यी हुन् ओमिक्रोनका ५ लक्षण, ओमिक्रोन भए के गर्ने ? « Khabarhub

यी हुन् ओमिक्रोनका ५ लक्षण, ओमिक्रोन भए के गर्ने ?


३ माघ २०७८, सोमबार  

पढ्न लाग्ने समय : 2 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

काठमाडौँ

यी ५ लक्षणहरु देखिए ओमिक्रोन

घाँटी दुख्ने/असहज हुने।

थकान महसुस हुने।

टाउको र शरीरका मांशपेशी दुख्ने।

हल्का शरीर तातिएको महसुस हुने।

नाकबाट पानी आउने/बन्द हुने।

माथि उल्लेखित लक्षणहरु सामान्यतया खोप लगाएकाहरुमा नै देखिएका थिए । यी बाहेक अघिल्लो भेरियन्टहरुमा देखिँदै आइरहेका उच्च ज्वरो, खोकी, श्वास प्रश्वासमा असहजता तथा स्वाद–गन्ध थाहा नपाउने जस्ता लक्षणहरु पनि नदेखिने भन्ने चाँही होइन । खोप लगाउनेहरुमा संक्रमण हुन् सक्ने भए पनि जटिल अवस्था आउने वा मृत्यु हुने जोखिमलाई घटाउने विभिन्न अध्ययन, अनुसन्धान र लेखकको अनुभवबाट देखिन्छ। तसर्थ खोप लगाउनमा सबैको अर्जुन दृष्टि हुनु अति जरुरी देखिन्छ ।

ओमिक्रोन भए के गर्ने ?

१. कडा रुघा वा जीउ दुख्ने–जाडो हुने भएमा तत्काल पीसीआर टेस्ट गर्ने । रोग थाहा पाउनु भनेको उपचारको बाटो क्लियर हुनु हो ।

२. पीसीआर पोजिटिभ देखिएमा डर नमान्ने–पटक्कै नआत्तिने । खोप लगाएका व्यक्तिमा सामान्य लक्षण देखिएर निको हुन्छ ।

३. बिभिन्न अनुसन्धानले देखाएका छन्, कोभिडमा घरेलु उपचार प्रभावकारी छ । बेसार, अदुवा, ज्वानो, मरिच, तुलसीका पात तथा कागती पानी पकाएर पटकपटक सेवन गर्ने । मनतातो पानी प्रशस्त मात्रामा पटकपटक पिउने ।

४. पोषिलो तथा विविध प्रकारका खाना खाने । जंक फुड नखाने । चिसो बाहेक अन्य खाना बार्नु पर्दैन ।

५. इम्युनो प्लस, इम्युन केयर, इम्युनोभिर लगायतका हर्बल औषधि (रोगप्रतिरोधात्मक क्षमता बढाउने) आयुर्वेद चिकित्सक वा स्वास्थ्यकर्मीको सल्लाहमा सेवन गर्ने ।

६. ज्वरो आएमा, टाउको दुखेमा, शरीर दुखेमा पारासिटामोल, खोकी लागेमा एलर्जीको ट्याब्लेट–कफ सिरप, नाक बन्द भएमा न्याजल ड्रप आदिको प्रयोग गर्ने । घाँटी दुखेमा गार्गल सोलुसनले पटकपटक कुल्ला गर्ने ।

७. घाम ताप्ने, हल्का ब्यायाम गर्ने, योग गर्ने, ध्यान गर्ने, भेन्टिलेसन पर्याप्त भएको ठाउँमा बस्ने तथा सकारात्मक सोच राख्ने ।

८. अक्सिमिटरले अक्सिजन नापिरहने ।

९. घाँटी धेरै दुखेमा, सामान्य उपचारले खोकी वा ज्वरो निको नभएमा चिकित्सकको सुझाब अनुसार एन्टिबायोटिक प्रयोग गर्ने ।

१०. अक्सिजनको स्तर घटेमा, सास फेर्न गाह्रो भएमा, खान खान नसकेमा तथा अन्य गाह्रो भएमा तुरुन्त अस्पतालमा जाने ।

(जनस्वास्थ्य विद डाक्टर रविन्द्र पाण्डे र डा. शेरबहादुर पुनसँग गरिएको कुराकानीमा आधारित )

प्रकाशित मिति : ३ माघ २०७८, सोमबार  ११ : १७ बजे

यात्रुवाहक बसको ठक्करबाट वरिष्ठ लेखा अधिकृतको मृत्यु

दाङ – लमहीमा यात्रु बसको ठक्करबाट एक जनाको मृत्यु भएको

एन्फाका अध्यक्ष नेम्वाङ र महासचिव राईविरूद्ध पक्राउ पुर्जी जारी

काठमाडौँ । अखिल नेपाल फुटबल संघ (एन्फा)का अध्यक्ष पंकजविक्रम नेम्वाङ

बाँकेमा देखिन थाल्यो डेंगु

नेपालगञ्ज- जिल्लामा डेंगुको संक्रमण देखिन थालेको छ। स्वास्थ्य कार्यालय बाँकेले

बाँकेमा डेङ्गुको सङ्क्रमण देखिन थाल्यो

बाँके – जिल्लामा डेङ्गुको सङ्क्रमण देखिन थालेको छ । स्वास्थ्य

कानुनविपरित भीभीआईपी र भीआईपीको सुरक्षामा खटिएका सुरक्षाकर्मीलाई फिर्ता गर्न निर्देशन

काठमाडौँ । गृह मन्त्रालयले कार्यविधिविपरित अति विशिष्ट (भीभीआईपी) र विशिष्ट