नहर बग्दा तापखोला लघुजलविद्युत आयोजना अवरुद्ध | Khabarhub Khabarhub

नहर बग्दा तापखोला लघुजलविद्युत आयोजना अवरुद्ध


३१ भाद्र २०७९, शुक्रबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


78
Shares
  • change font
  • change font
  • change font

खोटाङ – बाढीले नहर बगाउँदा खोटाङकै पहिलो लघुजलविद्युत आयोजना अवरुद्ध भएको छ । वर्षाका कारण नहर बगाउँदा केपिलासगढी गाउँपालिका–५ सप्तेश्वरमास्थित १८ किलोवाट क्षमताको तापखोला लघुजलविद्युत आयोजना अवरुद्ध भएको हो ।

२०६२ साल वैशाख २५ गतेदेखि विद्युत् बाल्न सुरु गरिएको लघुजलविद्युत आयोजनाको नहर स्थानीय बाछेर्कु खोलाले बगाउँदा विद्युत् अवरुद्ध भएको हो ।

कमेरे माटो भएको ठाउँबाट हरेक वर्षा याममा खोलामा बाढी झर्दा नहरमा क्षति पुग्ने गरेको सप्तेश्वरका वडाध्यक्ष हिमालभक्त राईले बताए । तापखोलाबाट उत्पादन गरिएको विद्युत् सप्तेश्वरका करिब ६०० घरधुरी उपभोक्ताले उपभोग गर्दैआएका थिए । तर राष्ट्रिय प्रशारणलाइन विस्तारका कारण हाल सो लघुजलविद्युत आयोजनाबाट उत्पादित विद्युत् कम मात्रामा उपयोग हुँदै आएको छ ।

अवरुद्ध विद्युत् सुचारु गराउनका लागि स्टिमेटका लागि प्राविधिक खटाइएको केपिलासगढी गाउँपालिका अध्यक्ष समीर राईले बताए । प्राविधिक स्टीमेटका आधारमा जलविद्युत आयोजनाको नहर मर्मत गर्न आवश्यक आर्थिक सहयोग उपलब्ध गराउने तयारी गरिएको गाउँपालिकाले जनाएको छ ।

बाढीले नहर बगाउँदा सप्तेश्वरको मालदेल क्षेत्रको सिँचाइमा समेत समस्या भएको छ । विद्युत् र सिँचाइका लागि उपयोग हुँदै आएको नहर बाढीले बगाएपछि सिँचाई क्षेत्र प्रभावित भएको हो । ‘तापखोला मुहान भएको नहरलाई विद्युत् उत्पादन गर्न र सिँचाइमा प्रयोग गर्दैआएका छौँ,’ वडाध्यक्ष राईले भने, ‘नहरभन्दामाथिबाट कमेरे माटो बगेर बाढीकारुपमा झर्ने गरेको छ । हरेक वर्ष अलिकति पानी पर्ने बित्तिकै बाढी झर्ने गरेको छ ।’

प्रकाशित मिति : ३१ भाद्र २०७९, शुक्रबार  १० : २२ बजे

जेनजी पुस्ताको प्रदर्शनसामु झुके इण्डोनेशियाका राष्ट्रपति

काठमाडौं– इण्डोनेशियामा पाबोवो सुबियान्तोले राष्ट्रपति पदको जिम्मेवारी सम्हालेको एक वर्ष

बालेनपछि प्रकाश सपुतले भने- ‘जेनरेसन जेड’ आन्दोलनमा उत्रिनू

काठमाडौँ – चर्चित गायक प्रकाश सपुतले सामाजिक सञ्जालमार्फत् नयाँ पुस्तालाई

उपप्रधानमन्त्री सिंहद्वारा कीर्तिपुरस्थित क्रिकेट मैदान निरीक्षण

काठमाडौं– उपप्रधान एवं शहरी बिकासमन्त्री प्रकाशमान सिंहले कीर्तिपुरस्थित टियु क्रिकेट

एमालेले झण्डामा अंकित हँसिया हथौडाको रंग फेर्‍यो

गोदावरी ललितपुर- नेकपा (एमाले) दोस्रो विधान महाधिवेशनबाट पार्टीको झण्डाको रंग