अपरान्ह ४ बजेसम्मका मुख्य १० समाचार | Khabarhub Khabarhub

अपरान्ह ४ बजेसम्मका मुख्य १० समाचार


३१ भाद्र २०७९, शुक्रबार  

पढ्न लाग्ने समय : 4 मिनेट


45
Shares
  • change font
  • change font
  • change font

काठमाडौँ : बिहानैदेखि आज पनि विभिन्न राजनीतिक, आर्थिक तथा सामाजिक घटनाक्रम चलिरहेका छन् । पछिल्लो चौबीस घण्टामा राजधानी काठमाडौँदेखि देशभरका समाचार अपडेटका साथै अन्तर्राष्ट्रिय र खेलकुदका विभिन्न गतिविधि तथा कार्यक्रम भइरहेका छन् । अपरान्ह ४ बजेसम्मका मुख्य १० समाचार यस्ता छन्ः

१. आसन्न निर्वाचनका लागि १ करोड ७९ लाख ८८ हजार मतदाता

आगामी मंसिर ४ गते हुने प्रतिनिधिसभा र प्रदेशसभा सदस्यको निर्वाचनका लागि १ करोड ७९ लाख ८८ हजार ५७० मतदाता कायम भएको छ । निर्वाचन आयोगले आज विज्ञप्ति जारी गर्दै सो जानकारी दिएको हो । आयोगले निर्वाचनका लागि १० हजार ८९१ मतदानस्थलका साथै २२ हजार २२६ वटा मतदानकेन्द्र  तोकेको छ । जसमा  १८ वर्ष उमे पूरा हुने ८८ लाख ४७ हजार ५७९ जना महिला, ९१ लाख ४० हजार ८०६ जना पुरुष तथा १८५ जना अन्य गरी कुल १ करोड ७९ लाख ८८ हजार ५७० जना मतदाताहरूको अन्तिम मतदाता नामावली स्वीकृत गरेको आयोगले जनाएको हो ।

 २. जबरासगँ आजै पूरक प्रश्न सोध्ने सिफारिस समितिको तयारी 

निलम्बित प्रधानन्यायाधीश चोलेन्द्र शमशेर जबराले आफूले  दिएका बयानमा हस्ताक्षर गरिरहेका छन् । जबराले  १७४ पेजको प्रतिवेदनमा जबराले हस्ताक्षर गरिरहेको संसद् सचिवालयले जनाएको छ । हस्ताक्षरपछि जबरामाथि पूरक प्रश्न सोधिनेछ । पूरक प्रश्न गरिसकेपछि भोलि  बस्ने प्रतिनिधिसभाको  बैठकमा महाभियोग प्रस्ताव पेश गर्ने तयारी भइरहेको महाभियोग सिफारिस समिति सदस्य मीन विश्वकर्माले जानकारी दिए ।यसअघि समितिमा जबराले लिखित बयान अध्ययन गर्न नपाएकाले यत्तिकै हस्ताक्षर नगर्ने अडान लिएका थिए । गत  भदौ १५, १६, १९, २६ र २८ गते  सिफारिस समितिमा जबराले दिएको बयानलाई उतारेको पत्र (भर्बेटम) तयार पारिएको हो ।

३. प्रतिनिधिसभा बैठक सार्वजनिक ऋण व्यवस्थापन विधेयक, स्वीकृत  

प्रतिनिधिसभाको बैठकबाट सार्वजनिक ऋण व्यवस्थापन विधेयक, २०७९ माथि राष्ट्रिय सभाबाट भएको संशोधनलाई स्वीकृत गरेको छ । प्रतिनिधिसभाको आज बसेको  बैठकमा अर्थमन्त्रीको कार्यभार सम्हाल्नुभएका ऊर्जा मन्त्री पम्फा भुसालले सो संशोधन प्रस्ताव प्रस्तुत गरेका थिए । त्यस्तै बैठकले बीमा विधेयक, २०७९ माथि राष्ट्रिय सभाबाट भएको संशोधनलाई पनि स्वीकृत गरेको छ भने पशु स्वास्थ्य तथा पशु सेवा परिषद् विधेयक, २०७९ माथि राष्ट्रिय सभाबाट भएको संशोधनलाई पनि स्वीकृत गरेको छ । त्यसअघि शुक्रबार नै बसेको प्रतिनिधिसभाको पहिलो बैठकमा प्रतिनिधिसभाका सचिव गोपालनाथ योगीले प्रतिनिधि सभामा उत्पत्ति भई राष्ट्रिय सभाबाट सन्देशसहित प्राप्त पशु स्वास्थ्य तथा पशु सेवा परिषद् विधेयक, २०७९, बीमा विधेयक, २०७९ र सार्वजनिक ऋण व्यवस्थापन विधेयक, २०७९ टेबुल गरेका हुन् ।

