पेट्रोलियम पदार्थको मूल्य बढाउने निगमको तयारी  « Khabarhub

पेट्रोलियम पदार्थको मूल्य बढाउने निगमको तयारी 


५ फाल्गुन २०७८, बिहीबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

काठमाडौँ – नेपाल आयल निगमले फेरि पेट्रोलियम पदार्थको मूल्य बढाउने तयारी गरेको छ ।

अन्तर्राष्ट्रिय बजारमा पेट्रोलियम पदार्थको मूल्य बढेर आएको भन्दै निगमले फेरि मूल्य बढाउने तयारी गरेको हो ।

निगमका अनुसार इन्डियन आयल कर्पोरेशनले पठाएको नयाँ मूल्य सूचीमा पेट्रोल ५ रुपैयाँ ६१ पैसा, डिजेल ५ रुपैयाँ ६२ पैसा र हवाई इन्धन ४ रुपैयाँ ९५ पैसाले बढेको छ । नयाँ मूल्य अनुसार निगमलाई आगामी १५ दिनमा करिब २ अर्ब ४१ करोड घाटा हुने स्थिति देखिएकाले भाउ बढाउने तयारी गरिएको निगमले जनाएको छ।

कच्चा तेलको मूल्य झन्डै अमेरिकी डलर ९० देखि ९६ प्रति व्यारेल पुगिसकेको अवस्थामा नेपालमा घाटा सहेर तेल बेच्न नसकिने निगमका अधिकारीहरूको भनाइ छ । केही दिनपछि माथिको अनुमति लिएर तेलको मूल्य बढाइने निगमका प्रवक्ता विनितमणी उपाध्यायले खबरहबलाई बताएका छन् । उनकाअनुसार निगमलाई दैनिक १६ करोडभन्दा धेरै घाटा भइरहेको छ।

प्रकाशित मिति : ५ फाल्गुन २०७८, बिहीबार  ९ : ४६ बजे

बालेनलाई सचिनको जवाफ : ‘धन्न कांग्रेसले लोकतन्त्र स्थापना गरेछ, टिप्पणी गर्न पाएका छन्’

काठमाडाैं – नेपाली कांग्रेसका युवा नेता सचिन तिमिल्सिनाले प्रधानमन्त्री बालेन्द्र

यस्तो छ कांग्रेसको निर्वाचन कार्यक्रम, मनोनयन दर्ता मंगलबार

काठमाडौं । नेपाली कांग्रेसले निर्वाचन कार्यक्रम सार्वजनिक गरेको छ  ।

गगनको अभिव्यक्तिपछि बालेनले भने : ‘धन्न खुलामञ्च राम्रो बनाइएछ’

काठमाडाैं – प्रधानमन्त्री बालेन्द्र शाह (बालेन)ले नेपाली कांग्रेसको १५औँ महाधिवेशन

तनहुँ जलविद्युत् आयोजनाको प्रसारण लाइन निर्माणले गति लिँदै

तनहुँ- तनहुँको ऋषिङ गाउँपालिका-१ मा निर्माणाधीन १४० मेगावाट क्षमताको तनहुँ

दसैँअघि यातायात सञ्चालनयोग्य सडक बनाउन विपद् व्यवस्थापन समितिको निर्देशन

खोटाङ – जिल्ला विपद् व्यववस्थापन समिति खोटाङले दसैँअघि जिल्लाका सबै