बालुवा मजदुरलाई छोएन चुनावले « Khabarhub

बालुवा मजदुरलाई छोएन चुनावले


३० कार्तिक २०७९, बुधबार  

पढ्न लाग्ने समय : 2 मिनेट


30
Shares
  • change font
  • change font
  • change font

लेखनाथ– सिन्धुलीकी ५९ वर्षे गौरी तामाङले पोखराको रामघाटमा बालुवा बोक्न थालेको ४० वर्ष पुग्यो । निर्वाचनमा नेता र कार्यकर्ताहरू सडकमा माइकिङ गर्दै प्रचारप्रसार गर्छन् तर उनलाई यसले छुँदैन । ‘नेताहरु मदजूरको हितमा काम गर्छु, भोट दिनुहोस् भन्दै टोलमा आउँछन् । उनीहरूलाई थाह छैन, यसले भोट दिन पाउँछे की पाउँदिन’, उनले भने, ‘मैले भोट दिन पाउँदैन भनेर पनि भन्न सक्दैन बरु नेता आउँदा भोट दिउँला भन्दै पठाउने गरेकी छु ।’

गौरीका श्रीमानले कान्छी श्रीमती लिएर हिँडेको १७ वर्ष पुगिसक्यो । न उनीसँग नागरिकता छ न मतदाता परिचय पत्र नै । श्रीमानले अर्की श्रीमती लिएर हिँडेपछि तीन छोरी र एक छोरा पाल्ने जिम्मेवारी गौरीको काँधमा आयो । छोराछोरीलाई पालनपोषण र शिक्षा दिनकै लागि गौरीले प्रत्येक दिन बिहान ६ बजेदेखि साँझसम्म रामघाटमै बालुवा बोक्छन्। ‘मेरो जीवन बालुवामै गयो, मेरो जिम्मेवारी बालुवा बोकेर छोराछोरी पाल्ने हो’, उनले भने।

पोखराको सेती नदी किनारको रामघाटदेखि माथि डिलसम्म बालुवा ल्याए वापत ठेकेदारले दिने पैसाले उनले परिवार पाल्दै आएका छन् । ‘बालुवा बोकेरै पढाएका दुई छोरीको विवाह भइसक्यो’, गौरीले भने, ‘भोट हाल्ने रहर थियो तर भोट दिने कुनै कागज नै छैन ।’

पोखराको रामघाटमा बालुवा बोक्दै गरेका खोटाङ जिल्ला निवासी ४७ वर्षे उदय मगर नेताहरूले मजदुरका माग पूरा गर्ने आश्वासन दिए पनि त्यो पूरा नभएको बताउँछन्। 

‘कति चुनाव आए र गए तर हामीले रामघाटमा बालुवा बोक्ने बाहेक अन्य काम पाएका छैनौँ’, उनले भने, ‘अहिले त महङ्गीका कारण बालुवा बोकेरै परिवार पाल्न नसक्ने अवस्था आएको छ ।’ युवा उमेर छँदा केही वर्ष आफू पनि गाउँमै राजनीति गरेको भए पनि त्यसमा सफलता हात नलागेपछि मजदुरीमा आएको उनको भनाइ छ । पत्नी हिराकुमारी पनि बालुवा बोक्छन्। 

‘केही दिनअघि थला परेर १५ दिन सुत्दा मलाई हेर्न कोही आएन’ उनले भने, ‘चुनाव आएपछि नेता भोट माग्न आउँछन् तर भोट दिन खोटाङसम्म पुग्ने खर्च पनि छैन ।’ प्रत्येक निर्वाचनमा नेताले मजदुरलाई रोजगारी दिन्छौँ र महङ्गी नियन्त्रण गर्छु भने पनि त्यो आश्वासन पूरा नभएको उनको गुनासो छ ।

त्यस्तै रामघाटमै बालुवा बोक्दै गरेका धादिङका ४३ वर्षीय सोमबहादुर गुरुङ पैसा नभएकै कारण मतदानमा घर फर्कन नपाउने गुनासो गरे। 

‘श्रीमती गाउँमै छिन, उनले भोट हाल्छिन् तर म जान्न’, उनले भने।

प्रकाशित मिति : ३० कार्तिक २०७९, बुधबार  २ : २९ बजे

तेहरानमा अली खामेनेईलाई अन्तिम श्रद्धाञ्जली दिन लाखौँको भीड

तेहरान- इरानका सर्वोच्च नेता अली खामेनीको अन्तिम श्रद्धाञ्जली कार्यक्रममा सहभागी हुन राजधानी तेहरानमा

सरकारको १०० दिन : सुशासन, पारदर्शिता र सेवा प्रवाहमा उल्लेखनीय सुधार

काठमाडौं– सुशासन, पारदर्शिता र सार्वजनिक सेवा प्रवाहलाई चुस्त र प्रभावकारी

अमेरिकी पहिचानमाथि ‘नयाँ आक्रमण’ भइरहेको ट्रम्पको दाबी

एजेन्सी– संयुक्त राज्य अमेरिकाको २५०औँ वार्षिकोत्सवको पूर्वसन्ध्यामा राष्ट्रपति डोनाल्ड ट्रम्पले

मुक्तिनाथबाट फर्किने भारतीय पर्यटकले बागलुङमा चहलपहल

बलेवा– मुक्तिनाथ दर्शनका लागि आउने भारतीय तीर्थयात्रीको सङ्ख्या बढेसँगै बागलुङका

शुक्लाफाँटाको दश वर्षे नगर शिक्षा योजना : मस्यौदामाथि छलफल

कञ्चनपुर– शुक्लाफाँटा नगरपालिकाले आगामी १० वर्षका लागि तयार गरेको नगर