विश्वकप फाइनल पोल्यान्डका मार्चिनियाकले खेलाउने | Khabarhub Khabarhub

विश्वकप फाइनल पोल्यान्डका मार्चिनियाकले खेलाउने


१ पुस २०७९, शुक्रबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


243
Shares
  • change font
  • change font
  • change font

काठमाडौं – पोल्यान्डका सायमन मार्चिनियाकले आइतबार हुने कतार फिफा विश्वकपको फाइनल खेल खेलाउने भएका छन्। लुसेल मैदानमा हुने फाइनलमा दुई पटकका च्याम्पियन अर्जेन्टिना र फ्रान्सबीच प्रतिस्पर्धा हुनेछ।

४१ वर्षीय मार्चिनियाक विश्वकप फाइनल खेलाउने पोलिस पहिलो रेफ्री भएका छन्। मार्चिनियाकले सन् २०१८ को विश्वकपमा पहिलो खेल खेलाएका थिए। मार्चिनियाकलाई सहायक रेफ्रीका पावल सोकोल्निकी र तोमाज लिस्टकिविच हुनेछन्।

कतारका अब्दुलरहमान अली जासिमले तेस्रो स्थानको खेल खेलाउने छन्। तेस्रो स्थानको लागि क्रोएसिया र मोरक्कोबीच शनिबार राति खलिफा अन्तर्राष्ट्रिय मैदानमा भिडन्त हुनेछ। अब्दुलरहमानलाई तालेव अलि मारी र साउद अहमेद अल्माकलेहले सहायक रेफ्रीमा रहयोग गर्नेछन्।

प्रकाशित मिति : १ पुस २०७९, शुक्रबार  १० : १५ बजे

उसुको थाउलो विश्वकपमा नेपाललाई कांस्य पदक

काठमाडौं– उसुको थाउलो विश्वकपमा नेपालले कांस्य पदक प्राप्त गरेको छ

थाहा नगरपालिका क्षेत्रमा प्लाष्टिकका फूलमा प्रतिबन्ध

बागमती– स्थानीय फूल किसानलाई प्रोत्साहन गर्ने उद्देश्यले मकवानपुरको थाहा नगरपालिकाले

सुदूरपश्चिम विश्वविद्यालय र दक्षिण कोरियाको जोनबुक युनिभर्सिटीबीच समझदारी

काठमाडौं– नेपालको सुदूरपश्‍चिम विश्वविद्यालय र दक्षिण कोरियाको जोनबुक नेशनल युनिभर्सिटीबीच

सुनको मूल्यमा नयाँ ‘रेकर्ड’, कतिमा भइरहेछ कारोबार ?

काठमाडौं– नेपाली बजारमा सुनको मूल्यले फेरि नयाँ रेकर्ड बनाएको छ

प्रि ओपन सेसन : साढे २ अंकले बढ्यो नेप्से 

काठमाडौं– प्रि ओपन सेसनमा आइतबार नेपाल स्टक एक्सचेञ्ज (नेप्से) साढे