नवौँ राष्ट्रिय खेलकुद : त्रिभुवन आर्मी क्लब सेमिफाइनलमा « Khabarhub

नवौँ राष्ट्रिय खेलकुद : त्रिभुवन आर्मी क्लब सेमिफाइनलमा


३० आश्विन २०७९, आइतबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


27
Shares
  • change font
  • change font
  • change font

कास्की – नवौँ राष्ट्रिय खेलकुद प्रतियोगिताअन्तर्गत पोखरा रङ्गशालामा आज अपराह्न भएको फुटबल खेलमा नेपाली सेनाको त्रिभुवन आर्मी क्लब अर्को विभागीय टोली नेपाल प्रहरीको पुलिस क्लबमाथि जीत निकाल्दै सेमिफाइनलमा प्रवेश गरेको छ ।

दुई विभागीय टोलीबीचको प्रतिस्पर्धामा आर्मीले पुलिसलाई २–० गोलले हराएको हो । आर्मीलाई जीत दिलाउन खेलको पहिलो हाफमा नवयुग श्रेष्ठ र दिनेश हेमजनले एक÷एक गोल गरे ।

खेलको १५औँ मिनेटमा नवयुगले गोल गर्दै टोलीको अग्रता बनाउनुभएकोमा २९औँ मिनेटमा हेमजनले अग्रता दोब्बर बताए ।

पुलिससँगको खेलमा विजयी भएसँगै आर्मी दुई खेलबाट अङ्क बटुल्दै समूह ‘सी’ को शीर्ष स्थानमा पुग्न सफल भयो । आफ्नो पहिलो खेलमा आर्मीले लुम्बिनी प्रदेशलाई ४–१ गोल अन्तरले हराएको थियो ।

सेमिफाइनलमा आर्मीले स्थान बनाउँदा आठौँ राष्ट्रिय खेलकुद प्रतियोगिताको उपविजेता पुलिस क्लब र लुम्बिनी प्रदेश समूह चरणबाट नै बाहिरिएका छन् ।

प्रतियोगितामा पुरुष फुटबलमा ११ वटा टोलीले सहभागिता जनाएका छन् । प्रत्येक टोलीलाई चार समूहमा विभाजन गरिएको छ । समूह ‘ए’ मा गण्डकी प्रदेश, प्रदेश नं १ र एनआरएनको टोली छ । समूह ‘बी’मा बागमती, मधेस प्रदेश र एपीएफ रहेका छन् ।

त्यसैगरी आर्मी, लुम्बिनी प्रदेश र नेपाल पुलिस क्लब समूह ‘सी’ मा र समूह ‘डी’ मा कर्णाली र सुदुरपश्चिम प्रदेश छन् । पुरुष फुटबलको स्वर्ण पदकका लागि कात्तिक ३ गते खेल हुने तालिका छ ।

प्रकाशित मिति : ३० आश्विन २०७९, आइतबार  ११ : १४ बजे

जाँचबुझ आयोगको म्याद २० दिन थपियो

काठमाडौं– सरकारले जेन-जी आन्दोलनका क्रममा भएको घटनाबारे अनुसन्धानका लागि गठन

केन्ट आरओ खरिदमा मुम्बई यात्रा तथा विश्वकप क्रिकेट प्रत्यक्ष हेर्ने विजेता घोषणा

काठमाडौं– सीजी इलेक्ट्रोनिक्सअन्तर्गतको पानी शुद्धीकरण ब्रान्ड केन्ट आरओ प्युरीफायरले सञ्चालन गरेको

रविको मुद्दा फिर्ता लिने निर्णयविरुद्धको रिट न्यायाधीश ढकालले हेर्न मानेनन्

काठमाडौं- सर्वोच्च अदालतका न्यायाधीश बालकृष्ण ढकालले राष्ट्रिय स्वतन्त्र पार्टीका सभापति

जापानद्वारा विश्वको सबैभन्दा ठूलो आणविक संयन्त्र स्थगित

एजेन्सी– जापानमा विश्वको सबैभन्दा ठूलो आणविक ऊर्जा संयन्त्र, काशीवाजाकी–कारिवा प्लान्टको

झापाका ९५ वटा मतदानस्थल अति संवेदनशील

झापा– आगामी फागुन २१ गते हुने प्रतिनिधिसभा निर्वाचनका लागि जिल्लामा