उत्तरले सोमबार अर्को आणविक परीक्षण गरेको दक्षिण कोरियाको दाबी « Khabarhub

उत्तरले सोमबार अर्को आणविक परीक्षण गरेको दक्षिण कोरियाको दाबी


३ माघ २०७८, सोमबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

काठमाडौँ – उत्तर कोरियाले फेरि क्षेप्यास्त्र प्रहार गरेको दक्षिण कोरियाको सेनाले दाबी गरेको छ ।

उत्तर कोरियाले अर्को आणविक हतियार परीक्षण गरेको दक्षिण कोरियाली सेनाले दाबी गरेको हो । दक्षिण कोरियाको भनाई पुष्टि भएमा सोमबारको परीक्षण पछिल्लो एक महिनामा उत्तर कोरियाको चौथो हतियार परीक्षण हुनेछ ।

सीउलको जोइन्ट चिफ अफ स्टाफले भनेको छ, ‘उत्तरले परीक्षण गरेको आणविक हतियार जापानाको पूर्वी सागरमा खसेको छ,।’ उत्तरले फेरि आणविक हतियार परीक्षण गरेको जापानको समुद्री सेनाले पनि पुष्टि गरेको छ । उत्तरले परीक्षण गरेको आणविक हतियार व्यालिस्टिक मिसाईल भएको कोस्ट गार्डका प्रवक्ताले बताएका छन् ।

उत्तरले सन् २०२२ को पहिलो एक महिनामा मात्र चार ओटाा आणविक हतियार परीक्षण गरेको छ । शुक्रबार मात्र उत्तर कोरियाले रेलबाट एउटा मिसाईल प्रहार गरेको थियो । त्यस्तै उसले ५ जनवरी र ११ जनवरीमा आवाजभन्दा चाँडो पुग्ने हाइपरसोनिक मिसाईल परीक्षण गरेको थियो ।

प्रकाशित मिति : ३ माघ २०७८, सोमबार  ८ : ३३ बजे

वाणिज्य विभागको बजार अनुगमन, एक फर्मलाई ५० हजार रुपैयाँ जरिवाना

काठमाडौं– वाणिज्य, आपूर्ति तथा उपभोक्ता संरक्षण विभागले एक फर्मलाई ५०

विश्वकप तयारी : पहिलो अभ्यास खेलमा श्रीलंकासँग नेपाल पराजित

काठमाडौं – आइसिसी टी-२० विश्वकप तयारीमा रहेको नेपाली राष्ट्रिय टिम

प्रतिनिधिसभा सदस्य निर्वाचन : सबैभन्दा बढी रुपन्देही र कम मुस्ताङमा उम्मेदवारी

काठमाडौं – आगामी फागुन २१ मा हुने प्रतिनिधिसभाको निर्वाचनका लागि

आजको मौसम : पश्चिमी वायुको आंशिक प्रभाव कायमै, तराईमा हुस्सुको पीडा उस्तै

काठमाडौं – हाल देशमा पश्चिमी वायुको आंशिक प्रभाव कायम छ।

भक्तपुरमा पुरानालाई नयाँको चुनौती : महेश बस्नेतसँग भिड्दै राजीव खत्री र दीपशिखा

भक्तपुर – आउँदो फागुन २१ गते हुने प्रतिनिधिसभाको निर्वाचनका लागि