असम्बन्धित व्यक्तिसँग भेट गरेको छैन : प्रमुख महर्जन « Khabarhub

असम्बन्धित व्यक्तिसँग भेट गरेको छैन : प्रमुख महर्जन


३० कार्तिक २०७९, बुधबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

काठमाडौँ– ललितपुर महानगरपालिकाका प्रमुख चिरीबाबु महर्जनले आसन्न निर्वाचनका क्रममा असम्बन्धित व्यक्तिसँग आफूले कुनै भेटघाट नगरेको प्रष्ट पारेका छन्। 

केही दिनअघि ललितपुर क्षेत्र नं ३ का स्वतन्त्र उम्मेदवारले आफूसँग जोडेर फेसबुक पेजमा लेखेको स्टाटसप्रति गम्भीर ध्यानाकर्षण भएको जनाउँदै उनले त्यस्ता व्यक्तिसँग प्रत्यक्षरूपमा नभेटेको र नदेखेको बताए । ‘मैले प्रत्यक्षरूपमा भेटेको र देखेको पनि छैन, भेटेर कुराकानी भएको भन्ने कुरा तथ्यहीन एवं भ्रामक छ’, प्रमुख महर्जनद्वारा आज जारी वक्तव्यमा जनाइएको छ । 

उनले नेपालकै पुरानो र लोकतान्त्रिक पार्टी नेपाली कांग्रेसको प्रतिनिधित्व गर्दै गत वैशाख ३० गते सम्पन्न स्थानीय तहको निर्वाचनमा आफू ललितपुर महानगरपालिकाको प्रमुख पदमा दोस्रोपटक निर्वाचित भएको जनाएका छन् । ‘नेपाली कांग्रेस पार्टीको एक ‘बफादार सिपाही’ भएको नाताले पार्टीबाट भएको निर्णय नै मेरो अन्तिम निर्णय हो’, उनले भने। 

प्रमुख महर्जनले सामाजिक सञ्जालबाट मनगढन्ते, भ्रामक र कपोलकल्पित कुरा सम्प्रेषण गर्नु राजनीतिक संस्कारविपरीतको कुरा भएको बताए। वक्तव्यमा भनिएको छ, ‘कपोलकल्पित एवं मिथ्या कुरा सामाजिक सञ्जालमार्फत सम्प्रेषण गरी सर्वसाधारणलाई अन्योलमा पार्ने उक्त स्टाटसमा लेखिएको कुरा सत्य नभएको र निर्वाचन आयोगबाट जारी आचारसंहिताका कारण प्रचारप्रसारमा जान नपाएको यस्तो समयमा सम्प्रेषित उक्त विषयप्रति मेरो घोर आपत्ति रहेको छ ।’

प्रकाशित मिति : ३० कार्तिक २०७९, बुधबार  ७ : २० बजे

विश्व आर्थिक स्वतन्त्रतामा नेपाल ९०औँ स्थानमा, एक स्थान तल झर्‍यो

काठमाडौं– क्यानडास्थित फ्रेजर इन्स्टिच्युटसँगको सहकार्यमा समृद्धि फाउण्डेशनले सार्वजनिक गरेको ‘विश्व

आधुनिक र सक्षम कांग्रेस निर्माण गर्न केन्द्रीय सदस्यमा मेरो उम्मेदवारी : सन्दीप राना

काठमाडौँ – नेपाली कांग्रेसको १५औँ महाधिवेशनको आज चौथो दिन उम्मेदवारीको

संवैधानिक इजलास गठनमा तजबिज चलेको भन्दै नेपाल बारको आपत्ति

काठमाडौं– सर्वोच्च अदालतमा संवैधानिक इजलास गठनका सम्बन्धमा उत्पन्न पछिल्लो घटनाप्रति

रेबिज निवारणसम्बन्धी राष्ट्रिय रणनीति तथा कार्ययोजना स्वीकृत  

काठमाडौं– स्वास्थ्य तथा खाद्य स्वच्छता मन्त्रालयले रेबिज रोग निवारणसम्बन्धी राष्ट्रिय

बेनी–जोमसोम सडक सञ्चालनका लागि मुस्ताङका तीन स्थानीय तहले दिए ६ ब्यारेल डिजेल

मुस्ताङ– राष्ट्रिय गौरवको (बेनी–जोमसोम–कोरला) सडक आयोजनालाई मुस्ताङका तीन स्थानीय तहले