अनशनरत डा केसीको स्वास्थ्य अवस्था बिग्रँदै « Khabarhub

अनशनरत डा केसीको स्वास्थ्य अवस्था बिग्रँदै


३१ भाद्र २०७९, शुक्रबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


33
Shares
  • change font
  • change font
  • change font

काठमाडौँ – पाँच दिनदेखि कैलालीको धनगढीमा अनशनरत प्राध्यापक डा गोविन्द केसीको स्वास्थ्य अवस्था बिग्रँदै गएको छ ।

चिकित्सा शिक्षाको सुधारको माग गर्दै बिसौँ पटक अनशन बस्नुभएका डा केसीको स्वास्थ्य अवस्थामा समस्या आएपछि उपचारका लागि सेती प्रादेशिक अस्पताल धनगढी भर्ना गरिएको छ । अस्पतालका चिकित्सक डा शेरबहादुर कमरले डा केसीमा श्वास फेर्न गाह्रो हुने, टाउको दुख्ने, रिङगटा लाग्ने, मुटुको धड्कन बढ्ने, थकान महसुस हुने जस्ता समस्या देखिएको जानकारी दिए ।

डा कमरले भने, ‘पाँच दिनदेखि केही पनि नखाई अनशन बस्नु भएकाले उहाँको रगतमा चिनीको मात्रा कम भएको, शरीरमा पोषणतत्व र पानीको अभाव भई रक्तचाप कम हुँदै गएकाले जुनसुकै समयमा पनि ज्यान जोखिममा पर्नसक्ने खतरा छ ।’

डा केसीलाई चिकित्सकको निगरानीमा राखेर उपचार भइरहेको छ । यसअघि पनि उनी पटकपटक अनशन बसेका थिए । यसैबीच राष्ट्रिय मानवअधिकार आयोगको टोलीले सेती प्रादेशिक अस्पताल पुगेर डा केसीको स्वास्थ्य अवस्थाका बारेमा जानकारी लिएको छ ।

प्रकाशित मिति : ३१ भाद्र २०७९, शुक्रबार  १० : १३ बजे

सेनाको एनसिसी : नवयुवालाई संस्कार र संस्कृति सिकाउँदै

काठमाडौं– बढ्दो भौतिकवाद, व्यक्तिवाद र विदेश मोहको हालको परिस्थिति र

कांग्रेस विशेष महाधिवेशनमा बन्दसत्रको तयारी (तस्बिरहरू)

काठमाडौं– नेपाली कांग्रेसको दोस्रो विशेष महाधिवेशन अन्तर्गत आज बन्दसत्र हुँदैछ

सुनचाँदीको मूल्य कीर्तिमानी उचाइमा, कतिमा भइरहेको छ कारोबार ? 

काठमाडौं– स्थानीय बजारमा सुनको मूल्य ऐतिहासिक उचाइमा पुगेको छ ।

गण्डकीमा महिला मतदाता बढी

गण्डकी– आगामी फागुन २१ गते हुने प्रतिनिधिसभा सदस्य निर्वाचनका लागि

सडक सञ्जालमा जोडिँदै म्याग्दीको गुर्जा

म्याग्दी– ‘टुप्पीभन्दा माथि ठाउँ छैन, गुर्जाभन्दा माथि गाउँ छैन,’ म्याग्दीमा