बम आतंक मच्चाउने ९ जना पक्राउ « Khabarhub

बम आतंक मच्चाउने ९ जना पक्राउ


५ फाल्गुन २०७८, बिहीबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

झापा– सार्वजनिक स्थानमा बम राखेर आतंक फैलाउँदै आएका ९ जनालाई प्रहरीले पक्राउ गरेको छ । झापाको दमक र बिर्तामोडको सार्वजनिक स्थानमा प्रेसर कुकर बम राखेर आतंक फैलाउनेलाई पक्राउ गरी बिहीबार प्रहरीले सार्वजनिक गरेको हो ।

पक्राउ पर्नेमा मन्दिरका पुजारीदेखि लागूऔषध मुद्दामा फरार रहेकासमेत रहेको प्रहरीले जनाएको छ ।

पक्राउ पर्नेमा गौरादह–२ का ३८ वर्षीय सुमनकुमार कार्की, कनकाई–३ का ४१ वर्षीय भीष्म थापा, दमक–९ की ५० वर्षीया देवी बाँस्कोटा गुरागाईं, कनकाई–३ का ५८ वर्षीय कुमार भनिने यमदत्त सिटौला, शिवसताक्षी–१ का ३२ वर्षीय सरुण लिम्बू भनिने दिलकुमार सामेखाम, संखुवासभा खाँदवारी–१० घर भई मोरङ सुन्दर हरैचा बस्ने २९ वर्षीय मनोमहन दाहाल, गौरीगञ्ज–३ का ३२ वर्षीय आनन्द भनिने अनन्तप्रसाद गिरी, गौरादह–५ का ३३ वर्षीय प्रदीप थापा, गौरीगञ्ज–३ का ४५ वर्षीय विजयकुमार दास हलुवाई रहेको जिल्ला प्रहरी कार्यालय झापाका प्रवक्ता वसन्त पाठकले जानकारी दिए ।

पक्राउ परेकामध्ये सुमनकुमार कार्की मुख्य अभियुक्त हुन् । उनी विगतमा वैदेशिक रोजगारीसम्बन्धी ठगी मुद्दामा दुई वर्ष जेल सजाय काटेका थिए । लागूऔषध मुद्दामा जिल्ला अदालत झापाबाट पक्राउ पुर्जी जारी भई फरार अभियुक्तको सूचीमा छन् । ‘हिमाल सुरक्षा’ परिषद्को नाममा विभिन्न ठाउँमा बम राखेर चन्दाका लागि आतंक फैलाउँदै आएको जिल्ला प्रहरी कार्यालय झापाका प्रमुख प्रहरी उपरीक्षक विश्वमणि पोखरेलले जानकारी दिए ।

कार्की भारतमा बसेर आर्थिक संकलन गर्दै आपराधिक गतिविधि गर्ने गरेको प्रहरीले जनाएको छ । उनको साथबाट हिमाल सुरक्षा परिषद्को पर्चा, पम्प्लेट, स्ट्याम्प, चन्दा माग्ने गरेको सिमकार्ड, आर्थिक संकलनका लागि लेखिएको पत्रसमेत फेला परेको प्रहरीले जनाएको छ ।

त्यस्तै, पक्राउ परेका सिटौला कनकाई–४ स्थित कोटीहोमका पुजारी हुन् । उनले ग्रेटर नेपाल माग राखी प्रेसर कुकर राखेको अभियोगमा पक्राउ परेका एक व्यक्तिसँग मिली कुटीमा हिन्दू राज्य, राजतन्त्र पुनस्र्थापनाको माग राखी पटकपटक बैठक बसेको प्रहरीले आरोप लगाएको छ । उनले भीष्म थापालाई मोटरसाइकल किनिदिने प्रलोभन देखाएर बम राख्न लगाएको प्रहरीको आरोप छ । थापा ट्युबेल गाड्ने मजदुर हुन् ।

प्रकाशित मिति : ५ फाल्गुन २०७८, बिहीबार  ५ : ४५ बजे

विश्वकप : अमेरिका र बेल्जियमको खेलको टिकटदर ३० प्रतिशत घट्यो

काठमाडौँ – सन् २०२६ विश्वकप फुटबल अन्तर्गत सोमबार अमेरिका र

इरानी नेता खामेनीको अन्त्येष्टिमा जनसागर

तेहरान – अमेरिकी र इजरायली संयुक्त हवाई आक्रमणमा मारिएका इरानका

हात्ती धपाउन खोज्दा घरमा आगलागी : आमा छोराको मृत्यु

चितवन – चितवनमा जंगली हात्तीको आक्रमण र आगलागीबाट आमा–छोराको मृत्यु

सर्लाहीमा अत्यधिक गर्मीले सर्पको बिगबिगी

सर्लाही– सर्लाहीमा अत्यधिक गर्मी बढेपछि सर्पको बिगबिगी भएको छ ।

बेलायतको क्याम्ब्रिजमा नेपाली काव्य यात्रा सम्पन्न

लन्डन– बेलायतको क्याम्ब्रिज सहरमा नेपाली काव्य यात्रा सम्पन्न भएको छ