विपद्को समयमा दोब्बर भाडा असुल्ने दाउमा निजी एयरलाइन्स « Khabarhub

विपद्को समयमा दोब्बर भाडा असुल्ने दाउमा निजी एयरलाइन्स


३० आश्विन २०७९, आइतबार  

पढ्न लाग्ने समय : 2 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

जुम्ला– अविरल वर्षाका कारण जुम्लामा बाढीपहिरोले ठुलो क्षति भएको छ । ठाउँठाउँमा गएको पहिरोले गर्दा कर्णाली राजमार्ग अवरुद्ध छ । राजमार्ग खुलाउन लागि सबै निकाय लागेका छन् । यद्यपि, राजमार्ग पूर्ण रुपमा सञ्चालन  हुन लामो समय लाग्ने प्रष्ट छ । यही मौका छोपेर निजी वायु सेवा कम्पनीहरूले भने मनलाग्दी भाडा असुली रहेका छन् । अहिले जुम्लाको एक मात्रै यातायात सेवा भनेको हवाइ उडान मात्रै हो । यही मौकामा उनीहरूले नियमित उडान नभरेर चार्टर्ड उडान सुरू गरेका छन् । 

एकतर्फी मात्रै यात्रु हुने र सञ्चालन खर्च धान्न नसक्ने भन्दै वायुसेवा कम्पनीहरूले  अत्यधिक भाडा लिएर टिकट बिक्री गरिरहेका छन् । लोकसेवा आयोगको परीक्षा दिने विद्यार्थीहरूले  जुम्लाबाट नेपालगन्जको प्रतिव्यक्ति १४ हजार रूपैयाँसम्म भाडा तिर्दा पनि टिकट नपाएको गुनासो गरेका छन् ।

जुम्लामा यतिबेला मात्रै नभइ लामो समयदेखि हवाइ सेवा प्रदायकको टिकट बुकिङ एजेन्टमार्फत हुँदा नागरिकले सास्ती पाएका छन् । एजेन्टमार्फत टिकट वितरण हुने प्रणालीका कारण तालिकाअनुसार उडान हुने फाइदा नागरिकले लिन नपाएको नागरिक समाजका अध्यक्ष राजबहादुर महतले बताए । उनका अनुसार जुम्लाबाट उडान भर्ने नेपाल वायुसेवा निगमको उडान कम्पनीमार्फत हुने भए पनि अन्य निजी विमान कम्पनीहरूले एजेन्टमार्फत टिकट बिक्रीवितरण गर्दा यसको फाइदा नागरिकले लिन नपाएकाले  हुन् । 

नियमित उडान भन्दा चार्टड उडानको धन्दा बढी 
नागरिक उड्डयन प्राधिकरण जुम्लाका अनुसार अक्टोबर महिनाको १५ दिनमा समिट एयरले  सात वटा  उडान भरेको छ । जसमा चार वटा नियमित र तीन वटा चार्टड उडान गरेको छ । तारा एयरले  चार वटा उडान भरेको छ भने जसमा एक चार्टड  उडान गरेको छ । नेपाल एयरलाइन्सले एक वटा उडान मात्रै गरेको छ । 

जुम्लाबाट सेडुल उडानमा यात्रा गर्ने यात्रुको भाडादर ६ हजार नौ सय  छ । तर, चार्टड उडानका लागि १४ हजार तिर्ने गरेका छन् । यस्तै नेपाल एयरलाइन्सले ६ हजार ५ सय ७५ रुपैयाँ लिँदै आएको छ । 

यस्तो छ उडान तालिका
नेपाल नागरिक उड्डयन प्राधिकरणको अनुमति महाशाखाले स्वीकृत गरेको तालिकाअनुसार जुम्लामा तारा एयरले मंगलबार र समिट एयरको शुक्रबार उडान भर्नुपर्ने तालिका छ।

यस्तै, नेपाल एयरलाइन्सले आइतबार उडान भर्नु पर्छ। तर, पछिल्लो समयमा नेपाल एयरलाइन्सले आइतबार उडान भर्ने सेड्यूल  कागजमै सीमित छ । जुम्लाबाट उडान भर्ने नेपाल वायुसेवा निगमको उडान कम्पनीमार्फत हुने नेपाल एयरलाइन्सले महिना तीन वटा मात्रै उडान भर्ने गरेकाले जुम्ली जनता निजी यर लाइन्सको महंगो हवाई भाडा तिर्न बाध्य छन्। 

 

प्रकाशित मिति : ३० आश्विन २०७९, आइतबार  ३ : ४१ बजे

दुई घण्टाअघि नै खुलामञ्चमा पुग्न थाले प्रतिनिधि (तस्बिरहरू)

काठमाडौं– नेपाली कांग्रेसको १५औँ महाधिवेशनको औपचारिक उद्घाटन समारोह आज काठमाडौंको

स्पेनमा भारी वर्षापछि बाढीको चेतावनी, यात्रा प्रतिबन्ध

म्याड्रिड– अत्यधिक वर्षाका कारण उत्तरपूर्वी स्पेनमा बाढीको जोखिम बढेपछि अधिकारीहरूले

कांग्रेस महाधिवेशनमा सीके राउत पनि उपस्थित नहुने

काठमाडौं– नेपाली कांग्रेसको १५औं महाधिवेशनमा जनमत पार्टीका अध्यक्ष डा.सीके राउत

नेपाल राष्ट्र बैंकद्वारा ४० करोड थान १ रुपैयाँका नयाँ सिक्का ल्याउने

काठमाडौं– नेपाल राष्ट्र बैंकले ४० करोड थान १ रुपैयाँका नयाँ

कांग्रेस केन्द्रीय सदस्यमा ‘जोगिन्दर पानवाला’ को उम्मेदवारी, कला क्षेत्रका मुद्दा उठाउने दाबी

काठमाडौं– चर्चित हास्य कलाकार शिवशंकर रिजाल ‘जोगिन्दर पानवाला’ अब मनोरञ्जनको