एपीएफले सेमिफाइनलमा लुम्बिनीसँग खेल्ने | Khabarhub Khabarhub

एपीएफले सेमिफाइनलमा लुम्बिनीसँग खेल्ने


३० आश्विन २०७९, आइतबार  

पढ्न लाग्ने समय : 1 मिनेट


24
Shares
  • change font
  • change font
  • change font

कास्की– नवौँ राष्ट्रिय खेलकुद प्रतियोगिताअन्तर्गत महिला क्रिकेट प्रतियोगितामा विभागीय टोली सशस्त्र प्रहरी बलको एपीएफ क्लबले सेमिफाइनलमा सोमबार लुम्बिनी प्रदेशसित खेल्ने भएको छ । अपराजित रहँदै एपीएफ क्लबले सेमिफाइनलको यात्रा तय गरेको हो ।

कास्कीको पोखरा रङ्गशालामा आज भएको खेलमा समूह ए मा रहेको एपीएफले सुदूरपश्चिमलाई पाँच विकेटले हराएको हो । टस जितेर पहिला ब्याटिङ गरेको सुदूरपश्चिमले निर्धारित २० ओभरको खेलमा तीन विकेट गुमाउँदै ९२ रन बनायो । त्रियानब्बे रनको विजयी लक्ष्य एपीएफले १६ ओभरमा पाँच विकेट गुमाएर पूरा ग¥यो । एपीएफका लागि इन्दु बर्माले ४३ बल खेल्दै पाँच चौकासहित ४५ रन बनाइन् । यस्तै ज्योति पाण्डे र रोमा थापाले ११–११ रन बनाए । बलिङतर्फ सुदूरपश्चिमकी अनु कडायत, मनिषा चौधरी, डली भट्ट र स्नेहा महराले एक÷एक विकेट लिए ।

यसअघि सुदूरपश्चिमका लागि ब्याटिङ गर्ने क्रममा ऋतु कनौजियाले अविजित ३५ रन बनाइन् । उनले ४६ बल खेल्दै दुई चौकासमेत हिर्काइन् । यस्तै स्नेहा महराले १८ रन बनाइन् । बलिङतर्फ एपीएफकी नेरी थापा, इन्दु बर्मा र सुष्मा श्रेष्ठले एक/एक विकेट लिए ।

यस्तै आजै सम्पन्न खेलमा बागमती प्रदेश समूह ए को उपविजेता बन्दै सेमिफाइनल प्रवेश गरेको छ । पोखरा रङ्गशालामा आजै भएको खेलमा मधेस प्रदेशलाई आठ विकेटले पराजित गर्दै बागमतीले सेमिफाइनलको यात्रा तय गरेको हो ।

मधेसले दिएको ५५ रनको लक्ष्य बागमतीले १३ दशमलव दुई ओभरमा आठ विकेट गुमाएर पूरा ग¥यो । बागमतीका लागि सुमन खतिवडाले अविजित १७ र अनिशा मजाकोटीले अविजित १६ रन बनाए । यस्तै अस्मिता खरेलले १३ रन बनाइन् । बलिङतर्फ मधेसका लागि सरस्वती चौधरी र कविता गौतमले एक÷एक विकेट लिए ।

यसअघि पहिला ब्याटिङ गर्दै मधेसले १८ दशमलव दुई ओभरमा सबै विकेट गुमाउँदै ५४ रन बनायो । मधेसका लागि कुनै पनि ब्याटरले दोहोरो अङ्कमा रन बनाउन सकेनन् । बलिङतर्फ बागमतीका लागि सोनी पाख्रिन, विपिशा शाही र खुसी डङ्गोलले दुई/दुई विकेट लिए ।

यसअघि समूह बीबाट नेपाल पुलिस क्लब विजेता र लुम्बिनी प्रदेश उपविजेता बन्दै सेमिफाइनल प्रवेश गरिसकेका छन् ।

प्रकाशित मिति : ३० आश्विन २०७९, आइतबार  १० : १३ बजे

भारतीय पर्यटकले पाँच हजार डलर बराबरको भारतीय रुपैयाँ ल्याउन पाउने

वीरगञ्ज– नेपाल राष्ट्र बैंकले भारतीय नागरिकले नेपाल भ्रमणका क्रममा पाँच

अण्डाको मूल्य बढ्यो, प्रतिक्रेट ५४५ कायम

चितवन – चाडपर्व सुरु भएसँगै अण्डा खपत बढेको छ ।

बर्डफ्लू रोकथामका लागि सीमा क्षेत्रमा उच्च सतर्कता

कञ्चनपुर– बर्डफ्लु भित्रिन नदिन कञ्चनपुरको सीमा क्षेत्रमा उच्च सतर्कता अपनाइएको

ओली सरकार : एक कदम अगाडि, दुई कदम पछाडि

काठमाडौं– सरकारले साउन २० गते देशभरका सवारी साधनहरूमा इम्बोस्ड नम्बर