युक्रेनमाथिको रुसी हमला बर्बर : बाइडेन « Khabarhub

युक्रेनमाथिको रुसी हमला बर्बर : बाइडेन


३० कार्तिक २०७९, बुधबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


42
Shares
  • change font
  • change font
  • change font

न्युयोर्क– अमेरिकी राष्ट्रपति जो बाइडेनले बुधबार रुसले युक्रेनी नागरिकमाथि गरेको हमलालाई  ‘बर्बर’ भनेका छन् । इन्डोनेसियाको बालीमा आयोजित जी २० शिखर सम्मेलनलाई सम्बोधन गर्दै उनले रुसी हमलाको निन्दा गरेका हुन्। पोल्यान्डमा रुसको एक संदिग्ध क्षेप्यास्त्र प्रहार भइरहेको सन्दर्भमा बाइडेनको भनाइ आएको हो । 

युक्रेनको सिमानानजिक पूर्वी पोल्याण्डको एक गाउँ प्र्जेवोडोमा भएको विस्फोटमा दुई जनाको मृत्यु भएको थियो । विस्फोट रुसी मिसाइलहरूबाट भएको भन्दै नेटो सहयोगीहरूले अनुसन्धान गरिरहेका छन् । 

यसअघि अमेरिकी गुप्तचर निकायका एक वरिष्ठ अधिकारीलाई उद्धृत गर्दै एसोसिएटेड प्रेसले पोल्यान्डमा रुसी क्षेप्यास्त्रहरू प्रवेश गरेको कारण विस्फोट भएको बताएको थियो ।

प्रकाशित मिति : ३० कार्तिक २०७९, बुधबार  १२ : २७ बजे

कागन र सोइलाई रसायनशास्त्रतर्फको नोबेल पुरस्कार

एजेन्सी– हेनरी बी. कागन र केन्सो सोइलाई जैविक पदार्थ निर्माणमा

युक्रेनमा रुसी मिसाइल र ड्रोन हमलामा आठ जनाको मृत्यु

किएभ– युक्रेनका विभिन्न सहरमा रुसले गरेको मिसाइल र ड्रोनको संयुक्त

महामन्त्रीमा ढुक्क हुनुस् भन्ने साथीहरूको प्रतिक्रिया छ : प्रदीप पौडेल

नेपाली कांग्रेसको १५ औँ महाधिवेशनमा महामन्त्री पदमा प्रदीप पौडेल बलिया

चितवनको तौलपुल तीन महिनादेखि बन्द, सडक सुरक्षामा चुनौती (तस्बिरहरू)

चितवन– काठमाडौँ जोड्ने मुख्य ‘लाइफलाइन’ सडकका रूपमा रहेको नारायणगढ–मुग्लिन सडकखण्डमा बढी

नाइजेरियामा बन्दुकधारीको आक्रमण, १७ जनाको मृत्यु

गुसाउ– उत्तरपश्चिम नाइजेरियाको जामफरा राज्यमा सशस्त्र गिरोहले खानीस्थल र गाउँमा आक्रमण