लिभरपुल दोस्रो स्थानमा उक्लियो  « Khabarhub

लिभरपुल दोस्रो स्थानमा उक्लियो 


३ माघ २०७८, सोमबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

काठमाडौँ – लिभरपुल इंग्लिस प्रिमियर लिगको दोस्रो स्थानमा उक्लिएको छ । लिभरपुलले घरेलु मैदान एनफिल्डमा ब्रेन्टफोर्डलाई ३-० ले पराजित गरेको हो । जितमा फाविन्हो, एलेक्स अक्सलेड चेम्बरलेन र ताकुमी मिनामिनोले १-१ गोल गरे ।

४४औँ मिनेटमा फाविन्होले सुरुआती गोल गरे । ६९औँ मिनेटमा एलेक्सले गोल गर्दा लिभरपुल २-० ले अघि बढ्यो । ७७औँ मिनेटमा ताकुमीले गोल गर्दा लिभरपुलले सहज जित पार्‍यो ।

जितपछि लिभरपुलको २१ खेलबाट ४५ अंक बनाउँदै दोस्रो स्थानमा उक्लिएको छ । एक स्थान तल झरेको चेल्सीको ४३ अंक छ । शीर्ष स्थानको सिटीको ५६ अंक छ । पराजित ब्रेन्टफोर्ड २३ अंक जोडेर १४औं स्थानमा छ ।

अर्को खेलमा ज्याक ह्यारिसनको ह्याट्रिकमा लिड्स युनाइटेडले वेस्ट ह्याम युनाइटेडलाई ३–२ ले पराजित गरेको छ ।

प्रकाशित मिति : ३ माघ २०७८, सोमबार  ७ : २६ बजे

नेपाल मेडिकल काउन्सिलको रजिस्ट्रारमा डा. सुप्रभात श्रेष्ठ

काठमाडौं– नेपाल मेडिकल काउन्सिल (एनएमसी)को रजिस्ट्रारमा डा. सुप्रभात श्रेष्ठ नियुक्त

तोलामा ३ हजार रुपैयाँले बढ्यो सुनको मूल्य, कतिमा भइरहेको छ कारोबार ?

काठमाडौं– स्थानीय बजारमा आज पनि सुनको मूल्य बढेको छ । नेपाल सुनचाँदी

मधेसका आठ जिल्ला शाखालाई सञ्चार सामग्री हस्तान्तरण

जनकपुरधाम– मधेस प्रदेश सरकारले प्रदेशका आठवटै जिल्लाका नेपाल पत्रकार महासङ्घ

सम्बन्धविच्छेदको चर्चाबीच गोविन्दा-सुनिताको सम्बन्धमा नयाँ ट्विस्ट, आखिर के भयो ?

बलिउडमा कलाकारको फिल्मी करियरसँगै उनीहरूको निजी जीवन सधैँ चर्चाको विषय

राष्ट्र बैंकद्वारा ८५ अर्ब रुपैयाँको निक्षेप संकलन गर्दै

काठमाडौं– नेपाल राष्ट्र बैंकको मौद्रिक व्यवस्थापन विभागले वित्तीय बजारबाट ८५