जनजनको पीडालाई महसुस गरेको छु : राजन ढुंगाना « Khabarhub

जनजनको पीडालाई महसुस गरेको छु : राजन ढुंगाना


३० आश्विन २०७९, आइतबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


21
Shares
  • change font
  • change font
  • change font

महोत्तरी – महोत्तरी क्षेत्र नम्बर १ (क) बाट प्रदेशसभाका लागि स्वतन्त्र उम्मेद्वारी दिएका रिक्सा चालक राजन ढुंगानाले जनताको समस्यालाई नजिकबाट अनुभूत गरेको बताएका छन् । ढुंगानाले राजनीति शुद्धीकरण र जनताको मनोभावनाअनुसार काम गर्ने उम्मेदवार नभएको हुनाले पनि उम्मेदवार दिएको दाबी गरे ।

अझै पनि जनताका आधारभूत आवश्यकता जस्ताको त्यस्तै रहेको बताउँदै ढुंगानाले भने, ‘जनताको समस्या के हो भन्ने कुरा मैले गहिराइमा गएर अनुभूत गरेको छु ।’

विगतमा पनि जनताको पक्षमा काम गरेको बत्ताउँदै जनताको अपेक्षाअनुसार नै आफ्नो उम्मेदवारी भएको ढुंगानाको जिकिर छ ।

प्रदेशसभामा आफू निर्वाचित भएपछि हरेक सर्वसाधारणले सरकारको महसुस गर्न पाउने बताउँदै उनले समृद्ध र उज्यालो भविष्य निर्माणमा आफू सधैँ जनताको नोकर बन्ने विश्वास दिलाए ।

निर्वाचन आयोगबाट लालटिन चुनाव चिन्ह पाएका ढुंगानाले जनताले ४ मंसिरमा सही निर्णय गर्नेमा आफू विश्वस्त रहेको बताए ।

प्रकाशित मिति : ३० आश्विन २०७९, आइतबार  ९ : ०१ बजे

दुई घण्टाअघि नै खुलामञ्चमा पुग्न थाले प्रतिनिधि (तस्बिरहरू)

काठमाडौं– नेपाली कांग्रेसको १५औँ महाधिवेशनको औपचारिक उद्घाटन समारोह आज काठमाडौंको

स्पेनमा भारी वर्षापछि बाढीको चेतावनी, यात्रा प्रतिबन्ध

म्याड्रिड– अत्यधिक वर्षाका कारण उत्तरपूर्वी स्पेनमा बाढीको जोखिम बढेपछि अधिकारीहरूले

कांग्रेस महाधिवेशनमा सीके राउत पनि उपस्थित नहुने

काठमाडौं– नेपाली कांग्रेसको १५औं महाधिवेशनमा जनमत पार्टीका अध्यक्ष डा.सीके राउत

नेपाल राष्ट्र बैंकद्वारा ४० करोड थान १ रुपैयाँका नयाँ सिक्का ल्याउने

काठमाडौं– नेपाल राष्ट्र बैंकले ४० करोड थान १ रुपैयाँका नयाँ

कांग्रेस केन्द्रीय सदस्यमा ‘जोगिन्दर पानवाला’ को उम्मेदवारी, कला क्षेत्रका मुद्दा उठाउने दाबी

काठमाडौं– चर्चित हास्य कलाकार शिवशंकर रिजाल ‘जोगिन्दर पानवाला’ अब मनोरञ्जनको