लमजुङको बालकल्याण माविमा भूकम्प मापन यन्त्र जडान « Khabarhub

लमजुङको बालकल्याण माविमा भूकम्प मापन यन्त्र जडान


३ माघ २०७८, सोमबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

लमजुङ– लमजुङको बेसीशहर नगरपालिका-२ भकुण्डेमा रहेको बालकल्याण माविमा भूकम्प मापन यन्त्र (सिस्मोमिटर) जडान गरिएको छ ।

यससँगै बालकल्याण सिस्मोमिटर जडान गर्ने जिल्लाको पहिलो विद्यालय बनेको छ । स्विजरल्याण्डको युनिभर्सिटी अफ लोजानको सहयोगमा नेपालका विभिन्न २३ विद्यालयमा यो यन्त्र जडान गर्ने अभियान रहेकोमा उक्त विद्यालय पनि छनोट भएको हो ।

उक्त यन्त्रले एक म्याग्निच्युड भन्दा माथिका सबै भूकम्प मापन गरी त्यसको विवरण सुरक्षित राख्नेछ ।

स्विजरल्याण्डको लुजान विश्व विद्यालयमा नेपालमा भूकम्पको जोखिम विषयमा विद्यावारिधि गरिरहेका नेपाली वैज्ञानिक शिव सुवेदीको पहलमा विद्यालयमा सिस्मोमिटर जडान गरिएको विद्यालयका प्रधानाध्यापक तीर्थराज न्यौपानेले बताए । नेपालका २३ विद्यालयमा यस्ता उपकरण जडान गरिने उनले बताए ।

प्रकाशित मिति : ३ माघ २०७८, सोमबार  ५ : ३९ बजे

३६ देखि ५० वर्षसम्मका उम्मेदवारको संख्या धेरै

काठमाडौँ- आउँदो फागुन २१ गते हुने चुनावका लागि कास्कीको ३

कास्कीमा ४९ जनाको उम्मेदवारी दर्ता

कास्की- आउँदो फागुन २१ गते हुने चुनावका लागि कास्कीको ३

एमालेले भन्यो : झन्डै ५५ प्रतिशत नयाँ उम्मेदवार

काठमाडौं- नेकपा (एमाले)ले प्रतिनिधिसभा निर्वाचनमा ५४.५४ प्रतिशत नयाँ अनुहार अघि

देशभर ३४ सय ८४ उमेदवारको मनोनयन दर्ता, ११८७ स्वतन्त्र

काठमाडौं- प्रतिनिधिसभा सदस्य निर्वाचनका निम्ति मंगलबार देशभर मनोनयन दर्ता गरियो

एमालेले उठायो १६५ क्षेत्रमै उम्मेदवार (सूचीसहित)

काठमाडौँ– नेकपा एमालेले यसपटकको निर्वाचनका लागि १६५ वटै निर्वाचन क्षेत्रमा