४. पेट्रोलको मूल्य प्रतिलिटर ६ रुपैयाँ ५५ पैसा घट्यो 

भारतीय आयल कर्पोरेसन (आईओसी) बाट नेपाल आयल निगमलाई पेट्रोल तथा डिजेलको मूल्य घटेर आएको छ । आइओसीबाट आज  प्राप्त नयाँ मूल्य अनुसार पेट्रोलको मूल्य प्रतिलिटर ६ रुपैयाँ ५५ पैसा घटेर आएको हो । त्यस्तै डिजेलको मूल्य भने प्रतिलिटर ४४ पैसा मात्रै घटेको छ ।इन्धनको मूल्य एक रुपैयाँ ५० पैसा प्रतिलिटरका दरले घटेको निगमले जनाएको छ । अब निगमलाई पेट्रोलमा प्रतिलिटर ८ रुपैयाँ नाफा रहने छ भने डिजलमा घाटा यथावत् रहनेछ । हाल निगमलाई डिजलमा प्रतिलिटर ६ रुपैयाँ हाराहारीमा नोक्सानी छ । उपभोक्ताका लागि निगमले पेट्रोलको मूल्य प्रतिलिटर १८१ रुपैयाँ तथा डिजलको १७८ रुपैयाँ तोकेको छ ।

 ५. नयाँ बानेश्वर क्षेत्रमा रहेका अनधिकृत संरचना हटाइयो 

काठमाडौं महानगरपालिकाले नयाँ बानेश्वर क्षेत्रमा रहेका अनधिकृत संरचना हटाएको छ ।यसअघि सूचना दिँदा पनि अनधिकृत संरचना नहटाएपछि शुक्रबार डोजर लगाएर नै हटाइएको महानगरले जनाएको छ । सो क्रममा नक्सा पास नभएका संरचना पनि महानगरले भत्काएको छ भने पार्किङ उल्लेख गरेर नक्सापास गरेपनि अन्य प्रयोजन भएका स्थानमा पनि डोजर लगाएको छ । डोजर लगाउने क्रममा केही घरधनीहरूले विरोध गरेका थिए । महानगरपालिकाले काठमाडौंका बिभिन्न स्थानमा निरन्तर रुपमा अनधिकृत संरचना हटाउँदै आएको छ ।

 ६. शेयर बजार  राताम्मे  

शेयर बजार  परिसुचक नेप्से  आज पनि घटेर राताम्मे भएको छ । नेप्से आज १४ दशमलव १० अङ्कले घटेर एक हजार  ९ सय १० दशमलव ३८ विन्दुमा कायम भएको हो । आज दुई सय २० वटा कम्पनीको २९ लाख १६ हजार  २ सय ७१ कित्ता शेयर ९० करोड ८१ लाख  ८६ हजार रुपैयाँमा कारोबार भएको छ ।  आज सबैभन्दा धेरै रिडी पावर कम्पनीको चार करोड २३ लाख रुपैयाँको शेयर कारोबार भएको छ ।

७.  अनशनरत डा. गोविन्द केसीको स्वास्थ्य अवस्था जटिल

चिकित्सा शिक्षा क्षेत्र सुधारको माग गर्दै आमरण अनशनरत डा. गोविन्द केसीको स्वास्थ्य अवस्था जटिल बन्दै गएको छ । कैलालीको धनगढीस्थित सेती प्रादेशिक अस्पतालले आज  एक सूचना जारी गर्दै  केसी स्वास्थ्य अवस्था जटिल बन्दै गएको  जनाएको  हो । अस्पतालले जारी गरेको बुलेटिनमा पोषण तत्व र पानीको मात्रा कम भई जटिलता बढ्दै गएको उल्लेख छ । डा. केसी ५ दिनअघि धनगढी पुगेर २० औं पटक अनशनमा बसेका थिए । स्वास्थ्य अवस्थामा जटिलता देखिएपछि उनलाई अस्पताल भर्ना गरिएको छ । यता स्वास्थ्य तथा जनसंख्या राज्यमन्त्री हीराचन्द्र केसीले चिकित्सा शिक्षाका अभियन्ता अनशनरत डा.गोविन्द केसीको मागप्रति गम्भीर भएको  बताएका छन् । स्वास्थ्य राज्यमन्त्री केसीले अभियन्ता डा. केसीले उठाएका मागहरूका विषयमा गहन छलफल भइरहेको बताए ।

 ८ . ग्वाटेमालामा भएको झडपमा ९ जनाको मृत्यु 

 ग्वाटेमालामा स्वतन्त्रता दिवसका अवसरमा आयोजित कार्यक्रममा भएको झडपमा परी ९  जनाको मृत्यु भएको छ ।  अन्य  २० जना घाइते भएका स्थानीय अधिकारीहरूले  आज जानकारी दिएको हो । स्वतन्त्रता दिवसका अवसरमा हिजो देशको पश्चिमी क्षेत्रमा रहेको क्वेटजाल्तेनान्गोमा आयोजित सांस्कृतिक कार्यक्रमको अन्त्य तिर झडप भएको आज स्थानीय रेडक्रमकर्मीहरुले जानकारी दिएका छन् । घटनामा परी घाइते भएकाहरूको स्थानीय विभिन्न अस्पतालमा उपचार भइरहेको छ । घटनाका बारेमा स्थानीय प्रहरीले अनुसन्धान सुरु गरिसकेको र शङ्कास्पद केहीलाई नियन्त्रणमा लिएर सोधपुछ गरेको जनाइएको छ । स्पेनको नियन्त्रणबाट मुक्त भएको सम्झनामा गुटेमालामाहरेक वर्षको सेप्टेम्बर १५  स्वतन्त्रता दिवस मनाउने गरिएको हो ।

