बास्केटबलको क्वाटरफाइनलमा पुग्यो आर्मी | Khabarhub Khabarhub

बास्केटबलको क्वाटरफाइनलमा पुग्यो आर्मी


५ फाल्गुन २०७८, बिहीबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

काठमाडौँ – विभागीय टोली नेपाल आर्मी लामा टेन्डी शेर्पा स्मृति खुला बास्केटबल प्रतियोगिताको पुरुष तर्फ क्वाटरफाइनलमा प्रवेश गरेको छ। एक खेल जित्दै आर्मी क्वाटरफाइनलमा पुग्न सफल भएको हो ।

समूह ‘बी’ को लिग खेलमा आर्मीले शंकरदेव क्याम्पसलाई ११३-५६ ले पराजित गर्‍यो । आर्मीका सौरव श्रेष्ठ र शंकरदेवका राजेश ठकुरीले समान १८ अंक जोडे । आर्मीको जितसंगै यो समूहमा रहेको अर्को टोली ड्रिम टिम पनि क्वाटरफाइनल पुगेको छ । ३ टिम रहेको समूह ‘बी’ मा यसअघि ड्रिमले शंकरदेवलाई हराएको थियो । आर्मी र शंकरदेवबीचको खेलले समूह विजेताको टुंगो लगाउने छ ।

सुरुवातमा २७-१० को अग्रता लिएको आर्मी दोस्रोमा २६–६ ले अगाडि रह्यो । आर्मीले अग्रतालाई कायम राख्दै तेस्रो र चौथोमा समान ३०-२० अंक जोड्यो ।

त्रिपुरेश्वरस्थित राष्ट्रिय खेलकुद परिषद्को कभर्डहलमा भएको पुरुषकै अर्को प्रतिस्पर्धामा कीर्तिपुरले एचआइके भिजनलाई ७८-५९ ले हराउँदै लगातार दोस्रो जित दर्ता गर्‍यो । प्रतियोगिताको उद्घाटन खेलमा कीर्तिपुरले बीएमकेलाई हराएको थियो । कीर्तिपुरका लागि सुरज खड्गीले १७ स्कोर गर्दा एचआईकेका विजय लामाले १६ अंक बटुले ।

पहिलो क्वाटरमा २५-१३ ले अघि बढेको कीर्तिपुर दोस्रोमा ९-२० ले पछि रहँदा खेल ३३-३३ को बराबरी अवस्थामा पुगेको थियो । कीर्तिपुरले तेस्राेमा १९ र चौथोमा २५ अंक जोड्दा एचआईकेले दुवैमा समान १३ स्कोर गर्‍यो ।

नेपाल बास्केटबल संघको आयोजनामा भइरहेको प्रतियोगिताको महिला राउन्ड रोविन लिगमा ललितपुर हाइले कीर्तिपुरमाथि ९३-२८ को सहज जित निकाल्यो । ललितपुरकी एलिना गुरुङले १५ तथा कीर्तिपुरकी झरना वज्राचार्यले १८ स्कोर गरे ।

ललितपुर चारै क्वाटरमा हावी रह्यो । कीर्तिपुरले कुनैपनि क्वाटरमा दोहोरो अंकको स्कोर छुन सकेन । ललितपुरले ३०–९, १८–९, २१–६ र २४–४ अंक जोड्दै सहज जित निकाल्यो ।

प्रकाशित मिति : ५ फाल्गुन २०७८, बिहीबार  १० : २८ बजे

त्रिभुवन विश्वविद्यालयको पढाइ छठसम्म बन्द

काठमाडौं – त्रिभुवन विश्वविद्यालयले कात्तिक ११ गतेसम्म विश्वविद्यालयको सम्पूर्ण पठनपाठन

कास्की र म्याग्दी कारागारबाट भागेका कैदी पक्राउ

बागलुङ– जिल्ला कारागार कास्की र जिल्ला कारागार म्याग्दीबाट भागेका ४

एसिया कप: यूएईमाथि भारतले निकाल्यो ४.३ ओभरमै सानदार जित

काठमाडौं – एसिया कपमा भारतले विजयी सुरुवात गरेको छ। दुबई

सवारी दुर्घटनामा एकजनाको मृत्यु

झापा– झापामा सवारी दुर्घटनामा परी एक वृद्धको मृत्यु भएको छ

नख्खु कारागारबाट भागेका कैदी धादिङबाट पक्राउ

धादिङ – बिहीबार ललितपुरस्थित नख्खु कारागारबाट भागेका तीन जनालाई धादिङको