विश्वभर कोरोना जित्नेको संख्या ३४ करोड नाघ्यो | Khabarhub Khabarhub

विश्वभर कोरोना जित्नेको संख्या ३४ करोड नाघ्यो


५ फाल्गुन २०७८, बिहीबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

काठमाडौं – विश्वभर कोरोना भाइरसको संक्रमण निको हुनेको संख्या ३४ करोड नाघेको छ।

पछिल्लो २४ घण्टामा २५ लाख २४ हजार निको भएसँगै कोरोना जित्नेको संख्या ३४ करोड ११ लाख पुगेको हो। पछिल्लो समय संक्रमण हुने भन्दा निको हुनेको दर बढ्दै गएको कोरोनाको तथ्याङ्क अद्यावधिक गर्दै आएको वल्डोमिटरले जनाएको छ।

२४ घण्टामा २० लाख ४४ हजार नयाँ संक्रमित थपिएसँगै विश्वभर कोरोना संक्रमण पुष्टि हुनेको संख्या ४१ करोड ७८ लाखभन्दा धेरै भएको छ। यो अवधिमा १० हजारभन्दा धेरै संक्रमितको मृत्यु भएको छ। योसँगै कोरोनाले ज्यान गुमाउनेको संख्या ५८ लाख ६६ हजारभन्दा धेरै पुगेको छ।

वल्डोमिटरका अनुसार योसँगै विश्वभर सक्रिय संक्रमितको संख्या ७ करोडमा झरेको छ। अझै पनि ७ करोड ८ लाख सक्रिय संक्रमित रहेकामा ८४ हजारको अवस्था जटिल रहेको र बाँकीको अवस्था सामान्य रहेको वल्डोमिटरले उल्लेख गरेको छ।

नेपालको अवस्था के छ ?
नेपालमा पछिल्लो २४ घण्टामा ६३९ जनामा कोरोना संक्रमण थपिएको छ।

९ हजार ७५६ जनाको स्वास्थ्य परीक्षण गर्दा ६३९ जनामा संक्रमण पुष्टि भएको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले जनाएको छ।

बुधबार ६ हजार ७८२ जनाको पीसीआर र २ हजार ९७४ जनाको एन्टिजेन परीक्षण गरिएको थियो। पीसीआर परीक्षणबाट ५४८ र एन्टिजेन परीक्षणबाट १८५ जनामा कोरोना संक्रमण पुष्टि भएको मन्त्रालयले जनाएको छ।

सोही अवधिमा १ हजार ६०० जनाले कोरोनालाई जितेका छन्।

बुधबार थप ३ जनाको मृत्यु भएको छ। योसँगै नेपालमा कोरोनाबाट ज्यान गुमाउनेको संख्या ११ हजार ९०५ पुगेको छ। अहिले देशभर १८ हजार २५१ जना सक्रिय संक्रमित रहेका छन्।

प्रकाशित मिति : ५ फाल्गुन २०७८, बिहीबार  ५ : ५५ बजे

ह*त्या गरेको अभियोगमा पक्राउ

ललितपुर- श्रीमतीको हत्या गरेको अभियोगमा ललितपुरबाट श्रीमान् पक्राउ परेका छन्

रविको पक्षमा २८ लाख हस्ताक्षर सङ्‍कलन, ठूला दलले चाँडै नतिजा भोग्ने स्वर्णिमको चुनौती

काठमाडौं– राष्ट्रिय स्वतन्त्र पार्टीका उपसभापति डा. स्वर्णिम वाग्लेले भ्रष्टहरूको फाइल

राजेन्द्र गौतमले भने- विद्याको राजनीतिमा पुनरागमन एमालेका लागि अस्वीकार्य

भक्तपुर– नेपाल कम्युनिष्ट पार्टी (एमाले) का प्रचार विभाग प्रमुख राजेन्द्र

बालकुमारीमा ट्रकको ठक्करबाट पैदलयात्रीको मृत्यु

काठमाडौं– ललितपुरको बालकुमारीमा शनिबार भएको सवारी दुर्घटनामा एक जनाको मृत्यु

आपराधिक लाभसम्बन्धी कसूरमा फरार पक्राउ

काठमाडौं- ठगी, आपराधिक विश्वासघात तथा आपराधिक लाभसम्बन्धी कसूर मुद्दाका फरार