीतिक दलका शीर्ष नेताहरूमाथि आक्रोशित भएका छन् । बालेनले जित्दा दलहरूको प्रभाव कमजोर बनेको र आफ्नो राजनीतिक अस्तित्व पनि संकटमा परेको भन्दै कांग्रेस सभापति शेरबहादुर देउवा, एमाले अध्यक्ष केपी शर्मा ओली र माओवादी अध्यक्ष प्रचण्ड भित्रभित्रै बालेन जस्ता युवा नेतृत्वबाट झस्किएका छन् ।

यसपटकको स्थानीय तहको चुनावमा युवा र दलबाहिरका उम्मेदवारले जित्न थालेपछि मुख्य पार्टीका शीर्ष नेताहरु नै तनावमा देखिन्छ । जुन प्रतिशोध अहिले पार्टीका शीर्ष नेताहरूले बालेनमाथि साँधिरहेका छन् ।

काठमाडौँसहित देशका विभिन्न ठाउँको राजनीति अहिले सोचेजस्तो छैन । शीर्ष नेताहरू स्वयंमले अहिले सोचेजस्तो राजनीति हुँदैन । जसरी काठमाडौँमा बालेनलाई फोहोर व्यवस्थापन गर्न नेताहरूले अवरोध गरिरहेका छन्, यसको सिधा असर आगामी चुनावमा पर्ने निश्चित छ ।

आम मानिसहरू फोहोर नउठ्नुमा को मुख्य जिम्मेवार र दोषी छ भनेर पत्ता लगाउन सक्षम छन् । यस्तो अवस्थामा दलहरूले सोचेको जस्तो सजिलो भने पक्कै छैन । यो तवरले अब नयाँ शिराबाट युवाहरूको राजनीति सुरु भइसकेको छ ।

आफूले जित्न अर्कोलाई हराउने भन्ने राजनीतिक दलका नेताहरूको मुर्खता अब जनताले बुझेकै छन् । यसकारण पनि काठमाडौँमा बालेन शाहमाथि फोहोरी राजनीति गर्ने प्रचण्ड, माधव नेपाल र देउवाको राजनीतिक भविष्य उज्यालो हुँदैन ।

बालकोटमा बसेर बालेनलाई गाली गर्दैमा एमालेको जित निश्चित हुँदैन । बरु अहिले अस्तित्वमा रहेका दलहरूले विकृतिको समस्या हटाएर जनतामा आशा र समाधान दिनुपर्ने तर्फ गम्भीरता अपनाउन आवश्यक छ । होइन भने भोलिका दिनमा यसले झन् ठूलो संकट ल्याउने निश्चित जस्तै छ ।

यदि समयमै बालेन जस्ता निर्वाचित जनप्रतिनिधिमाथि फोहोरी राजनीति गर्नुको साटो आफ्ना कमजोरी हटाउनतिर दलका नेता लागेमा देश र स्वयं उनीहरूकै नेता कार्यकर्ताप्रति नागरिकको भरोसा बढ्छ । अन्यथा आउँदो चुनावमा अहिले बालेन, हर्क साम्पाङ र गोपाल हमालजस्ता सयौँ युवा उदाउँदा अहिले वर्चश्व जमाएका नेताहरूको बहिर्गमन बाध्यता बन्नेछ । जुन उनीहरूकै लागि महँगो बन्न सक्छ ।

 

प्रकाशित मिति : ३१ श्रावण २०७९, मंगलबार  ४ : ३२ बजे

गगनले गरे कोशी र मधेसका नेता सांसदसँग छलफल

काठमाडौं– नेपाली कांग्रेसका सभापति गगनकुमार थापाले जुम बैठक र काठमाडौंमा

माइतीघर डुबानप्रति कार्यवाहक प्रमुख डङ्गोलको चासो

काठमाडौं– काठमाडौं महानगरपालिकाका कार्यवाहक प्रमुख सुनिता डङ्गोलले माइतीघरमण्डला क्षेत्रमा वर्षायाममा

सुनचाँदीको मूल्य वृद्धि

काठमाडौं- स्थानीय बजारमा आज सुनको मूल्य केही बढेको छ ।

भाडा नतिरेपछि सार्वजनिक पुस्तकालयसहितका ‘स्टल’ बन्द

काठमाडौं– नेपाल सरकारको निर्णयअनुसार भृकुटीमण्डपस्थित काठमाडौँ उपत्यका सार्वजनिक पुस्तकालयसहित लामो

मन्दिरमा मृत भेटिएका व्यक्तिको घटनालाई धार्मिक विषय नबनाउन प्रहरीको अपिल

धनुषा– प्रहरीले धनुषाको सबैला नगरपालिका–१२ नहरचोकस्थित हनुमान मन्दिर परिसरमा एक