गौतमबुद्ध विमानस्थलमा जजिराले थाल्यो दैनिक उडान « Khabarhub

गौतमबुद्ध विमानस्थलमा जजिराले थाल्यो दैनिक उडान


३१ भाद्र २०७९, शुक्रबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


87
Shares
  • change font
  • change font
  • change font

रूपन्देही- गौतम बुद्ध अन्तर्राष्ट्रिय विमानस्थलमा आजदेखि जजिरा एयरवेजले हप्तामा सातवटा उडान सुरु गरेको छ । गएको जेठदेखि हप्ताको तीन उडान भर्दै आएको कुवेतको जजिरा एयरवेजले आजदेखि सात उडान सुरु गरेको नेपाल नागरिक उड्डयन प्राधिकरण (क्यान) ले जनाएको छ ।

भैरहवास्थित गौतम बुद्ध अन्तर्राष्ट्रिय विमानस्थलमा वैदेशिक यात्रामा जाने यात्रुको सङ्ख्या बढ्दै गएपछि आजदेखि जजिरा एयरवेजले आफ्नो उडान हप्तामा सातै दिन राखेको नेपाल नागरिक उड्डयन प्राधिकरण ९क्यान० का महानिर्देशक ई प्रदीप अधिकारीले जानकारी दिए ।

उनका अनुसार भैरहवामा श्रमको कार्यालय सञ्चालनमा आएसँगै यात्रु माग अझै वृद्धि हुने देखिएको छ । अबुधाबी बेस रहेको विज एयरले पनि भैरहवा विमानस्थलबाट आउँदो अक्टोबर ३० तारिकबाट नियमित उडान गर्ने अनुमति पाइसकेको नेपाल नागरिक उड्डयन प्राधिकरणले जनाएको छ ।

उक्त कम्पनीले टिकट बुकिङ लिनका लागि नागरिक उड्डयन प्राधिकरणबाट ‘नो अब्जेक्शन लेटर’ पाइसकेको गौतम बुद्ध अन्तर्राष्ट्रिय विमानस्थलका प्रवक्ता सुवास झाले जानकारी दिए । उनका अनुसार उक्त एयरको उडान तालिका भने निश्चित हुन बाँकी छ । गौतम बुद्ध अन्तर्राष्ट्रिय विमानस्थलमा हालसम्म ११ हजार यात्रुले उडान अवतरण गसिकेका बताइएको छ । प्राधिकरणले अन्तर्राष्ट्रिय वायुसेवा विस्तारका लागि विमानस्थल सेवा शुल्कमा शत्प्रतिशत छुटको व्यवस्था गरेको छ भने नेपाल वायुसेवा निगमले ग्राउन्ड ह्यान्डलिङ शुल्कमा ५० प्रतिशत छुट दिएको छ ।

प्रकाशित मिति : ३१ भाद्र २०७९, शुक्रबार  १० : ३६ बजे

रास्वपा केन्द्रीय समिति बैठक आइतबारलाई आह्वान

काठमाडौं– राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) ले केन्द्रीय समितिको बैठक आह्वान

निर्वाचन प्रहरीका लागि मागअनुसार निवेदन नपरेपछि समय थपियो

तनहुँ– आगामी फागुन २१ गते हुने प्रतिनिधिसभा सदस्य निर्वाचनका लागि

पर्वतमा ७३ जना ज्येष्ठ नागरिकले पाए आँखाको ज्योति

पर्वत– पर्वतको कुश्मामा सञ्चालित निःशुल्क आँखा परीक्षण शिविरमा ५७४ जनाको

शनिबारका लागि विदेशी मुद्राको विनिमयदर निर्धारण, अमेरिकी डलरको मूल्य बढ्यो

काठमाडौं– नेपाल राष्ट्र बैङ्कले आज (शनिबार)का लागि विदेशी मुद्राको विनिमयदर

तराईमा हुस्सु, केही भूभागमा वर्षा र हिमपातको सम्भावना

काठमाडौं– जल तथा मौसम विज्ञान विभाग मौसम पूर्वानुमान महाशाखाले हाल