सहरी विकासमन्त्री चौधरीलाई सोधियो चौबीस घण्टे स्पष्टीकरण « Khabarhub

सहरी विकासमन्त्री चौधरीलाई सोधियो चौबीस घण्टे स्पष्टीकरण


३० आश्विन २०७९, आइतबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


45
Shares
  • change font
  • change font
  • change font

काठमाडौं– निर्वाचन आयोगले सहरी विकासमन्त्री मेटमणि चौधरीलाई चौबीस घण्टे स्पष्टीकरण सोधेको छ । मन्त्री चौधरीले निर्वाचन आचारसंहिता उल्लंघन गर्दै दाङको चारवटा पालिकाका बाढीपीडितलाई राहत सामाग्री वितरण गरेपछि आयोगले आज उनलाई स्पष्टीकरण सोधेको हो । 

शनिबार मन्त्री चौधरीले दाङमा गएर बाढीपीडितलाई १३ लाख रुपैयाँ बराबरको चामल वितरण गरेका थिए । उनले राप्ती, गढवा, राजपुर र लमही पालिकालाई ५० क्विन्टलका दरले चामल वितरण गरेका थिए ।  

‘निर्वाचन आचारसंहिता, २०७९ को दफा ४, सबैले पालना गर्नुपर्ने आचरण अन्तर्गत खण्ड (न) मा ‘कुनै प्रकारले निर्वाचनको स्वच्छता वा निष्पक्षतालाई प्रभावित गर्ने गरी कुनै कार्य गर्न नहुने’ भन्ने व्यवस्था रहेको हुँदा तपाईंले आफ्नो निर्वाचन क्षेत्रका बाढीपीडितको नाममा चामल वितरण गर्ने कार्यले आचारसंहिताको उल्लङ्घन हुँदैन भनी पुष्ट्याइँ गर्ने आधार के छ ?,’ आयोगले मन्त्री चौधरीलाई सोधेको छ । 

प्रकाशित मिति : ३० आश्विन २०७९, आइतबार  ५ : २८ बजे

कांग्रेस महाधिवेशनमा सीके राउत पनि उपस्थित नहुने

काठमाडौं– नेपाली कांग्रेसको १५औं महाधिवेशनमा जनमत पार्टीका अध्यक्ष डा.सीके राउत

नेपाल राष्ट्र बैंकद्वारा ४० करोड थान १ रुपैयाँका नयाँ सिक्का ल्याउने

काठमाडौं– नेपाल राष्ट्र बैंकले ४० करोड थान १ रुपैयाँका नयाँ

कांग्रेस केन्द्रीय सदस्यमा ‘जोगिन्दर पानवाला’ को उम्मेदवारी, कला क्षेत्रका मुद्दा उठाउने दाबी

काठमाडौं– चर्चित हास्य कलाकार शिवशंकर रिजाल ‘जोगिन्दर पानवाला’ अब मनोरञ्जनको

एमाले संसदीय दलको बैठक बस्दै

काठमाडौँ– नेकपा एमाले संसदीय दलको बैठक आज बस्दैछ । बैठक

कांग्रेसको महाधिवेशन उद्घाटन समारोहमा कुन कुन दलका नेता सहभागी हुँदैछन् ?

काठमाडौं– नेपाली कांग्रेसको १५औँ महाधिवेशनको औपचारिक उद्घाटन समारोह आज असोज