ईश निन्दाको आरोपमा पाकिस्तानमा सुरक्षाकर्मी पक्राउ « Khabarhub

ईश निन्दाको आरोपमा पाकिस्तानमा सुरक्षाकर्मी पक्राउ


३१ भाद्र २०७९, शुक्रबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


33
Shares
  • change font
  • change font
  • change font

काठमाडौँ- पाकिस्तानमा ईश निन्दाको आरोपमा एकजना सुरक्षाकर्मी पक्राउ परेका छन् । पाकिस्तानको खैबर पख्तुनख्वा प्रान्तस्थित बट्टाग्राम जिल्लामा एकजना सुरक्षाकर्मीलाई ईश निन्दाको आरोपमा पक्राउ गरिएको हो ।

उनीमाथि जिल्ला प्रहरी कार्यालयमा भएको वादविवादका क्रममा इस्लामविरोधी अभिव्यक्ति दिएको आरोप लगाइएको छ ।

पाकिस्तानबाट प्रकाशित हुने डन अखबारको अनलाइन संस्करणका अनुसार उनलाई हिरासतमा राखिएको छ ।

यता संदिग्ध आरोपीले भने आफूले कुनै ईश निन्दा नगरेको स्पष्ट पार्दै घटनाबारे निष्पक्ष अनुसन्धान हुनुपर्ने माग गरेका छन् ।

पाकिस्तानमा ईश निन्दाको कानून निकै कठोर मानिन्छ । आलोचकहरु धार्मिक अल्पसङ्ख्यकहरुलाई दमन गर्न पाकिस्तानमा यस्तो कानूनको दुरुपयोग हुँदै आएको बताउने गरेका छन् ।

सन् २०२१ मा मात्रै पाकिस्तानमा ५८५ जनालाई ईश निन्दाको आरोपमा कारवाही गरिएको भारतीय समाचर संस्था एएनआईले जनाएको छ ।

प्रकाशित मिति : ३१ भाद्र २०७९, शुक्रबार  ७ : ४६ बजे

युक्रेनका उत्तेजक गतिविधिले अवस्था थप जटिल बनाउने पुटिनको चेतावनी

मस्को– रुसी राष्ट्रपति भ्लादिमिर पुटिनले युक्रेनका उत्तेजक तथा तनाव बढाउने

भोटेकोशी बाढीको एक महिना : पुनःस्थापनाको बाटो अझै लामो 

काठमाडौं – गत भदौ १० गते बिहान रसुवाको भोटेकोशी नदीमा आएको

पाकिस्तानको बलुचिस्तानमा सैन्य कारबाही, १६ आतंकवादी मारिए

एजेन्सी– पाकिस्तानको दक्षिणपश्चिमी बलुचिस्तान प्रान्तमा पछिल्लो ४८ घण्टामा भएका छुट्टाछुट्टै

स्वास्थ्य सेवालाई नागरिकको पहुँचमा पुर्‍याउने मुख्यमन्त्री थापाको प्रतिबद्धता

ललितपुर– बागमती प्रदेशका मुख्यमन्त्री किरण थापाले स्वास्थ्य सेवामा नागरिकको सहज

झरीमा पनि बागलुङ कालिकाको दर्शनमा भक्तजन (तस्बिरहरू)

बागलुङ- निरन्तर वर्षा भइरहे पनि बागलुङको प्रसिद्ध धार्मिकस्थल बागलुङ कालिका