शोधानान्तर घाटा दुई खर्ब ५५ अर्ब « Khabarhub

शोधानान्तर घाटा दुई खर्ब ५५ अर्ब


३१ श्रावण २०७९, मंगलबार  

पढ्न लाग्ने समय : 2 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

काठमाडौँ– देशभित्र भित्रिनेभन्दा बाहिरिने रकमको मात्रामा वृद्धि भएको छ । नेपाल राष्ट्र बैंकले आज सार्वजनिक गरेको आर्थिक वर्ष २०७८/७९ मा रु दुई खर्ब ५५ अर्बले शोधानान्तर घाटामा गएको छ । अघिल्लो आव असार मसान्तमा रु एक अर्ब २३ करोडले शोधानान्तर बचतमा थियो ।

कोरोना कहर सामान्य भएपछि हरेक क्षेत्रमा उच्च आयात भएका कारण गत आव शोधानान्तर रु दुई खर्ब ५५ अर्बले घाटामा गएको हो । यस्तै, गत जेठको तुलनामा गत असारमा विदेशी मुद्राको सञ्चितिमा सुधार भएको छ ।

केन्द्रीय बैंकको विवरणअनुसार आव २०७८/७९ मा नौ अर्ब ५४ करोडले अमेरिकी डलरको सञ्चिति रहेको छ । यो सञ्चितीले छ दशमलव ९४ महिनाको वस्तु तथा सेवा आयात धान्न सक्छ । सो आवमा कूल रु १९ खर्ब २० अर्ब ४५ करोड बराबरको वस्तु आयात भएको छ ।

केन्द्रीय बैंकको विवरणअनुसार समीक्षा वर्षमा कूल वस्तु आयात २४ दशमलव सात प्रतिशतले वृद्धि भएको हो । अघिल्लो वर्ष यस्तो आयात २८ दशमलव सात प्रतिशतले बढेको थियो । वस्तु आयात गरिने मुलुकका आधारमा भारत, चीन तथा अन्य मुलुकबाट भएको आयात क्रमशः २३ दशमलव पाँच प्रतिशत, १३ दशमलव दुई र ३६ तीन प्रतिशतले वृद्धि भएको छ ।

वस्तुगत आधारमा पेट्रोलियम पदार्थ, औषधि, कच्चा पाम तेल, स्पंज आइरन, सुनलगायतका वस्तुको आयात बढेको छ भने एमएसविलेट, सिमेन्ट, धान तथा चामल, दाल, मेडिकल उपकरणलगायतका वस्तुको आयात घटेको छ । निर्याततर्पm कन्चनपुर भन्सार कार्यालयबाहेकका प्रमुख नाकाबाट वृद्धि भएको छ । आयाततर्पm भने सम्पूर्ण प्रमुख नाकाबाट वृद्धि भएको छ ।

आर्थिक वर्ष २०७८/७९ मा कूल वस्तु निर्यात ४१ दशमलव सात प्रतिशतले वृद्धि भई रु दुई खर्ब तीन करोड पुगेको छ । अघिल्लो आवमा यस्तो निर्यात ४४ दशमलब चार प्रतिशतले वृद्धि भएको थियो । गन्तव्यका आधारमा भारत तथा अन्य मुलुकतर्फ भएको निर्यात क्रमशः ४५ दशमलव नौ प्रतिशत र ३० दशमलव चार प्रतिशतले वृद्धि भएको छ भने चीनतर्फको निर्यात २० दशमलव चार प्रतिशतले घटेको छ ।

वस्तुगत आधारमा पाम तेल, ऊनी गलैँचा, धागो ९पोलिष्टर तथा अन्य०, जिंक शिट, जुसलगायतका वस्तुको निर्यात बढेको छ भने सोयाविन तेल, अलैँची, चिया, औषधि (आयुर्वेदिक), तारलगायतका वस्तुको निर्यात घटेको छ ।

प्रकाशित मिति : ३१ श्रावण २०७९, मंगलबार  ११ : ०१ बजे

नीति तथा कार्यक्रममा विज्ञान प्रविधि नसमेटिएको भन्दै सरकारमाथि महावीर पुनको रिस

काठमाडौँ । प्रतिनिधिसभाका एक्ला स्वतन्त्र सांसद महावीर पुनले सरकारको नीति

संवैधानिक इजलासमा न्यायाधीशहरूको कित्ताकाट

काठमाडौँ । निजामती कर्मचारी ट्रेड युनियन बन्द गर्ने सरकारको निर्णयमाथि

राष्ट्रपतिले नीति कार्यक्रम प्रस्तुत गरिरहँदा प्रधानमन्त्री बाहिरिएको घटनामा कांग्रेसको आपत्ति

काठमाडौं । नेपाली कांग्रेसले संघीय संसदको संयुक्त बैठकमा राष्ट्रपतिबाट सरकारको

विद्यार्थीलाई बधाई दिँदै शिक्षामन्त्रीले व्यक्त गरे एक महिनामै नतिजा सफल बनाउने शिक्षकप्रति आभार

काठमाडौँ । शिक्षामन्त्री सस्मित पोखरेलले एसईई परीक्षामा सफल सबै विद्यार्थीलाई

एसईई नतिजा : कुन प्रदेशका कति विद्यार्थी ननग्रेड ?

काठमाडौं । माध्यमिक शिक्षा परीक्षा (एसईई)मा मधेश प्रदेशका ३१ हजार