विश्व इतिहासमा आजः पाकिस्तानमा महिला प्रधानमन्त्रीदेखि युनेस्कोको स्थापना « Khabarhub

विश्व इतिहासमा आजः पाकिस्तानमा महिला प्रधानमन्त्रीदेखि युनेस्कोको स्थापना


३० कार्तिक २०७९, बुधबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


15
Shares
  • change font
  • change font
  • change font

काठमाडौं – आज १६ नोभेम्बर। आज विश्व इतिहासमा केही राजनीतिक तथा सामाजिक घटनाक्रम विकसित भएका थिए। प्रस्तुत छ विश्व इतिहासमा आज भएका केही घटनाक्रम :

वेनेजिर भुट्टो पाकिस्तानको प्रधानमन्त्री

सन् १९८८ मा वेनेजिर भुट्टो पाकिस्तानको प्रधानमन्त्री बनेकी थिइन्। मुस्लिम देशको पहिलो महिला प्रधानमन्त्री बनेकी भुट्टो १९८८ देखि १९९० सम्म शासन गरेकी थिइन्। उनी सन् १९९३ देखि १९९६ सम्म दोस्रो पटक पनि प्रधानमन्त्री बनेकी थिइन्।

ह्यारी पोटरमा आधारित चलचित्र

सन् २००१ मा प्रसिद्ध पुस्तक ह्यारी पोटरमा आधारित चलचित्र निर्माण भएको थियो। ह्ँयारी पोटर उपन्यासका लेखक जे के रोलिङ हुन्।

इस्टोनियाद्वारा सार्वभौम देश घोषणा

सन् १९८८ मा तत्कालिन सोभियत युनियनबाट इस्टोनिया सार्वभौमसम्पन्न देश भएको घोषणा गरेको थियो। सिंगिङ क्रान्तिको एउटा अंशको रुपमा घोषित सो कानुनले सोभियत कानुनमाथि प्रभुत्व जमाएको थियो। हरेक १६ नोभेम्बरलाई इस्टोनियाले सार्वभौमसत्ता घोषणा वर्षको रूपमा मनाउँछ।

युनेस्कोको स्थापना

सन् १९४५ मा राष्ट्रसंघीय शैक्षिक, वैज्ञानिक तथा सांस्कृतिक संगठन (यूनेस्को) राष्ट्रसंघको एउटा अभिन्न अंगको रुपमा स्थापना गरिएको थियो।

युनेस्कोले शिक्षा, वैज्ञानिक सहकार्य र सांस्कृतिक आदानप्रदानमार्फत विश्वमा शान्ति र भलाइका लागि काम गर्छ। पेरिस मुख्यालय रहेको युनेस्कोका १९५ देश सदस्य छन्।

प्रकाशित मिति : ३० कार्तिक २०७९, बुधबार  ६ : ५६ बजे

विदेशी विनिमय सञ्चिति झण्डै ३९ खर्ब पुग्यो

काठमाडौं– नेपालमा विदेशी मुद्राको सञ्चिति झण्डै ३९ खर्ब पुगेको छ

रसुवाको विनाशकारी बाढीबारे चिनियाँ सरकारको मौसम केन्द्रले यस्तो रिपोर्ट ल्यायो

काठमाडौं- रसुवाको ल्हेन्दे खोला तथा रसुवागढी क्षेत्रमा भोटेकोशीमा आएको भीषण

नाट्टाले ‘हेल्प डेस्क’ र राहत कोष स्थापना गर्ने

काठमाडौं– नेपाल एसोसिएसन अफ टुर एण्ड ट्राभल एजेन्ट्स (नाट्टा)ले भोटेकोशी

भोटेकोसी विनाशको नयाँ तथ्य : चीनतर्फ गएको हिम-चट्टान पहिरोले गेग्रानसहितको भीषण बाढी

काठमाडौं- चीनबाट आउने ल्हेन्दे खोला हुँदै रसुवाको भोटेकोशी नदीमा बुधबार

बालेनलाई मोदीको फोन, ‘नेपाललाई सबै प्रकारको मानवीय सहायता उपलब्ध गराउन तयार छौँ’

काठमाडौं- भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीले नेपालका प्रधानमन्त्री वालेन्द्र शाहलाई फोन