विश्वभर कोरोना जित्नेको संख्या ३४ करोड नाघ्यो « Khabarhub

विश्वभर कोरोना जित्नेको संख्या ३४ करोड नाघ्यो


५ फाल्गुन २०७८, बिहीबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

काठमाडौं – विश्वभर कोरोना भाइरसको संक्रमण निको हुनेको संख्या ३४ करोड नाघेको छ।

पछिल्लो २४ घण्टामा २५ लाख २४ हजार निको भएसँगै कोरोना जित्नेको संख्या ३४ करोड ११ लाख पुगेको हो। पछिल्लो समय संक्रमण हुने भन्दा निको हुनेको दर बढ्दै गएको कोरोनाको तथ्याङ्क अद्यावधिक गर्दै आएको वल्डोमिटरले जनाएको छ।

२४ घण्टामा २० लाख ४४ हजार नयाँ संक्रमित थपिएसँगै विश्वभर कोरोना संक्रमण पुष्टि हुनेको संख्या ४१ करोड ७८ लाखभन्दा धेरै भएको छ। यो अवधिमा १० हजारभन्दा धेरै संक्रमितको मृत्यु भएको छ। योसँगै कोरोनाले ज्यान गुमाउनेको संख्या ५८ लाख ६६ हजारभन्दा धेरै पुगेको छ।

वल्डोमिटरका अनुसार योसँगै विश्वभर सक्रिय संक्रमितको संख्या ७ करोडमा झरेको छ। अझै पनि ७ करोड ८ लाख सक्रिय संक्रमित रहेकामा ८४ हजारको अवस्था जटिल रहेको र बाँकीको अवस्था सामान्य रहेको वल्डोमिटरले उल्लेख गरेको छ।

नेपालको अवस्था के छ ?
नेपालमा पछिल्लो २४ घण्टामा ६३९ जनामा कोरोना संक्रमण थपिएको छ।

९ हजार ७५६ जनाको स्वास्थ्य परीक्षण गर्दा ६३९ जनामा संक्रमण पुष्टि भएको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले जनाएको छ।

बुधबार ६ हजार ७८२ जनाको पीसीआर र २ हजार ९७४ जनाको एन्टिजेन परीक्षण गरिएको थियो। पीसीआर परीक्षणबाट ५४८ र एन्टिजेन परीक्षणबाट १८५ जनामा कोरोना संक्रमण पुष्टि भएको मन्त्रालयले जनाएको छ।

सोही अवधिमा १ हजार ६०० जनाले कोरोनालाई जितेका छन्।

बुधबार थप ३ जनाको मृत्यु भएको छ। योसँगै नेपालमा कोरोनाबाट ज्यान गुमाउनेको संख्या ११ हजार ९०५ पुगेको छ। अहिले देशभर १८ हजार २५१ जना सक्रिय संक्रमित रहेका छन्।

प्रकाशित मिति : ५ फाल्गुन २०७८, बिहीबार  ५ : ५५ बजे

विश्वकप लिग-२ खेल्ने नेपाली टोलीको बिदाइ (तस्बिरहरू)

काठमाडौं- नेदरल्यान्ड्समा आयोजना हुने आईसीसी विश्वकप क्रिकेट लिग-२ को त्रिकोणात्मक

पत्रकार महासङ्घलाई सञ्चारमन्त्रीको आग्रह- नाजायज र गैरकानुनी कुरा बोकेर मन्त्रालयमा नआउनुहोला

ललितपुर– सूचना तथा सञ्चारमन्त्री डा विक्रम तिमिल्सिनाले सञ्चार क्षेत्रका समस्या

घरेलु तथा साना उद्योग महासङ्घको २६औँ महाधिवेशन प्रारम्भ

काठमाडौं– लघु, घरेलु तथा साना उद्यमीहरूको छाता सङ्गठन नेपाल घरेलु

सीमा बन्द र मध्यपूर्व तनावले अफगानिस्तानको अटो व्यापार प्रभावित

स्पिन बोल्दाक- अफगानिस्तानको दक्षिणी सीमावर्ती व्यापारिक केन्द्रस्पिन बोल्दाकमा गाडीका पार्टपुर्जा आयात–व्यापार

वैदेशिक रोजगारीमा पठाइदिन्छु भन्दै ३९ लाख रुपैयाँ ठगी गरेको आरोपमा दुईजना पक्राउ

काठमाडौं– वैदेशिक रोजगारीमा आकर्षक तलबको प्रलोभनमा पारेर ३९ लाख रुपैयाँ