सेयर बजार नेप्सेमा दोहोरो अंकको वृद्धि « Khabarhub

सेयर बजार नेप्सेमा दोहोरो अंकको वृद्धि


३० कार्तिक २०७९, बुधबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


36
Shares
  • change font
  • change font
  • change font

काठमाडौं– सेयर बजारमा आज उकालो लागेको छ । मङ्लबार शून्य दशमलव ३५ प्रतिशतले ओरालो लागेको नेप्से बुधबार शून्य दशमलव १७ प्रतिशतले वृद्धि भएको छ । नेपाल स्टक एक्सचेन्जका अनुसार नेप्से परिसूचक १३.४० अ‍ंकले वृद्धि हुँदै १९११.२६ विन्दुमा आएर रोकिएको छ । (क) वर्गको सेन्सिटिभ इन्डेक्समा पनि शून्य दशमलव ७१ प्रतिशतले वृद्धि भएको छ । 

१८६ कम्पनीको कारोबार हुँदा १४१ कम्पनीमा वृद्धि भएको, ३८ कम्पनीको सेयर ओरालो लागेको र सातवटा कम्पनी स्थिर रहेको नेप्सेले जनाएको छ । आज २४ लाख ९५ हजार ६१२ सेयर कित्ता किनबेच हुँदा ८५ करोड ९४ लाख ६८ हजार बढीको कारोबार भएको हो । 

यसैगरी, आज डिणी पावर कम्पनीको ६ करोड ३ लाख ३८ हजार ६३० रुपैयाँ र हिमालयन डिस्ट्रिलीको चार करोड १ लाख ९० हजार ७१६ रुपैयाँको कारोबार भएको छ । सिक्लेस हाइड्रो पावरमा १० प्रतिशत, गणपती लघुवित्त वित्तीय संस्था ७.७१ प्रतिशत र नारायणी विकास बैंक ५.५३ प्रतिशतले वृद्धि भएको छ ।

आज म्युचुअल फण्ड शून्य दशमलव ८५ प्रतिशत र ट्रेडिङ इन्डेक्स १.२० प्रतिशतले ओरालो लागेको छ भने अन्य उपसूचक कम्पनीहरू वृद्धि भएको छ । सबैभन्दा धेरै विकास बैंक १.२७, हाइड्रोपावर १.१३ प्रतिशत, इन्भेष्टमेन्ट शून्य दशमलव ८७, फाइनान्स १.०१म्यानुफेक्चरिङ एण्ड प्रोसेसिङ शून्य दशमलव ८८ वृद्धि भएको नेप्सेले जनाएको छ ।

प्रकाशित मिति : ३० कार्तिक २०७९, बुधबार  ३ : ४२ बजे

बाँकेमा ६१ मतदानस्थल संवेदनशील

नेपालगन्ज– आसन्न प्रतिनिधिसभाको निर्वाचनका लागि बाँकेमा रहेका १३९ मतदानस्थलमध्ये ६१

निर्वाचनका लागि पाँच हजार बढी सुरक्षाकर्मी परिचालन गरिने

दाङ– आगामी फागुन २१ गते हुने प्रतिनिधिसभा सदस्य  निर्वाचनलाई स्वतन्त्र,

बक्स अफिसमा हिटको बाटोतर्फ सनी अभिनित बोर्डर २

मुम्बई- सनी देओल, वरुण धवन, अहान शेट्टी र दिलजीत दोसांझको

रसुवाको उत्तरी भेगमा हिमपात

रसुवा– जिल्लाको उत्तरी भेगमा यस वर्षको पहिलो हिमपात सुरु भएको

दीपेन्द्रको वरीयतामा सुधार, आठौंबाट छैटौंमा पुगे

काठमाडौं- नेपाली राष्ट्रिय क्रिकेट टोलीका अलराउन्डर दीपेन्द्रसिंह ऐरीको वरीयतामा सुधार