सेयर बजारमा ९.६९ अंकको गिरावट  « Khabarhub

सेयर बजारमा ९.६९ अंकको गिरावट 


३० आश्विन २०७९, आइतबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


27
Shares
  • change font
  • change font
  • change font

काठमाडौं– सेयर बजारमा आइतबार पुनः गिरावट आएको छ । यसअघिका दुई कारोबार दिनमा सुधारोन्मुख देखिएको नेप्से सूचक आइतबार पुनः ९.६९ अंकले घटेको हो ।

यद्यपि १७ अंकभन्दा बढीले घटिसकेको नेप्सेले अन्तिम प्रहरमा भने केही रिकभर गरेको हो । अन्तिम १० मिनेटमा बजार बाउन्स ब्याक हुँदै आइतबार नेप्से सूचक १८६०.९४ विन्दुमा बन्द भएको छ । यस दिन ८० करोड ३२ लाख रुपैयाँभन्दा बढीको सेयर खरिद–बिक्री भएको छ । 

आइतबार २२१ कम्पनीको २५ लाख ७४ हजारभन्दा बढी कित्ता सेयर कारोबार भएको छ । बैंकिङ र उत्पादनमूलक समूहको सूचकमा सुधार भएको छ भने बाँकी सबै समूहका सूचक घटेका छन् । आठ करोड ४७ लाख रुपैयाँभन्दा बढीसहित कारोबार रकममा एभरेष्ट बैंक अग्रस्थानमा छ ।

 यसैगरी, दोस्रो र तेस्रो स्थानमा क्रमशः गरिमा विकास बैंक र हिमालयन डिस्टिलरी परेका छन् । 

प्रकाशित मिति : ३० आश्विन २०७९, आइतबार  ५ : १४ बजे

उम्मेदवारको भाइरल मोह– सचेत मतदाताले रुचाउलान् त चटक ?

काठमाडौं— चुनावमा मतदातालाई प्रभावित पार्न गोठमा पुगेर गाई दुहुने, भकारो

हसिनाको निष्कासनपछि बङ्गलादेश चुनावी प्रचारमा प्रवेश

ढाका– लामो समयसम्म प्रधानमन्त्री रहेकी शेख हसिनालाई अपदस्थ गरेको सन्

सर्लाहीमा सात किलो गाँजासहित दुईजना पक्राउ

बरहथवा– अवैध लागूऔषध गाँजासहित सर्लाही प्रहरीले दुई जनालाई पक्राउ गरेको छ

प्रतिनिधिसभा निर्वाचन : काभ्रेमा तीन लाख २६ हजार ६११ मतदाता

काभ्रेपलाञ्चोक– काभ्रेपलाञ्चोकमा तीन लाख २६ हजार ६११ मतदाता कायम छन् ।

चिसो मौसममा बालबालिकाको स्याहार कसरी गर्ने ?

अहिले हामी माघको मध्यमा छौं । सामान्यतया मङ्सिरदेखि नै चिसो