लमजुङबाट लागूऔषधसहित दुई युवक पक्राउ « Khabarhub

लमजुङबाट लागूऔषधसहित दुई युवक पक्राउ


३० आश्विन २०७९, आइतबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


63
Shares
  • change font
  • change font
  • change font

लमजुङ – लमजुङबाट लागूऔषधसहित प्रहरीले दुई जनालाई पक्राउ गरेको छ । बीरगञ्जबाट बेंसीसहर आएको बसबाट ओर्लिएका दुई युवकलाई लागूऔषधसहित प्रहरीले पक्राउ गरेको हो ।

आइतबार बिहान साढे ६ बजेतिर बेंसीसहर नगरपालिका ८ शेराको पृथ्वी बस काउन्टर नजिकै बसिरहेको अवस्थामा शंकास्पद देखिएको र जाँच गर्ने क्रममा उनीहरूले झोलामा राखेर ल्याएको अवस्थामा २९ एम्पुल डाइजेपाम, २९ एम्पुल फेनरागन र २९ एम्पुल नुफिन फेला पारेको प्रहरीले जनाएको छ ।

डीएसपी प्रकाश श्रीमलका अनुसार उनीहरू लमजुङकै बेंसीसहर नगरपालिका ८ का २२ वर्षीय दिपेन गुरुङ र ३० वर्षीय तेज गुरुङ रहेको खुलेको र उनीहरूको साथबाट लागूऔषधसहित दुई वटा मोबाइल बरामद गरिएको छ ।

पक्राउ गरिएका २ युवकलाई आइतबार नै जिल्ला अदालतबाट दिन ८ को म्याद थप अनुमति लिई लागूऔषध नियन्त्रण ऐन, २०३३ अनुसार थप अनुसन्धान कार्य थालिएको प्रहरीको भनाइ छ ।

प्रकाशित मिति : ३० आश्विन २०७९, आइतबार  ८ : १३ बजे

इरानको पुनर्निर्माणमा अमेरिका सहयोग गर्न तयार : ट्रम्प

काठमाडौं– अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले युद्धविरामपछि इरानको पुनर्निर्माणमा अमेरिका सहयोग

स्ट्रेट अफ होर्मुजबाट गुज्रिने हरेक जहाजबाट इरान र ओमानले शुल्क असुल्ने

तेहरान- अमेरिका र इरानबीच भएको दुई हप्ताको युद्धविराम सम्झौतासम्बन्धी एक

ट्रम्पले भने– चीनले इरानलाई युद्धविरामका लागि तयार गर्‍यो

वाशिंटन- युद्धविरामलाई लिएर अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले नयाँ तर्क गरेका

जिल्ला अस्पताल निरीक्षणमा स्वास्थ्य मन्त्री

इनरुवा– स्वास्थ्य तथा जनसङ्ख्या तथा खानेपानी मन्त्री निशा मेहताले यहाँस्थित

मध्यपूर्व युद्धविराम : विश्वको प्रतिक्रिया र सुरक्षित मार्ग सुनिश्चित गर्ने आशा

एजेन्सी– संयुक्त राज्य अमेरिका र इरानले दुई हप्ताका लागि युद्धविराममा