आज बुधबार, कृष्ण अवतारको पूजा गर्नुहोस् | Khabarhub Khabarhub

आज बुधबार, कृष्ण अवतारको पूजा गर्नुहोस्


३० कार्तिक २०७९, बुधबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


117
Shares
  • change font
  • change font
  • change font

काठमाडौं – हिन्दु धर्मशास्त्रमा, हप्ताको हरेक बारलाई देवी–देवताको बार मानिने गरिन्छ। विशेष व्रत र उपवास बाहेक, अधिकांश हिन्दु धर्मावलम्बीहरूले हप्ताको कुनै एक वा दुई दिन सोहि बारअनुसारको देवताको पूजा गरी व्रत बस्ने गर्दछन्।

‘बुध’ ग्रहको लागि समर्पित बार नै बुधबार हो। यस दिन विशेष गरी विथाल देव (कृष्णको अवतार)को पूजा गरिन्छ। पूजा गर्दा तुलसीको पातले गर्नुपर्दछ। कुनै नयाँ काम थालनीको लागि बुधबार अति नै शुभ मानिन्छ। साथै यस दिन कृष्ण भगवानको व्रत बस्नेले आफूले चाहेको फल पाउने विश्वास गरिन्छ। यस दिन गरिने केही कर्मले जिन्दगी भरी फल दिन्छ। बुधबार के गर्दा जिन्दगी समृद्ध हुन्छ, जान्नुहोस्

– हिन्दु धर्ममा गाईलाई पूजनीय मानिन्छ। विशेषगरी बुधबार गाईलाई हरियो घाँस दिने व्यक्तिलाई सबै देवी(देवताको कृपा हुने गर्छ।
– बुधबार मुंगको दाल दान गर्दा कष्ट निवारण हुन्छ।
– बुधबार गणेश भगवानलाई सिन्दुर चढाउँदा मनले चिताएको पुग्ने विभिन्न धार्मिक ग्रन्थहरुमा पाईन्छ।
– जसको कुण्डलीमा बुध ग्रहको दोष छ खासगरी बुधबार गणेशलाई लड्डु चढाउनु फलदायी मानिन्छ।

प्रकाशित मिति : ३० कार्तिक २०७९, बुधबार  ६ : ०० बजे

टर्कीले बनायो विश्वको पहिलो बहुउद्देश्यीय समुद्री स्किमिङ युएभी ड्रोन

इस्तानबुल– पछिल्ला दुई दशकमा धेरै नयाँ देशहरू देखा परेका छन्,

प्रधानमन्त्री ओलीले प्रतिनिधिसभा बैठकमा सम्बोधन गर्ने

काठमाडौं– प्रधानमन्त्री केपी शर्मा ओलीले बुधबारको प्रतिनिधिसभा बैठकमा सम्बोधन गर्ने

सुनको मूल्य घट्यो, कतिमा भइरहेको छ कारोबार ?

काठमाडौं– नेपाली बजारमा बुधबार सुनको मूल्य घटेको छ । नेपाल

विद्युत उत्पादनको क्षमता हेरेर प्रसारण लाइन निर्माण : ऊर्जामन्त्री खड्का 

काठमाडौं– उर्जा, जलस्रोत तथा सिँचाइमन्त्री दीपक खड्काले विद्युत उत्पादनको क्षमता

ग्लोबल आईएमई बैंकको नाफा ६ अर्ब २० करोड

काठमाडौं– ग्लोबल आईएमई बैंक लिमिटेडले गत आर्थिक वर्ष २०८१/८२ को