तराईमा चलेको पूर्वीय हावाबाट जोगिन स्वास्थ्यकर्मीको सुझाव « Khabarhub

तराईमा चलेको पूर्वीय हावाबाट जोगिन स्वास्थ्यकर्मीको सुझाव


३१ श्रावण २०७९, मंगलबार  

पढ्न लाग्ने समय : 2 मिनेट


3
Shares
  • change font
  • change font
  • change font

महोत्तरी- मध्य तराईमा केही दिनदेखि चैत वैशाखमा जस्तो पूर्वीय हावा चलिरहेको छ । फागुन, चैतमा जसरी एकनासको सुख्खा हावा चल्न थालेपछि सर्वसाधारण त्रसित भएका छन् । बर्दिबास-७ का विजय यादवले यसअघि वर्षा याममा यस्तो बतास अनुभव नगरेको बताए । यो हावा स्वास्थ्यको लागि निक्कै हानिकारक हुने स्वास्थ्यकर्मीहरूले बताएको उनको भनाइ छ ।

हावा चलेपछि रोगव्याधी मात्र आउँदैन, पशुचौपाया र कृषि उत्पादनमा समेत प्रतिकुल असर पर्न सक्ने भन्दै चिकित्सकहरूको चेतावनी छ । `यसपालि धान उत्पादनमा समेत भारी र्‍हास आउनेछ धेरैको अनुमान छ,´ उनले भने । चैत, वैशाखमा चल्ने जस्तै हावा पूर्वबाट बहेको हुनाले यसलाई पूर्वीय हावा पनि भन्ने गरिएको छ ।

वर्षा हुने समयमा वर्षा नहुने र खडेरी परिरहेकाले प्राकृतिक विपत्तिका घटना बढ्न सक्ने भन्दै सर्वसाधारण चिन्तित पनि बनिरहेका छन् । स्वभाविकरुपमा अहिले चलिरहेको खडेरी र त्रासपूर्ण हावाले उत्पादनदेखि मानवीय स्वास्थ्यमा गम्भीर असर पुर्‍याउन सक्ने वातावरणविद्हरूको चिन्ता छ ।

`वर्षाको समयमा औसत पानी नपरेको कारण पूर्वीय हावा तेज गतिमा चलिरहेको छ, त्यसो हुँदा यसपालि प्राकृतिक समस्या पनि त्यतिकै आउन सक्छ ।´ वातावरणविद् विराट पन्तले उनले भने ।

यस्तो हावाले अहिले किसानहरूले लगाएका धान बालिमा असर पर्दै गएको छ । यस्तो प्रकारको हावाले वनस्पति तथा कृषिजन्य वस्तुहरूमा समस्या पर्न सक्ने वातावरणविद्हरू बताउँछन् ।

एलर्जी, मौसमी ज्वरोको जोखिम

सर्वसाधारणहरूलाई यस्तो प्रकारको हावाले विभिन्न रोग ल्याउन सक्ने भएकाले सजग रहन स्वास्थ्यकर्मीहरूले आग्रह गरेका छन् । जलेश्वर प्रादेशिक अस्पतालका चिकित्सक प्रदीपकुमार साहका अनुसार एलर्जी र मौसमी ज्वरो, रुघाखोकीका बिरामीहरूलाई अत्यधिक समस्या बनाउने गर्दछ ।

उनले एलर्जीका बिरामीहरूले विशेष सावधानी अपनाउन आग्रह पनि गरेका छन् । `गर्मी याममा सबैलाई एलर्जी हुन्छ । अझ यस्तो प्रकारको हावाले एलर्जी बढाउन मद्दत गर्ने भएकाले विशेष सावधानी अपनाउनु पर्छ ।´ डाक्टर साहले भने ।

हावाको मात्र त्रास हैन वर्षाको त्रास समेत बढ्दै गएको छ । नेपालमा बिशेष ग री १३ जुनबाट मनसुन प्रवेश गरेर २ अक्टोबरमा बाहिरिने गर्छ । तर, निर्धारित समयमा मनसुन सक्रिय बन्न नसक्दा किसानहरू कहिले वर्षा हुन्छ र समस्या बनाउने होला भनेर त्रास बढाएको छ ।

प्रकाशित मिति : ३१ श्रावण २०७९, मंगलबार  १ : २९ बजे

नेपालले निर्यातमा प्रतिस्पर्धी क्षमता बढाउनुपर्छ : मन्त्री साह

काठमाडौँ- उद्योग, वाणिज्य तथा आपूर्तिमन्त्री दीपककुमार साहले युरोपेली युनियन (इयू)-भारत

कांग्रेस महाधिवेशनमा आचारसंहिताविपरीत प्रचारप्रसार (तस्बिरहरु)

काठमाडौं- नेपाली कांग्रेसको १५ औँ महाधिवेशन निर्वाचन समितिले जारी गरेको

‘अनलाइन’बाट बिजुलीको बिल तिर्ने ग्राहकलाई अब विशेष सुविधा

काठमाडौँ–  नेपाल विद्युत् प्राधिकरणले बिजुलीको बिल ‘अनलाइन’बाट तिर्ने ग्राहकलाई थप

हवाई भाडादरबारे भ्रामक सूचनाको पछि नलाग्न एयरलाइन्सको अनुरोध

काठमाडौँ– बडादसैँ तथा तिहारको समयमा हवाई भाडादरलाई लिएर सार्वजनिक आलोचना