जिल्ला अस्पताल खोटाङको अक्सिजन प्लान्ट सुचारु « Khabarhub

जिल्ला अस्पताल खोटाङको अक्सिजन प्लान्ट सुचारु


३० आश्विन २०७९, आइतबार  

पढ्न लाग्ने समय : 2 मिनेट


21
Shares
  • change font
  • change font
  • change font

खोटाङ– बिग्रिएको उपकरण फेरेपछि जिल्ला अस्पताल खोटाङको अक्सिजन प्लान्ट सुचारु भएको छ । थ्री फेज स्टेप्लाइजरको बिग्रिएको पिसि बोर्ड फेरेपछि अक्सिजन प्लान्टबाट नियमित अक्सिजन उत्पादन सुचारु भएको हो । थ्री फेज स्टेप्लाइजरको पिसि बोर्ड बिग्रँदा झण्डै तीन हप्तादेखि अक्सिजन उत्पादनको काम बन्द भएको थियो । थ्री फेज स्टेप्लाइजरको पिसि बोर्ड फेरेपछि आइतबारदेखि अक्सिजन उत्पादनको काम नियमित भएको जिल्ला अस्पतालका डा. नितु लामाले बताइन् ।

उद्घाटन गरिएको दुई महिनामै अक्सिजन प्लान्टको उपकरण बिग्रिएको थियो । मुन रक्स इन्टरनेशनल प्रालिले प्रदेश सरकारको १ करोड ११ लाखमा जडान गरेको अक्सिजन प्लान्ट गत साउन २३ गते उद्घाटन गरिएको थियो । मुन रक्स इन्टरनेशनल प्रालिले नयाँ उपकरण पठाएर फेरेपछि अक्सिजन प्लान्ट सुचारु भएको जिल्ला अस्पतालले जनाएको छ । अक्सिजन प्लान्टले काम नगर्दा अक्सिजन सिलिण्डर भर्नका लागि विराटनगर पुग्नुपर्ने बाध्यता छ । प्लान्ट जडानसँगै जिल्ला अक्सिजनमा आत्मनिर्भर बनेको भनिएको छ ।

अक्सिजन प्लान्ट जडानका लागि नौ फर्मको आवेदन परेकामा घटाघटमा मुन रक्स इन्टरनेशनल प्रालिले ठेक्का पारेको थियो । तर अक्सिजन प्लान्टको संरचना कमसल बनेको भन्दै सर्वत्र विरोध भएको थियो । निर्माण कम्पनीले कमसल संरचना सुधार गरेपछि अक्सिजन प्लान्ट उद्घाटन गरिएको थियो । अक्सिजन प्लान्टको ट्रस अस्पतालकै एउटा भवनसँग अडेसा लगाएर ९टाँसेर० बनाइएको, सिंगल इँटाको पर्खाल धकेल्दा ढल्ने खालको बनाइएको, ट्रसमाथि कागजजस्तो पातलो जस्ताको छाना हालिएको, मान्छे छिर्नसक्ने ठाउँ राखिएको, पर्खालभन्दामाथि र छानामुनिको ‘स्पेस’मा कुखुराको खोरलाई बारेजस्तो पातलो तारजालीले बारेको, जालीलाई प्लास्टिकको डोरीले बाँधेको पाइएपछि १० लाख भुक्तानी रोकिएको थियो ।

अक्सिजन प्लान्टको जस्ता र जाली फेर्ने, वाल प्लास्टर गर्ने काम गरेपछि मात्र बाँकी रकम भुक्तानी दिइएको अस्पताल सञ्चालन तथा व्यवस्थापन समितिले जनाएको छ । अक्सिजन प्लान्टको ट्रस कमसल बनाइएको भन्दै गुनासो आएपछि गत असार २४ गते दिक्तेल रुपाकोट मझुवागढी नगरपालिकाका मेयर तीर्थराज भट्टराई नेतृत्वको टोलीले निरीक्षण गरेको थियो ।

अक्सिजन भर्नका लागि अन्यत्र जानुपर्ने बाध्यता अन्त्यका लागि जडान गरिएको अक्सिजन प्लान्टबाट दैनिक २० देखि २५ सिलिण्डर अक्सिजन उत्पादन हुँदै आएको छ । हाल जिल्ला अस्पतालको ५० शय्याको भवन निर्माणाधीन अवस्थामा छ । ५० शय्याको अस्पताल तयार भएपछि पाइपलाइनमार्फत सिधै बिरामीको बेडमा अक्सिजन पुर्‍याउने व्यवस्थापन मिलाइने अस्पतालले जनाएको छ ।

 

प्रकाशित मिति : ३० आश्विन २०७९, आइतबार  ९ : ३३ बजे

चिप्ले झरनाबाट खसेर बेपत्ता भएका युवकको शव फेला

कैलाली– कैलालीको चुरे गाउँपालिका-५ स्थित सुरुगडा चिप्ले झरनामा चिप्लिएर बेपत्ता

मोटरसाइकलको ठक्करबाट साइकलयात्रीको मृत्यु

उदयपुर– उदयपुरको त्रियुगा नगरपालिका–१० बोक्सेमा मोटरसाइकलले आज साइकललाई ठक्कर दिँदा

गगनको बेवास्ताले दबाबमा देउवा, पार्टी फुटाउनेसम्मको तयारीमा दोस्रो तहका नेता

काठमाडौं- नेपाली कांग्रेसका पूर्वसभापति शेरबहादुर देउवाले चुनदेवीमा बसेर पार्टीभित्र समानान्तर

वडा पुग्न नसक्ने नागरिकलाई राजधानीमै पुगेर भत्ताकार्ड नवीकरण

दोलखा– स्थानीय सरकार नागरिकको सबैभन्दा नजिकको सरकार हो । यही