प्रहरी प्रशासनले खानतलासीको नाममा ज्यादती गरेको आरोप « Khabarhub

प्रहरी प्रशासनले खानतलासीको नाममा ज्यादती गरेको आरोप


३० कार्तिक २०७९, बुधबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


39
Shares
  • change font
  • change font
  • change font

भैरहवा– रूपन्देहीको सियारी गाउँपालिका-१ का वडाअध्यक्ष अरुण शाहीले प्रहरी प्रशासनले खानतलासीको नाममा ज्यादती गरको आरोप लगाएका छन् । उनका अनुसार प्रहरीले मंगलबार मध्यराति घरैमा आएर आफूले प्रयोग गर्ने बा१६च २३६३ नम्बरको गाडी खानतलासीको नाममा टर्चर दिएको छ ।

वडाअध्यक्ष शाहीले बुधबार सियारी-१  निवासमा पत्रकार सम्मेलन आयोजना गरी घटनाबारे जानकारी दिएका छन् । खानतलासी गर्न पाउने प्रहरीको अधिकार भए पनि खानतलासी पुर्जी नदिई एक्कासि आएर राजनीतिक प्रतिसोध साँधेको उनको भनाइ छ । 

पार्किङ गरेर राखेको गाडी खानतलासी गर्दा केही नभेटेपछि प्रहरी फर्केको थियो । सवारी चेकजाँच गर्दा उनी घरमा थिएनन् । वडाअध्यक्षको गाडी शंकास्पद भएको भन्दै वडा प्रहरी कार्यालय भैरहवाबाट खटिएको प्रहरी टोलीले मंगलबार राति चेकजाँच तथा खानतलासी गरेको थियो । 

वडा प्रहरी कार्यालय भैरहवाका प्रहरी निरीक्षक मधु नेपाल नेतृत्वमा गएको टोलीले मध्यरातमै माथिको आदेश भन्दै खानतलासी गरेको थियो । दोस्रो पटक निर्वाचित भएका वडाध्यक्ष शाहीलाई स्थानीयले समेत साथ दिँदै आएका छन् ।  

पूर्व गृहमन्त्री तथा राप्रपा नेता निरञ्जन थापाले प्रहरी दबाब र प्रभावमा परेर कानुनविपरीत काम नगर्न चेतावनी दिए । प्रहरीले अनावश्यक रुपमा दुःख गर्ने गरी मध्यरातमा घरमै पुगेर गरेको कार्यप्रति राप्रपाले विरोध गरेको छ।  

प्रकाशित मिति : ३० कार्तिक २०७९, बुधबार  ४ : २३ बजे

राजनीतिमा धैर्य र समर्पण आवश्यक छ : महासचिव पोखरेल

राँझा– नेपाल कम्युनिष्ट पार्टी (एमाले)का महासचिव शङ्कर पोखरेलले राजनीतिमा धैर्य

खाँदबारीमा सेकाहा महोत्सव सुरु

खाँदबारी– यहाँको खाँदबारी नगरपालिका–४ स्थित सेकाहामा आजदेखि ‘ऐतिहासिक सेकाहा महोत्सव’ सुरु

बालेनले केपीसँग भिड्न खोजेको झापा ५ : अहिले पनि सजिलो छैन एमालेलाई हराउन

काठमाडौं- काठमाडौं महानगरपालिकाका मेयर बालेन्द्र शाह राजनीतिमा उत्रिँदै गर्दा झापा

ढुङ्गाले लागेर एकजना मजदुरको मृत्यु

ताप्लेजुङ– यहाँको फक्ताङलुङ गाउँपालिका–६ स्थित तमोर फाइभ हाइड्रोपावरको आउटलेट सुरुङमार्गमा

चुनाव र पार्टी अधिवेशन दुवैको तयारी गर्नुहोस् : कावा सभापति खड्का

कीर्तिपुर– नेपाली कांग्रेसका कार्यवाहक सभापति पूर्णबहादुर खड्काले राष्ट्रिय राजनीतिको निकासका