चुनाव जितेपछि पनि सबै दललाई समेटेर अगाडि बढ्छु : उदयशमशेर « Khabarhub

चुनाव जितेपछि पनि सबै दललाई समेटेर अगाडि बढ्छु : उदयशमशेर


३० आश्विन २०७९, आइतबार  

पढ्न लाग्ने समय : 2 मिनेट


27
Shares
  • change font
  • change font
  • change font

ललितपुर– नेपाली कांग्रेसका केन्द्रीय सदस्य उदयशमशेर राणाले चुनावपछि पनि सत्ता गठबन्धनलाई साथमा लिएर जाने बताएका छन् । ललितपुरको चापागाउँमा आइतबार आयोजित कार्यक्रममा कांग्रेस नेता एवं ललितपुर १ बाट प्रतिनिधिसभा सदस्य उम्मेदवार राणाले गठबन्धनमा रहेका दलहरूलाई समान व्यवहार हुने बताएका हुन् ।

अहिले हाम्रो गठबन्धनमा रहेका दलहरू माओवादी केन्द्र, एकीकृत समाजवादी सबैलाई समेटेर अगाडि बढ्छु । सबै दलहरुलाई मेरोतर्फबाट समान व्यवहार हुनेछ,’ उनले भने, ‘एमालेजस्तो अरु पार्टीलाई विभेद गर्ने कांग्रेसको संस्कार पनि छैन ।’ उनले आफू काममा बढी विश्वास गर्ने व्यक्ति भएको बताए । यो निर्वाचन क्षेत्रमा कांग्रेसले जम्मा एकपटक प्रतिनिधिसभा निर्वाचन जितेको छ ।

बाँकी सबै चुनाव एमालेले जितेको छ,’ कांग्रेस नेता राणाले भने, कसको पालामा कति काम भयो रु यो यहाँका जनताले मूल्यांकन गर्नुपर्ने बेला आएको छ ।’ उनले ललितपपुर–१ को समृद्धि र विकास नै आफ्नो एकमात्र चुनावी एजेन्डा भएको प्रष्ट पारे । 

ललितपुर १ प्रदेशसभा (ख) का उम्मेदवार मीनकृष्ण महर्जनले कांग्रेसले गरेका विकासका कामको जस एमालेले लिन खोजेको भन्दै आपत्ति जनाए । उनले भने, ‘कांग्रेसले गरेका विकासका कामको जस एमालेले लिन खोजेको छ । यो अत्यन्तै आपत्तिजनक छ ।’ उनले चापागाउँमा निर्माण भएको मिनी रङ्गशालामा कांग्रेसको पहलमा निर्माण भएको बताए ।

‘चापागाउँ मिनी रङ्गशाला कांग्रेसले बनाएको हो, तर अहिले एमालेले हामीले बनाएको भनेर प्रचार गरिरहेको छ,’ उनले भने, एमालेको कामै झुटो बोलेर जनतालाई मूर्ख बनाउने हो ।’ उनले एमालेको भ्रममा विश्वास नगर्न पनि अपील गरे । 

सत्ता गठबन्धनबाट ललितपुर १ प्रदेश सभा (क) का उम्मेदवार हरि दाहालले गठबन्धनविरुद्ध एमालेले भ्रम फैलाउन खोजेको दावी गरे । उनले सत्ता गठबन्धन एकढिक्का रहेकाले भ्रममा नपर्न पार्टीका नेता कार्यकर्तालाई आग्रह गरे । उनी माओवादी केन्द्रबाट उम्मेदवार बनेका हुन् । उनले भने, ‘गठबन्धनलाई लिएर विभिन्न भ्रमहरू फैलिएका छन् । फैलाउने काम पनि भइरहेको छ । एमालेले यस्तो काम गरिरहेको छ । पार्टीको निर्णयअनुसार हामी अगाडि बढौँ । गठबन्धन एकढिक्का छ । रहन्छ पनि । कोही पनि भ्रममा पर्नु जरुरी छैन ।’ 

गठबन्धनमा आवद्ध कांग्रेस, माओवादी केन्द्र र एकीकृत समाजवादीको चापागाउँ उपकेन्द्र संयुक्त चुनावी प्रचार प्रसार समिति गठन भएको हो । स्थानीय तह निर्वाचनमा ललितपुर १ मा ३० वडामध्ये २७ वडा सत्ता गठबन्धनले जितेको छ । यो निर्वाचन क्षेत्रमा एमालेभन्दा गठबन्धन १५ हजारभन्दा बढी मतले गठबन्धन अगाडि छ ।

प्रकाशित मिति : ३० आश्विन २०७९, आइतबार  ६ : ३८ बजे

हलमा रित्तिए नेपाली फिल्म : फ्लपको असर त होइन ?

काठमाडौँ- हलमा नेपाली फिल्म नील भएको छ । अघिल्ला निकट

कुइचोउको छलाङ : कुनै बेला चरम गरिबीसँग जुधेको प्रान्त अहिले डिजिटल अर्थतन्त्रको हस्ती

कुइयाङ (चीन)- चीनको कुइचोउ प्रान्त कुनै बेला चरम गरिबीसँग जुधिरहेको

विश्वकपमा मेसीको अर्को ऐतिहासिक कीर्तिमान, लगातार ८ खेलमा गोल गर्ने पहिलो खेलाडी

काठमाडौँ– अर्जेन्टिनाका कप्तान लियोनेल मेसीले फिफा विश्वकप इतिहासमा अर्को ऐतिहासिक

विश्वकप फुटबल : अतिरिक्त समयमा केप भर्डेलाई हराउँदै अर्जेन्टिना अन्तिम १६ मा प्रवेश

काठमाडौँ– फिफा विश्वकप फुटबलमा साविक विजेता अर्जेन्टिना अन्तिम १६ मा

अर्जेन्टिना र केप भर्डेको खेल अतिरिक्त समयमा धकेलियो

काठमाडौँ– फिफा विश्वकप फुटबल २०२६ अन्तर्गत साविक विजेता अर्जेन्टिना र