तराईमा चलेको पूर्वीय हावाबाट जोगिन स्वास्थ्यकर्मीको सुझाव « Khabarhub

तराईमा चलेको पूर्वीय हावाबाट जोगिन स्वास्थ्यकर्मीको सुझाव


३१ श्रावण २०७९, मंगलबार  

पढ्न लाग्ने समय : 2 मिनेट


3
Shares
  • change font
  • change font
  • change font

महोत्तरी- मध्य तराईमा केही दिनदेखि चैत वैशाखमा जस्तो पूर्वीय हावा चलिरहेको छ । फागुन, चैतमा जसरी एकनासको सुख्खा हावा चल्न थालेपछि सर्वसाधारण त्रसित भएका छन् । बर्दिबास-७ का विजय यादवले यसअघि वर्षा याममा यस्तो बतास अनुभव नगरेको बताए । यो हावा स्वास्थ्यको लागि निक्कै हानिकारक हुने स्वास्थ्यकर्मीहरूले बताएको उनको भनाइ छ ।

हावा चलेपछि रोगव्याधी मात्र आउँदैन, पशुचौपाया र कृषि उत्पादनमा समेत प्रतिकुल असर पर्न सक्ने भन्दै चिकित्सकहरूको चेतावनी छ । `यसपालि धान उत्पादनमा समेत भारी र्‍हास आउनेछ धेरैको अनुमान छ,´ उनले भने । चैत, वैशाखमा चल्ने जस्तै हावा पूर्वबाट बहेको हुनाले यसलाई पूर्वीय हावा पनि भन्ने गरिएको छ ।

वर्षा हुने समयमा वर्षा नहुने र खडेरी परिरहेकाले प्राकृतिक विपत्तिका घटना बढ्न सक्ने भन्दै सर्वसाधारण चिन्तित पनि बनिरहेका छन् । स्वभाविकरुपमा अहिले चलिरहेको खडेरी र त्रासपूर्ण हावाले उत्पादनदेखि मानवीय स्वास्थ्यमा गम्भीर असर पुर्‍याउन सक्ने वातावरणविद्हरूको चिन्ता छ ।

`वर्षाको समयमा औसत पानी नपरेको कारण पूर्वीय हावा तेज गतिमा चलिरहेको छ, त्यसो हुँदा यसपालि प्राकृतिक समस्या पनि त्यतिकै आउन सक्छ ।´ वातावरणविद् विराट पन्तले उनले भने ।

यस्तो हावाले अहिले किसानहरूले लगाएका धान बालिमा असर पर्दै गएको छ । यस्तो प्रकारको हावाले वनस्पति तथा कृषिजन्य वस्तुहरूमा समस्या पर्न सक्ने वातावरणविद्हरू बताउँछन् ।

एलर्जी, मौसमी ज्वरोको जोखिम

सर्वसाधारणहरूलाई यस्तो प्रकारको हावाले विभिन्न रोग ल्याउन सक्ने भएकाले सजग रहन स्वास्थ्यकर्मीहरूले आग्रह गरेका छन् । जलेश्वर प्रादेशिक अस्पतालका चिकित्सक प्रदीपकुमार साहका अनुसार एलर्जी र मौसमी ज्वरो, रुघाखोकीका बिरामीहरूलाई अत्यधिक समस्या बनाउने गर्दछ ।

उनले एलर्जीका बिरामीहरूले विशेष सावधानी अपनाउन आग्रह पनि गरेका छन् । `गर्मी याममा सबैलाई एलर्जी हुन्छ । अझ यस्तो प्रकारको हावाले एलर्जी बढाउन मद्दत गर्ने भएकाले विशेष सावधानी अपनाउनु पर्छ ।´ डाक्टर साहले भने ।

हावाको मात्र त्रास हैन वर्षाको त्रास समेत बढ्दै गएको छ । नेपालमा बिशेष ग री १३ जुनबाट मनसुन प्रवेश गरेर २ अक्टोबरमा बाहिरिने गर्छ । तर, निर्धारित समयमा मनसुन सक्रिय बन्न नसक्दा किसानहरू कहिले वर्षा हुन्छ र समस्या बनाउने होला भनेर त्रास बढाएको छ ।

प्रकाशित मिति : ३१ श्रावण २०७९, मंगलबार  १ : २९ बजे

मेची भन्सार कार्यालय : पेट्रोलियम आयतबाट पाँचमहिनामा करिब ४ अर्ब राजस्व सङ्कलन

झापा– मेची भन्सार कार्यालयले चालु आर्थिक वर्ष २०८२–८३ को पहिलो

हर्क साम्पाङले पार्टीबाट कारबाही गरेका मित्र परियार नेकपाको समानुपातिक सूचीमा !

काठमाडौं – श्रम संस्कृति पार्टीका अध्यक्ष हर्क सम्पाङले कारबाही गरेका

बालेन, रवि र कुलमान एकताको तरङ्ग कता-कता ?

काठमाडौं– काठमाडौं महानगरपालिकाका मेयर बालेन्द्र साह र रवि लामिछाने नेतृत्वको

कांग्रेसले अहिलेसम्म किन बुझाउन सकेन समानुपातिक उम्मेदवारको बन्दसूची ?

काठमाडौं– आगामी फागुन २१ गते हुने प्रतिनिधिसभा सदस्य निर्वाचन अन्तर्गत

अमेरिकाले राष्ट्रसङ्घको मानवीय सहायताका लागि दुई अर्ब डलर दिने

काठमाडौं – संयुक्त राज्य अमेरिकाले सन् २०२६ मा संयुक्त राष्ट्रसङ्घको