रियल मड्रिडले १२औँ पटक जित्यो सुपर कपको उपाधि « Khabarhub

रियल मड्रिडले १२औँ पटक जित्यो सुपर कपको उपाधि


३ माघ २०७८, सोमबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

काठमाडौँ – रियल मड्रिडले स्पेनिस सुपर कपको उपाधि जितेको छ । आइतबार राति साउदी अरवियाको रियादमा भएको फाइनल खेलमा एथ्लेटिको क्लबलाई २–० ले पराजित गर्दै रियलले १२औँ पटक सुपर कपको उपाधि हात पारेको हो ।

१० खेलाडीमा सीमित रियलको जितमा लुका मोड्रिक र करिम बेन्जेमाले १-१ गोल गरे । रोड्रिगोको पास सदुपयोग गर्दै लुका मोड्रिकले खेलको ३८औँ मिनेटमा रियललाई अग्रता दिलाए । ५२औँ मिनेटमा पाएको पेनाल्टी सदूपयोग गर्दै बेन्जेमाले २-० ले टोलीलाई अग्रता बनाए ।

खेलको ८७ मिनेटमा रियल १० खेलाडीमा समेटियो । इडर मिलिटाओले सिधै रातो कार्डको सामना गरे । त्यसको एक मिनेटपछि नै पाएको पेनाल्टी एथ्लेटिकोले सदुपयोग गर्न सकेन । राउल गार्सियाले पाएको पेनाल्टी सदूपयोग गर्न नसक्दा एथ्लेटिको गोलविहीन बन्यो ।

प्रकाशित मिति : ३ माघ २०७८, सोमबार  ७ : ०८ बजे

दशैँको टीका : कतै रौनक, कतै सुनसान

काठमाडौं – आज विजयादशमी । निधारमा रातो टीका र शिरमा

बङ्गलादेशका क्रिकेटर मेहदी हसनले पोखराबाट एनपिएल खेल्ने

काठमाडौं – बङ्गलादेशका अलराउन्डर मेहदी हसनले नेपाल प्रिमियर लिग (एनपिएल)

एनपीएलका सबै खेलले पाए लिस्ट ‘ए’ टी–२० मान्यता

काठमाडौं – नेपाल प्रिमियर लिग (एनपीएल) को तेस्रो संस्करणका सबै

अमेरिका–पुटिन वार्ताबारे विस्तृत जानकारीको प्रतीक्षामा ईयू

ब्रसेल्स – युरोपेली युनियन (ईयू)ले अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पका विशेष

ग्रीसमा पनि विद्यार्थी र शिक्षकद्वारा प्रदर्शन

एथेन्स- जीवनयापनको बढ्दो लागत, विद्यार्थीका लागि सस्तो आवासको अभाव र