सुदूरपश्चिम सरकारद्वारा मन्त्रिपरिषद् पुर्नगठन « Khabarhub

सुदूरपश्चिम सरकारद्वारा मन्त्रिपरिषद् पुर्नगठन


३१ भाद्र २०७९, शुक्रबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


39
Shares
  • change font
  • change font
  • change font

धनगढी – सुदूरपश्चिम प्रदेश सरकारले मन्त्रिपरिषद् पुर्नगठन गर्दै दुई राज्यमन्त्री नियुक्त गरेको छ । शुक्रबार बसेको मन्त्रिपरिषद्को बैठकले मन्त्रिपरिषद् पुर्नगठन गरेको हो ।

सरकारका मुख्यमन्त्री त्रिलोचन भट्टले प्रदेशको भौतिक पूर्वाधार विकास मन्त्रालय र आर्थिक मामिला मन्त्रालयमा राज्यमन्त्री फेरबदल गर्दै पुर्नगठन गरेका हुन् ।

प्रदेशको भौतिक पूर्वाधार राज्यमन्त्रीमा शुशिला बुढाथोकी र आर्थिक मामिला राज्यमन्त्रीमा बलबहादुर सोडारीलाई नियुक्त गरिएको छ । उनीहरू नेकपा एकीकृत समाजवादीका तर्फबाट राज्यमन्त्री बनेका हुन् ।

उनीहरू दुवै जनाले पद तथा गोपनियताको सपथ लिइसकेका छन् । यसअघि आर्थिक मामिला राज्यमन्त्री रहेका अम्मर साउदलाई फिर्ता बोलाएर एकीकृत समाजवादीले उनको सट्टामा सोडारीलाई पठाएको हो ।

यस्तै समाजवादीका तर्फबाट भौतिक पूर्वाधार राज्यमन्त्री बन्नुभएका कुलबीर चौधरी हालै नेकपा एमालेमा प्रवेश भएपछि उनको सट्टामा बुढाथोकीलाई नियुक्त गरिएको हो ।

प्रकाशित मिति : ३१ भाद्र २०७९, शुक्रबार  ८ : १९ बजे

देउखुरीमा बस र अटो एकापसमा ठोकिँदा दुई जनाको मृत्यु

दाङ – देउखुरीमा बस र अटो एकापसमा ठोकिँदा भएको दुर्घटनामा

भिरबाट खसेर एक जनाको मृत्यु

लमजुङ – लमजुङको मर्स्याङ्दी गाउँपालिका-६ नाइचेमा निर्माणाधीन ४० दशमलव २७

रास्वपाले सबै जिल्लामा खटायो केन्द्रीय सदस्य र सांसद, को कहाँ ? (सूचीसहित)

काठमाडौँ । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) देशका ७७ वटै जिल्लामा

सशस्त्रका एआईजी दाहाल निलम्बित

काठमाडौँ । सशस्त्र प्रहरी बलका अतिरिक्त प्रहरी महानिरीक्षक (एआईजी) वंशीराज

किरणकिशोर घिमिरेद्वारा कांग्रेस केन्द्रीय सदस्यमा उम्मेदवारी घोषणा

काठमाडौं । नेपाली कांग्रेसको खुला केन्द्रीय सदस्यमा नेता किरणकिशोर घिमिरेले