सहरी विकासमन्त्री चौधरीलाई सोधियो चौबीस घण्टे स्पष्टीकरण | Khabarhub Khabarhub

सहरी विकासमन्त्री चौधरीलाई सोधियो चौबीस घण्टे स्पष्टीकरण


३० आश्विन २०७९, आइतबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


45
Shares
  • change font
  • change font
  • change font

काठमाडौं– निर्वाचन आयोगले सहरी विकासमन्त्री मेटमणि चौधरीलाई चौबीस घण्टे स्पष्टीकरण सोधेको छ । मन्त्री चौधरीले निर्वाचन आचारसंहिता उल्लंघन गर्दै दाङको चारवटा पालिकाका बाढीपीडितलाई राहत सामाग्री वितरण गरेपछि आयोगले आज उनलाई स्पष्टीकरण सोधेको हो । 

शनिबार मन्त्री चौधरीले दाङमा गएर बाढीपीडितलाई १३ लाख रुपैयाँ बराबरको चामल वितरण गरेका थिए । उनले राप्ती, गढवा, राजपुर र लमही पालिकालाई ५० क्विन्टलका दरले चामल वितरण गरेका थिए ।  

‘निर्वाचन आचारसंहिता, २०७९ को दफा ४, सबैले पालना गर्नुपर्ने आचरण अन्तर्गत खण्ड (न) मा ‘कुनै प्रकारले निर्वाचनको स्वच्छता वा निष्पक्षतालाई प्रभावित गर्ने गरी कुनै कार्य गर्न नहुने’ भन्ने व्यवस्था रहेको हुँदा तपाईंले आफ्नो निर्वाचन क्षेत्रका बाढीपीडितको नाममा चामल वितरण गर्ने कार्यले आचारसंहिताको उल्लङ्घन हुँदैन भनी पुष्ट्याइँ गर्ने आधार के छ ?,’ आयोगले मन्त्री चौधरीलाई सोधेको छ । 

प्रकाशित मिति : ३० आश्विन २०७९, आइतबार  ५ : २८ बजे

उत्तरको राजनीतिक प्रणालीप्रति ‘सम्मान’ छ, ‘सैन्य विश्वास’ निर्माण गर्छौँ : दक्षिण कोरियाली राष्ट्रपति ली

सियोल- दक्षिण कोरियाली राष्ट्रपति ली जे म्युङले शुक्रबार उत्तर कोरियाको

पियोर इनर्जीले बोलायो साधारणसभा, लाभांश छैन 

काठमाडौं– पियोर इनर्जी लिमिटेडले आठौँ वार्षिक साधारणसभा बोलाएको छ ।

सकियो १२ वर्षपछि सञ्चालन गरिएको भैल नाच

काठमाडौं– भक्तपुर थिमीमा १२ वर्षपछि सञ्चालन गरिएको भैल नाच सकिएको

भारतीय दूतावासमा यसरी मनाइयो स्वतन्त्रता दिवस (तस्बिरहरू)

काठमाडौं- काठमाडौंस्थित भारतीय राजदूतावासमा स्वतन्त्रता दिवस मनाइएको छ। नेपालमा रहेका

भोजपुरका किसानलाई कोदो रोप्न चटारो

भोजपुर– यहाँका किसान कोदो रोप्नमा व्यस्त भएका छन् । यसअघि