डडेल्धुराका पहिरो पीडितलाई अस्थायी स्थानान्तरण « Khabarhub

डडेल्धुराका पहिरो पीडितलाई अस्थायी स्थानान्तरण


३१ भाद्र २०७९, शुक्रबार  

पढ्न लाग्ने समय : 2 मिनेट


150
Shares
  • change font
  • change font
  • change font

डडेल्धुरा – आलिताल गाउँपालिका–७ का पहिरो पीडितलाई अस्थायी स्थानान्तरण गरिएको छ । गत वर्षको असोज/कात्तिकमा भएको अविरल वर्षाका कारण आलिताल–७ का करिब एक सय १९ घरपरिवार विस्थापित भएका छन् ।

आलिताल–७ बलौचा, ओवा, ऐरानी, धुपखेडा र खिन्नेभाडी गाउँमाथिबाट नै पहिरो जाँदा करिब ७२ परिवार विस्थापित भएका थिए । अहिले पनि जमिन भासिने र पहिरो खस्ने कार्य निरन्तर रहेकाले अति जोखिममा रहेका करिब ४० परिवारलाई सुरक्षित स्थानमा स्थानान्तरण गरिएको छ । बलौचा गाउँका १२, ओवाका १२, अ‍ैरानीका १०, खिन्ने भाडीका तीन र कोलेधारका तीन गरी अतिजोखिममा रहेका ४० घरपरिवारलाई सुरक्षित स्थानमा स्थानान्तरण गरिएको हो ।

अहिले पनि बलौचाको पूरै पहाड क्रमिकरूपमा भासिँँदै गएको छ । गाउँमाथिबाट पहिरो झरिरहेको छ । उनीहरुलाई स्थायीरूपमा सुरक्षित स्थानमा लैैजान नसके पनि अस्थायी बसोबासका लागि बहुउद्देश्यीय विकास समाजले अन्य सङ्घसंस्थाको सहयोगमा सुरक्षित स्थानमा सारिएको हो । उक्त संस्थाले पहिरो पीडितलाई अस्थायी आवासका लागि टेन्ट, ओढ्ने बिछ्याउने, शौचालय, खानेपानी, खाद्यान्न सामग्री, प्राथमिक उपचार सामग्री र व्यक्तिगत सुरक्षा तथा सरसफाइ सामग्री प्रदान तथा निर्माण गरी सुरक्षित स्थानमा सारिएको परियोजना संयोजक शिवराज पाठकले बताए।

दुई वर्ष अगाडि गाउँँमाथिबाट गएको पहिराका कारण आलिताल गाउँपालिका–७ का बलौचा, ओवा, अ‍ैरेनी, खिन्नेभाडी र कोलेधार गाउँँका मानिस विस्थापित भएका थिए । विस्थापित दर्जनभन्दा बढी परिवार घरवारविहीन भएका छन् । हाल आएर जोखिम घर तथा ठाउँँमा बस्न बाध्य रहेका ४० परिवारलाई अस्थायी स्थानान्तरण गरी सुरक्षित स्थानमा सारिएको हो । वडा कार्यालयको अनुरोध र गाउँपालिकाको सिफारिसमा बहुउद्देश्यीय विकास समाज डडेल्धुरा सहजीकरणमा कोर्डेडको प्राविधिक र आर्थिक सहयोगमा अति जोखिममा रहेका परिवारलाई अस्थायीरूपमा सुरक्षित स्थानमा सारिएको हो ।

बस्ती सार्नका लागि पटकपटक सरोकारवाला निकायसँग अनुरोध गर्दा पनि कुनै पहल नभएको तर हालका लागि स्थानीय सरकारको पहलमा गैरसरकारी संस्थाको आर्थिक र प्राविधिक सहयोगले बलौचा, ओेवा, अ‍ैरानी, खिन्नेभाडी तथा कोलेधारका मानिसलाई सुरक्षित स्थानमा राख्न सहज भएको आलिताल–७ का वडाध्यक्ष वीरबहादुर बोहराले जानकारी दिए । ।

‘अहिले पनि चार दिनदेखि निरन्तर वर्षा भइरहेको छ । गत वर्षकै जस्तो पहाड भासिएर पहिरो जाने क्रम जारी छ । बस्तीका मानिसलाई धनजनको क्षतिबाट बचाउन अस्थायीरूपमा भए पनि सुरक्षित स्थानमा सारेका छौँ ’, अध्यक्ष बोहराले जानकारी दिए ।

उक्त क्षेत्रलाई नेपाल सरकारले पीडित क्षेत्रका रूपमा घोषणा गरेको पनि दुई वर्ष भयो । तर पीडितले सामान्य राहतबाहेक अन्य केही पाउन सकेका थिएनन् । पीडितले पुनःस्थापनाका लागि अनुरोध गरिरहेका छन् ।

प्रकाशित मिति : ३१ भाद्र २०७९, शुक्रबार  ८ : ५० बजे

बाढीले बगाएर ल्याएको बालुवा र काठ व्यवस्थापन गर्न मनीष झाको आग्रह

काठमाडौं– राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)का सांसद मनीष झाले बाढीपहिरोका क्रममा

पाँचथरबाट आङ्देम्बेसहित चार जना कांग्रेस महाधिवेशन प्रतिनिधि निर्वाचित

पाँचथर – नेपाली कांग्रेस संसदीय दलका नेता भीष्मराज आङ्देम्बे पाँचथरबाट पार्टीको

दोधारा–चाँदनी झोलुङ्गे पुलको प्राविधिक अध्ययन सुरु

महेन्द्रनगर– कञ्चनपुरको महाकालीमा नदीमा अवस्थित दोधारा–चाँदनी झोलुङ्गे पुलको पिल्लर भत्किएपछि

इन्जिनियरिङ पृष्ठभूमिका १७ सांसदसँग प्रधानमन्त्रीको छलफल

काठमाडौं – प्रधानमन्त्री बालेन्द्र शाहले इन्जिनियरिङ पृष्ठभूमिका १७ जना सांसदसँग बाढीपछिको अवस्था

सरकारले विगतका ठूला भ्रष्टाचार काण्डको सूक्ष्म अनुसन्धान गरिरहेको छ : सचेतक परियार

काठमाडौं– राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का सचेतक प्रकाशचन्द्र परियारले वर्तमान