९. चिनियाँ राष्ट्रपति सी र इरानका समकक्षी रायसीसँग भेटवार्ता 

चिनियाँ राष्ट्रपति सी चिनफिङले इरानका समकक्षी  इब्राहिम रायसीसँग भेटवार्ता गरेका छन् । सांघाई सहयोग संगठन एससीओको शिखर सम्मेलनका क्रममा उज्वेकिस्तानको समरकन्दको फोरमलार मजमुआसी कम्प्लेक्समा दुई शीर्ष नेताबीच भेटवार्ता भएको हो । सीले चीन र इरानबीच लामो समयदेखिको मित्रता रहेको र तिनीहरूको सम्बन्ध परिवर्तनशील अन्तर्राष्ट्रिय परिदृश्यको परीक्षामा खडा भएको कुरा औंल्याएका छन् । दुई देशबीचको बृहत् रणनीतिक साझेदारीलाई सुदृढ र विकास गर्नु दुवै पक्षको साझा रणनीतिक छनोट भएको सीले  बताए । चीनले इरानसँगको सम्बन्धलाई रणनीतिक र दीर्घकालीन दृष्टिकोणबाट हेरेको छ । सीले चीनको सार्वभौमसत्ता र राष्ट्रिय स्वाभिमानको रक्षा गर्न इरानलाई सहयोग गर्ने र विकासोन्मुख देशहरूको साझा हित र आन्तरिक मामिलामा हस्तक्षेप नगर्ने सिद्धान्तलाई कायम राख्न इरानसँग मिलेर काम गर्ने कुरामा जोड दिएका छन् । 

  १०. महिला साफ च्याम्पियनसिप : बंगलादेश फाइनलमा

बंगलादेश छैटौँ संस्करणको महिला साफ च्याम्पियनसिप फुटबलको फाइनलमा प्रवेश गरेको छ ।त्रिपुरेश्वरस्थित दशरथ रंगशालामा  आज दिउँसो  भएको पहिलो सेमिफाइनलमा भुटानलाई ८-० गोल अन्तरले हराउँदै बंगलादेश उपाधि नजिक पुगेको हो । बंगलादेशलाई जित दिलाउन सबिना खातुनले ह्याट्रिक गोल गरिन् ।यस्तै मोसाम्मत सिरात जाहन सोप्ना, श्रीमोती सरकार, रितु पोर्ना चक्मा, मसुरा प्रभिनतोहुरा खातुनले एक एक गोल गरिन् ।एकतर्फी खेलमा बंगलादेशले दोस्रो मिनेटमा सोप्नाको गोलबाट सुरुआती अग्रता बनाएको थियो  । अब बंगलादेशले उपाधिका लागि नेपाल र भारतबीचको विजेतासँग खेल्नेछ ।नेपाल र भारतबीचको दोस्रो सेमिफाइनल आज  साँझ साढे ५  बजे सुरु हुनेछ । फाइनल खेल  आउँदो सोमबार हुनेछ ।

प्रकाशित मिति : ३१ भाद्र २०७९, शुक्रबार  ४ : ३६ बजे

आज २०८१ साल असोज ११ गते शुक्रबारको राशिफल

काठमाडौं – आज २०८१ साल असोज ११ गते शुक्रबार तदनुसार

राष्ट्रसंघको महासभामा प्रधानमन्त्रीको सम्बोधन : विश्व शान्तिमा थप योगदान गर्न नेपाल तयार छ

न्युयोर्क – प्रधानमन्त्री केपी शर्मा ओलीले संयुक्त राष्ट्रसङ्घको ७९औँ महासभालाई

प्राधिकरणले भन्यो– भोलि र पर्सि रात्रिबस नचलाउनू

काठमाडौं – राष्ट्रिय विपद् जोखिम तथा न्यूनीकरण प्राधिकरणले आगामी चार

प्रधानमन्त्री ओलीसँग चीनका विदेशमन्त्री वाङको शिष्टाचार भेट

न्युयोर्क – प्रधानमन्त्री केपी शर्मा ओलीसँग चीनका विदेशमन्त्री वाङ यीले

कांग्रेस केन्द्रीय कार्यसम्पादन समितिको बैठक आइतबार

काठमाडौं – सत्तारुढ दल नेपाली कांग्रेसको केन्द्रीय कार्यसम्पादन समितिको बैठक