बहुमूल्य मूर्तिसहित कोहलपुरबाट सात जना पक्राउ « Khabarhub

बहुमूल्य मूर्तिसहित कोहलपुरबाट सात जना पक्राउ


१ पुस २०७९, शुक्रबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


96
Shares
  • change font
  • change font
  • change font

बाँके– बाँकेको कोहलपुर नगरपालिकामा विभिन्न स्थानमा चोरी गरेका सातजनालाई प्रहरीले पक्राउ गरेको छ । इलाका प्रहरी कार्यालय कोहलपुरबाट खटिएको विशेष प्रहरी टोलीले उनीहरूलाई विभिन्न स्थानबाट पक्राउ गरेको हो । 

शुक्रबार पत्रकार सम्मेलन गरी सातजनालाई चोरीका सामानसहित सार्वजनिक गरेको छ । विभिन्न समयमा कोहलपुर नगरपालिकाभित्र भएका चोरीमा संलग्न सातजनालाई प्रहरीले पक्राउ गरेको कोहलपुरका प्रहरी नायब उपरीक्षक ऐनबहादुर मल्लले जानकारी दिए ।

पक्राउ पर्नेमा कोहलपुर नगरपालिका-१ कौशिलानगर बस्ने २९ वर्षीय नवीन बिक, कोहलपुर–२ विकासनगरका ध्रुवसिंह ठकुरी र दुईजना बालक छन् । विकले सञ्चालन गरेको जानकी सुनचाँदी पसलबाट प्रहरीले १३ ग्राम एक सय मिलिग्राम १९ वटा चोरी भएको सुनका टुक्राहरु बरामद गरेको छ। उनकै पसलबाट ३१ तोला २८ लाल सुनचाँदीका तयारी गरगहनासमेत बरामद भएको डिएसपी मल्लले जानकारी दिए । 

उनीहरूले चोरी गरेका गहना पगालेर वा टुक्रा पारी बेच्ने गरेका थिए । पसलबाटै चाँदीको जस्तो देखिने धातुहरुको पाउजु, औँठीहरु, वाला, हात्तीको पुच्छर, सिक्री र लकेटसमेत बरामद भएको छ । प्रहरीले चोरीका तीन थान मोटरसाइकलसहित एकजनालाई पक्राउ गरेको हो । 

राप्तीसोनारी गाउँपालिका बहुमूल्य मूर्ति चोरी गरेका दुईजनालाई प्रहरीले पक्राउ गरेको छ । पक्राउ पर्नेमा मिकलाजुङ गाउँपालिका–७ पाँचथरका ५० वर्षीय झर्मेन्द्रप्रसाद रेग्मी र भिमसेन थापा गाउँपालिका–१ गोरखाका ३२ वर्षीय देवबहादुर मग्राती हुन्। रेग्मी र मग्रातीले पहेंलो धातुबाट बनेको पुरानो जस्तो देखिने गौतम बुद्धको ६ किलो चार सय २० ग्रामको मूर्ति बरामद गरेको हो । 

इलाका प्रहरी कार्यालय कोहलपुरका प्रहरी नायब उपरीक्षक ऐनबहादुर मल्लका अनुसार मूर्ति र मूर्ति प्वाल पार्न प्रयोग गरिने मेसिनसहित पक्राउ परेका दुवैजनामाथि प्राचीन स्मारकसम्बन्धी कसूरमा मुद्दा दर्ता गरिएको छ । पक्राउ परेका सातैजना माथि थप अनुसन्धान प्रक्रिया अगाडि बढाइएको छ ।

प्रकाशित मिति : १ पुस २०७९, शुक्रबार  १२ : ३६ बजे

भोटेकोसीमा खसेको गाडी खोज्न बिहानैबाट सुरु, चालक पनि बेपत्ता

काठमाडौं– चीनबाट आयात गरिएको एसआरएम कम्पनीको विद्युतीय गाडी (इभी) शनिबार साँझ रसुवाको

‘नाउल’ टाइफुनले दक्षिणी चीनमा जनजीवन प्रभावित

हङकङ– शक्तिशाली टाइफुन ‘नाउल’ आइतबार बिहान दक्षिणी चीनमा ठोक्किएपछि ग्वाङडोङ

मधेसमा लागूऔषधविरुद्ध अभियान, तीन वर्षमा दुई हजार ८११ जना पक्राउ

जनकपुरधाम– प्रतिबन्धित लागूऔषध नियन्त्रणका लागि प्रहरीले मधेस प्रदेशमा विशेष अभियान

मधेसमा लागूऔषधविरुद्ध अभियान, तीन वर्षमा करिब तीन हजारजना पक्राउ

जनकपुरधाम– प्रतिबन्धित लागूऔषध नियन्त्रणका लागि प्रहरीले मधेस प्रदेशमा विशेष अभियान

आइसिसी इमर्जिङ एसिया बैंकिङ अवार्डमा नबिल बैंकलाई ‘बेस्ट कमर्सियल बैंक सम्मान

काठमाडौं– नबिल बैंकले ‘बेस्ट कमर्सियल बैंक (नेपाल)’ अवार्ड प्राप्त गरेको छ