एपीएफले सेमिफाइनलमा लुम्बिनीसँग खेल्ने « Khabarhub

एपीएफले सेमिफाइनलमा लुम्बिनीसँग खेल्ने


३० आश्विन २०७९, आइतबार  

पढ्न लाग्ने समय : 1 मिनेट


24
Shares
  • change font
  • change font
  • change font

कास्की– नवौँ राष्ट्रिय खेलकुद प्रतियोगिताअन्तर्गत महिला क्रिकेट प्रतियोगितामा विभागीय टोली सशस्त्र प्रहरी बलको एपीएफ क्लबले सेमिफाइनलमा सोमबार लुम्बिनी प्रदेशसित खेल्ने भएको छ । अपराजित रहँदै एपीएफ क्लबले सेमिफाइनलको यात्रा तय गरेको हो ।

कास्कीको पोखरा रङ्गशालामा आज भएको खेलमा समूह ए मा रहेको एपीएफले सुदूरपश्चिमलाई पाँच विकेटले हराएको हो । टस जितेर पहिला ब्याटिङ गरेको सुदूरपश्चिमले निर्धारित २० ओभरको खेलमा तीन विकेट गुमाउँदै ९२ रन बनायो । त्रियानब्बे रनको विजयी लक्ष्य एपीएफले १६ ओभरमा पाँच विकेट गुमाएर पूरा ग¥यो । एपीएफका लागि इन्दु बर्माले ४३ बल खेल्दै पाँच चौकासहित ४५ रन बनाइन् । यस्तै ज्योति पाण्डे र रोमा थापाले ११–११ रन बनाए । बलिङतर्फ सुदूरपश्चिमकी अनु कडायत, मनिषा चौधरी, डली भट्ट र स्नेहा महराले एक÷एक विकेट लिए ।

यसअघि सुदूरपश्चिमका लागि ब्याटिङ गर्ने क्रममा ऋतु कनौजियाले अविजित ३५ रन बनाइन् । उनले ४६ बल खेल्दै दुई चौकासमेत हिर्काइन् । यस्तै स्नेहा महराले १८ रन बनाइन् । बलिङतर्फ एपीएफकी नेरी थापा, इन्दु बर्मा र सुष्मा श्रेष्ठले एक/एक विकेट लिए ।

यस्तै आजै सम्पन्न खेलमा बागमती प्रदेश समूह ए को उपविजेता बन्दै सेमिफाइनल प्रवेश गरेको छ । पोखरा रङ्गशालामा आजै भएको खेलमा मधेस प्रदेशलाई आठ विकेटले पराजित गर्दै बागमतीले सेमिफाइनलको यात्रा तय गरेको हो ।

मधेसले दिएको ५५ रनको लक्ष्य बागमतीले १३ दशमलव दुई ओभरमा आठ विकेट गुमाएर पूरा ग¥यो । बागमतीका लागि सुमन खतिवडाले अविजित १७ र अनिशा मजाकोटीले अविजित १६ रन बनाए । यस्तै अस्मिता खरेलले १३ रन बनाइन् । बलिङतर्फ मधेसका लागि सरस्वती चौधरी र कविता गौतमले एक÷एक विकेट लिए ।

यसअघि पहिला ब्याटिङ गर्दै मधेसले १८ दशमलव दुई ओभरमा सबै विकेट गुमाउँदै ५४ रन बनायो । मधेसका लागि कुनै पनि ब्याटरले दोहोरो अङ्कमा रन बनाउन सकेनन् । बलिङतर्फ बागमतीका लागि सोनी पाख्रिन, विपिशा शाही र खुसी डङ्गोलले दुई/दुई विकेट लिए ।

यसअघि समूह बीबाट नेपाल पुलिस क्लब विजेता र लुम्बिनी प्रदेश उपविजेता बन्दै सेमिफाइनल प्रवेश गरिसकेका छन् ।

प्रकाशित मिति : ३० आश्विन २०७९, आइतबार  १० : १३ बजे

मन्त्रालयले मुलुक केन्द्रित रणनीतिमा काम गरिरहेको छ : परराष्ट्रमन्त्री

काठमाडौं– परराष्ट्रमन्त्री शिशिर खनालले परराष्ट्र मन्त्रालयले मुलुक केन्द्रित रणनीतिक कार्ययोजना निर्माणका

पाकिस्तानको खैबर पख्तुनख्वामा प्रहरीचौकी नजिकै आत्मघाती बम विस्फोट, १७ जनाको मृत्यु

पेशावर– पाकिस्तानको खैबर पख्तुनख्वा प्रान्तको स्वात जिल्लाको कबाल प्रकरी चौकी

भूमिहीन र सुकुम्वासी समस्या समाधानमा वर्तमान सरकार कटिबद्ध

काठमाडौं– प्रतिनिधिसभाको आजको बैठकमा सत्तापक्षका सांसदले भूमिहीन र सुकुम्वासी समस्या

धितोपत्रको दोस्रो बजार सुधार योजना कार्यान्वयनका लागि समन्वय तथा सहजीकरण गर्न समिति गठन

काठमाडौं– नेपाल धितोपत्र बोर्ड (सेबोन) ले धितोपत्रको दोस्रो बजार सुधार

वातावरण संरक्षण विधेयकमा त्रिचन्द्र कलेजका विद्यार्थीको ध्यानाकर्षण

काठमाडौं– त्रिचन्द्र कलेजका विद्यार्थीले सरकारले बनाएको वातावरण संरक्षण ऐन, २०७६