तीन महिनामा झण्डै तीन खर्ब रेमिट्यान्स भित्रियो « Khabarhub

तीन महिनामा झण्डै तीन खर्ब रेमिट्यान्स भित्रियो


३० कार्तिक २०७९, बुधबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


48
Shares
  • change font
  • change font
  • change font

काठमाडौँ– गतवर्षको तुलनामा चालु आर्थिक वर्षको तीन महिनामा विप्रेषण आप्रवाहमा १७ प्रतिशतले वृद्धि भएको छ । समीक्षा अवधिमा दुई खर्ब ८१ अर्ब पाँच करोड विप्रेषण भित्रिएको छ । अघिल्लो वर्षको सोही अवधिमा विप्रेषण आप्रवाह ७.१ प्रतिशतले घटेको छ । अमेरिकी डलरमा आप्रवाह ७.९ प्रतिशतले वृद्धि भई दुई अर्ब १९ करोड पुगेको छ । अघिल्लो वर्ष यस्तो आप्रवाह ७.१ प्रतिशतले घटेको थियो । 

समीक्षा अवधिमा वैदेशिक रोजगारीका लागि अन्तिम श्रम स्वीकृति (संस्थागत तथा व्यक्तिगत-नयाँ) लिने नेपालीको सङ्ख्या १२३.१ प्रतिशतले वृद्धि भएको छ । सो अवधिमा एक लाख ४७ हजार नौ सय ३२ जनाले श्रम स्वीकृति लिएका छन् । 

वैदेशिक रोजगारीका लागि पुनः श्रम स्वीकृति लिने नेपालीको संख्या समीक्षा अवधिमा ६६.२ प्रतिशतले वृद्धि भएको छ । सो अवधिमा ५७ हजार आठ सय ६१ जनाले पुनः श्रम स्वीकृति लिएका छन् । अघिल्लो वर्षको सोही अवधिमा यस्तो सङ्ख्या २१९.७ प्रतिशतले बढेको थियो । 

समीक्षा अवधिमा खुद ट्रान्सफर १७.१ प्रतिशतले वृद्धि भई तीन खर्ब १० अर्ब ४० करोड प्राप्त भएको छ । अघिल्लो वर्षको सोही अवधिमा यस्तो ट्रान्सफर ७.६ प्रतिशतले घटेको थियो । 

प्रकाशित मिति : ३० कार्तिक २०७९, बुधबार  ५ : ३६ बजे

शरणार्थी फिर्ती विवादबीच म्यानमाका सैन्य नेता मलेसिया पुगे

क्वालालम्पुर- म्यानमाका सैन्य–समर्थित सरकारका नेता मिन आङ ह्लाइङ बुधबार मलेसिया पुगेका

बेपत्ता भएकाको मृत घोषणा अवधि १२ वर्षबाट घटाएर ४५ दिन बनाउने सरकारको निर्णय

काठमाडौं– सरकारले बेपत्ता भएका व्यक्तिहरुलाई मृत्यु घोषणा गर्न देखिएका कानूनी

हेटौँडा अस्पतालको सेवा विस्तार गरिने

हेटौँडा– बागमती प्रदेशका मुख्यमन्त्री किरण थापा मगरले बढ्दो बिरामीको चापलाई

नीति अनुसन्धान प्रतिष्ठानका २० अनुसन्धान परियोजनामाथि छलफल

काठमाडौं– नीति अनुसन्धान प्रतिष्ठानले चालु आर्थिक वर्षमा सञ्चालन गर्ने विभिन्न

देउवा समूहलाई गगनको आग्रह- अदालत धाउने काम बन्द गर्नूस्

काठमाडौँ– नेपाली कांग्रेसका सभापति गगन कुमार थापाले पार्टीभित्रको विवाद अन्त्य