सबै वडामा मेलमिलाप केन्द्र « Khabarhub

सबै वडामा मेलमिलाप केन्द्र


५ फाल्गुन २०७८, बिहीबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

भादगाउँ–चाँगुनारायण नगरपालिकाका सबै वडामा मेलमिलाप केन्द्र स्थापना गरिएको छ । वडास्तरमा हुने विवाद वडास्तरमा समाधान गर्ने उद्देश्यले नगरपालिकाले मेलमिलाप केन्द्र बनाएको हो । यसले नगरपालिकालाई विवादरहित बनाउन र असल समाज निर्माण गर्न सहज हुने विश्वास लिइएको छ ।

न्यायिक समितिका संयोजक एवं नगर उपप्रमुख बीना बास्तोलाले भनिन् ,‘वडामा हुने विभिन्न खाले सामाजिक र विकास निर्माणका विवादलाई वडास्तरमा नै मेलमिलापको माध्यमद्वारा निरुपण गर्ने उद्देश्यले केन्द्रको स्थापना गरिएको हो ।’

नगरपालिकाले केन्द्रलाई सञ्चालन गर्न वडागतरुपमै मेलमिलाप सहजकर्तासमेत छनोट गरी आवश्यक तालिमसमेत प्रदान गरिसकेको छ । नगरपालिकाले ३७ मेलमिलापकर्तालाई मेलमिलापसम्बन्धी ४८ घण्टे आधारभूत तालिम प्रदान गरेको हो ।

केन्द्रले नगरपालिकाको न्यायिक समितिमा आउने निवेदनको पक्ष र विपक्ष दुवैको रोहवरमा मेलमिलाप सहजकर्ताले आवश्यक छलफल गरी मेलमिलापका माध्यमबाट समस्याको समाधान गरिने उपप्रमुख बास्तोलाले जानकारी दिए ।

‘कानूनबमोजिम मिलापत्र हुनसक्ने मुद्दाका सम्बन्धित पक्ष र विपक्षले आफैँले रोजेका मेलमिलापकर्ताको सहयोगमा विवादको सही, सरल र दिगो समाधान मेलमिलाप केन्द्रले गर्नेछ’, उनले भने, ‘यसले पक्षबीच समझदारी, सामाजिक भावनाको विकास हुनाका साथै दुवै पक्षले जितेको अनुभूति हुनेछ ।’

प्रकाशित मिति : ५ फाल्गुन २०७८, बिहीबार  १ : ३० बजे

आफ्नै आन्दोलनको बलमा बनेको सरकारमाथि खनिन थाले जेन-जी

काठमाडौं- जेन–जीहरूको म्यान्डेटबाट बनेको सुशीला कार्की नेतृत्वको सरकारले सय दिने

दीपकले ‘परान’बाट तोडे यी निर्देशकको रेकर्ड

काठमाडौं – टेलिसिरियल ‘सक्किगोनी’ टिमले बनाएको फिल्म ‘लाज शरणम्’बाटै दीपक

क्रेमलिनद्वारा त्रिपक्षीय वार्ताको सम्भावना अस्वीकार

मस्को- युक्रेनमा जारी द्वन्द्व अन्त्य गर्ने उद्देश्यले कूटनीतिज्ञहरू अमेरिकाको मियामी

‘एनएफपिजे’ द्वारा पाँच विधाका फोटो पत्रकार सम्मानित

काठमाडौं– राष्ट्रिय फोटो पत्रकार समूह नेपाल (एनएफपिजे)ले आफ्नो २८औँ वार्षिक