‘भ्रष्टाचार नियन्त्रण र स्वदेशी उत्पादनमा वृद्धि हाम्रो लक्ष्य हो’  « Khabarhub

‘भ्रष्टाचार नियन्त्रण र स्वदेशी उत्पादनमा वृद्धि हाम्रो लक्ष्य हो’ 


३० कार्तिक २०७९, बुधबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


24
Shares
  • change font
  • change font
  • change font

काठमाडौं – काठमाडौं क्षेत्र नम्बर ३ मा राष्ट्रिय स्वतन्त्र पार्टीबाट प्रतिनिधिसभा सदस्य पदमा उम्मेदवारी दिएका दुर्गा विक्रम थापाले देशमा व्याप्त भ्रष्टाचार नियन्त्रण गर्ने बताएका छन्।

घण्टी चुनाव चिह्न लिएर प्रतिस्पर्धाको मैदानमा उत्रिएका उनले भ्रष्टाचार नियन्त्रण र स्वदेशी उत्पादन विदेश निर्यात गरेर देशको आर्थिक विकासमा पहल गर्ने बताएका छन्। मतदानको दिन नजिकिएसँगै चुनावी प्रचारप्रसारलाई तीव्रता दिएका उनले आफ्नो पार्टीको पहिलो लक्ष्य नै भ्रष्टाचार नियन्त्रण रहेको सुनाए।

विकास निर्माण काममा ढिलासुस्ती भएका कारण राष्ट्रको बजेट खेर गइरहेको भन्दै थापाले यसको नियन्त्रण आवश्यक रहेकोमा जोड दिए। आगामी ४ मंसिरमा हुने निर्वाचनमा काठमाडौं क्षेत्र नम्बर ३ ले सरप्राइज नतिजा दिने बताएका उनले करिब २१ हजार मत ल्याएर आफू निर्वाचित हुने दाबी गरेका छन्।

काठमाडौं–३ मा ५८ हजार ८८९ मतदाता रहेकामध्ये ४४ हजार मतदाता मतदान प्रक्रियामा सहभागी हुने र आफूले २१ हजार मत ल्याएर निर्वाचित हुने उनको दाबी छ।  जनताको समस्या समाधानका लागि संसदमा सशक्त भूमिका निर्वाह गर्ने बताएका उनले एकपटक आफ्नो पार्टीलाई मत दिन आग्रह गरे।

नेपाल पश्मिना उद्योग संघका निवर्तमान अध्यक्षसमेत रहेका थापाले स्वदेशमै रोजगारीको सृजना गरेर युवा विदेश पलायनलाई रोक्न पनि आफूले भूमिका खेल्ने बताए।

प्रकाशित मिति : ३० कार्तिक २०७९, बुधबार  ११ : ११ बजे

कागन र सोइलाई रसायनशास्त्रतर्फको नोबेल पुरस्कार

एजेन्सी– हेनरी बी. कागन र केन्सो सोइलाई जैविक पदार्थ निर्माणमा

युक्रेनमा रुसी मिसाइल र ड्रोन हमलामा आठ जनाको मृत्यु

किएभ– युक्रेनका विभिन्न सहरमा रुसले गरेको मिसाइल र ड्रोनको संयुक्त

महामन्त्रीमा ढुक्क हुनुस् भन्ने साथीहरूको प्रतिक्रिया छ : प्रदीप पौडेल

नेपाली कांग्रेसको १५ औँ महाधिवेशनमा महामन्त्री पदमा प्रदीप पौडेल बलिया

चितवनको तौलपुल तीन महिनादेखि बन्द, सडक सुरक्षामा चुनौती (तस्बिरहरू)

चितवन– काठमाडौँ जोड्ने मुख्य ‘लाइफलाइन’ सडकका रूपमा रहेको नारायणगढ–मुग्लिन सडकखण्डमा बढी

नाइजेरियामा बन्दुकधारीको आक्रमण, १७ जनाको मृत्यु

गुसाउ– उत्तरपश्चिम नाइजेरियाको जामफरा राज्यमा सशस्त्र गिरोहले खानीस्थल र गाउँमा आक्रमण