मानवीय रक्षा भौतिक विकासभन्दा माथि हुन्छ : माधव नेपाल « Khabarhub

मानवीय रक्षा भौतिक विकासभन्दा माथि हुन्छ : माधव नेपाल


३० आश्विन २०७९, आइतबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


24
Shares
  • change font
  • change font
  • change font

काठमाडौँ –नेकपा (एकीकृत समाजवादी)का अध्यक्ष माधवकुमार नेपालले भौतिक विकासभन्दा पहिले मानवीय जीवन रक्षाको सवाल प्रमुख रहने बताएका छन् । अखिल नेपाल किसान महासङ्घले आयोजना गरेको विश्व खाद्य दिवसको सन्दर्भमा आज आयोजित ‘भोकमरी विरुद्धको अभियान, खाद्य सम्प्रभुता’ विषयक अन्तरक्रियामा अध्यक्ष नेपालले नेपालको संविधानमा नै खाद्य सम्प्रभुता सवाल सम्बोधन भएको बताउँदै नागरिकको सम्मानजनक जीवनयापन गर्ने सवालमा खाद्य सम्प्रभुताको सवाल महत्वपूर्ण रहेको बताए ।

किसान महासङ्घले उठाएको महत्वपूर्ण सवाल संविधानमा समाविष्ट भएको चर्चा गर्दै उनले समाजको अगुवा शक्ति कम्युनिष्ट पार्टी भएकाले जसको विचार काम र व्यवहार पनि अगुवा हुनुपर्नेमा जोड दिए । पूर्व प्रधानमन्त्रीसमेत नेपालले कृषि क्षेत्रको समग्र विकास बिना देशको अवस्था परिवर्तन हुन कठिन हुने विचार व्यक्त गर्दै जसको लागि जग्गाको वर्गीकरण सिँचाइ प्रणालीको व्यवस्थित सदुपयोग, उत्पादन र उत्पादकत्व वृद्धि गर्न मल खाद्य गुणस्तरीय बिउबिजन आधुनिक खेती प्रणाली, यान्त्रिकीकरणसहित गुणस्तरीय उत्पादन महत्वपूर्ण हुने बताए ।

प्रकाशित मिति : ३० आश्विन २०७९, आइतबार  ९ : ५९ बजे

चिप्ले झरनाबाट खसेर बेपत्ता भएका युवकको शव फेला

कैलाली– कैलालीको चुरे गाउँपालिका-५ स्थित सुरुगडा चिप्ले झरनामा चिप्लिएर बेपत्ता

मोटरसाइकलको ठक्करबाट साइकलयात्रीको मृत्यु

उदयपुर– उदयपुरको त्रियुगा नगरपालिका–१० बोक्सेमा मोटरसाइकलले आज साइकललाई ठक्कर दिँदा

गगनको बेवास्ताले दबाबमा देउवा, पार्टी फुटाउनेसम्मको तयारीमा दोस्रो तहका नेता

काठमाडौं- नेपाली कांग्रेसका पूर्वसभापति शेरबहादुर देउवाले चुनदेवीमा बसेर पार्टीभित्र समानान्तर

वडा पुग्न नसक्ने नागरिकलाई राजधानीमै पुगेर भत्ताकार्ड नवीकरण

दोलखा– स्थानीय सरकार नागरिकको सबैभन्दा नजिकको सरकार हो । यही