सूर्योदय नगरपालिकामा बसपार्क बन्दै « Khabarhub

सूर्योदय नगरपालिकामा बसपार्क बन्दै


३१ भाद्र २०७९, शुक्रबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


42
Shares
  • change font
  • change font
  • change font

मङ्गलबारे – इलामको सूर्योदय नगरपालिकामा रु ५० करोडको लगानीमा सडक र बसपार्क निर्माण हुने भएको छ । एकीकृत सहरी विकास कार्यक्रमअन्तर्गत सघन सहरी तथा भवन निर्माण आयोजनाको रु ५० करोड लगानीमा सडक र बसपार्क निर्माण हुने भएको हो ।

बहुवर्षीय आयोजनाका रूपमा सञ्चालन गरिएका सडकअन्तर्गत अन्तुदेखि मानेडाँडा, कन्यामदेखि ग्याबाचोक, छिरुवा छब्बिसे, मानेभञ्ज्याङ गोर्खे बजार र फिक्कल रोडअन्तर्गत छिपिटार शान्तिगोलाई गरेर जम्मा २१ किलोमिटर सडक कालोपत्रे हुने सघन सहरी तथा भवन निर्माण विभागका उपमहानिर्देशक नारायण भण्डारीले जानकारी दिए ।

उनका अनुसार बढ्दो सहरीकरणलाई मध्यनजर गर्दै व्यवस्थित बसोबास र विकास निर्माणलाई ध्यानमा राखेर काम अगाडि बढाइएको हो । एकीकृत विकासअन्तर्गत सूर्योदय नगरपालिकाका विभिन्न वडामा सडक कालोपत्रे गर्न तथा पशुपतिनगरमा बसपार्क निर्माण गरिने नगरप्रमुख रणबहादुर राईले जानकारी दिए । आयोजनाअन्तर्गत पशुपतिनगरमा छ रोपनी जमिनमा रु तीन करोड ७७ लाखको लागतमा बसपार्क निर्माण हुनेछ ।

नगरप्रमुख राईका अनुसार सडक र बसपार्कको बोलपत्र आह्वान भइसकेको छ । उनले चाँडै सम्झौता भएर काम सुरु हुने बताए । विभागका उपमहानिर्देशक भण्डारीले कार्यालयले देशका ५० नगरपालिकामा रु ५० करोड र रु २० करोडका दरका कार्यक्रम सञ्चालन गरिने जानकारी दिए । नगरभित्रसहित १० योजना विभागबाट सञ्चालन हुने बताइएको छ ।

नगरपालिकाको अन्तु पोखरी, जोरपोखरी र कन्यामको सौन्दर्य अभिवृद्धि आयोजनाअन्तर्गत गरिने छ । यी आयोजनाको बिहीबार सहरी विकासमन्त्री मेटमणि चौधरी र पूर्वप्रधानमन्त्री झलनाथ खनालले उद्घाटन गरिसकेका छन् । ।

शिलान्यासपछि पूर्वप्रधानमन्त्री खनालले अबको केही वर्षमा सहरीकरण बढ्ने भएकाले बेलैमा त्यसतर्फ ध्यान दिन आग्रह गरे। उनले सहरको विकास भए पनि धेरै पूर्वाधार निर्माण गर्न बाँकी रहेको बताए । सहरी विकासमन्त्री चौधरीले एउटा सहर बन्न आवश्यक पर्ने सबै पूर्वाधार पर्ने गरी आयोजनाले काम थालनी गर्ने बताए । उनले देशका विभिन्न स्थानलाई सहरीकरण गर्ने गरी मन्त्रालयले काम गरिरहेको जानकारी दिए।

यी काम अगाडि बढेसँगै नगरमा विकासले गति लिने नगरपालिकाले जनाएको छ । यस्ता विकासका आयोजनाले पर्यटकीय नगरीका रूपमा विकास भइरहेको सूर्योदय नगपालिकामा अझ धेरै पर्यटक भित्रिने अपेक्षा गरिएको छ ।

प्रकाशित मिति : ३१ भाद्र २०७९, शुक्रबार  ८ : ३५ बजे

बाँके निकुञ्ज आउने पर्यटकको सङ्ख्या वृद्धि

नेपालगन्ज – बाँके राष्ट्रिय निकुञ्जमा आउने पर्यटकको सङ्ख्या डेढगुणाले वृद्धि

डढेलोबाट ‘अतुलनीय’ प्राकृतिक क्षति : फिलीप

म्याड्रिड, १० साउन (रासस/एएफपी) – स्पेनका राजा फिलीप छैठौँले आइतबार

बङ्गलादेशमा नयाँ राष्ट्रपतिको चयन सेप्टेम्बरमा हुने

ढाका – बङ्गलादेशले सेप्टेम्बरमा आह्वान हुने संसद्को बैठकले नयाँ राष्ट्रपति

लागुऔषधसहित विभिन्न स्थानबाट २७ जना पक्राउ

काठमाडौं – प्रहरीले अवैध लागुऔषधसहित मुलुकका विभिन्न स्थानबाट २७ जनालाई

चोटका कारण नन्दन यादवले लिग–२ सिरिजका बाँकी खेल गुमाउने

काठमाडौं – नेपाली राष्ट्रिय क्रिकेट टोलीका तीव्र गतिका बलर नन्दन