एरो थाईको विमान गौतमबुद्ध विमानस्थलमा « Khabarhub

एरो थाईको विमान गौतमबुद्ध विमानस्थलमा


५ फाल्गुन २०७८, बिहीबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

काठमाडौँ– क्यालिब्रेसन फ्लाइटका लागि एरो थाईको विमान बिहीबार साँझ गौतमबुद्ध अन्तर्राष्ट्रिय विमानस्थलमा आइपुगेको छ ।

थाइल्याण्डबाट सिँधै काठमाडौँको त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा बिहीबार बिहान आइपुगेको विमान बेलुकी ५ बजे गौतमबुद्ध विमानस्थलमा अवतरण भएको हो ।

पाइलट, कोपाइलट, प्राविधिकसहित सात जनाको टोली आएको विमानस्थलका महाप्रबन्धक गोविन्दप्रसाद दाहालले जानकारी दिए । विमानले शुक्रबारदेखि क्यालिब्रेशन फ्लाइट गर्ने छ ।

विमानस्थलमा जडान भएका उपकरणले काम गरे नगरेको जाँच गर्नका लागि क्यालिब्रेशन फ्लाइट गर्ने गरिन्छ ।

क्यालिब्रेशन फ्लाइट फागुन १५ गतेसम्म चल्ने विमानस्थल आयोजनाले जनाएको छ । त्यसपछि परीक्षण उडान हुनेछ । उडानको जिम्मेवारी एरोनटिकल रेडियो अफ थाइल्याण्ड (एरो थाई) ले पाएको थियो ।

एरो थाईको विमान थाइल्याण्डबाट सिँधै भैरहवा अवतरण गर्ने तयारी भए पनि अध्यागमनको व्यवस्था नभएकाले काठमाडौं अवतरण गरी भैरहवा ल्याइएको हो ।

क्यालिब्रेशन फ्लाइट हुने भएपछि अन्य नियमित उडान भने नियमित समयभन्दा केही ढिला हुने विमानस्थलका महाप्रबन्धक दाहालले बताए । विमानस्थलको भौतिक निर्माण तथा उपकरण जडानसम्बन्धी कार्य सम्पन्न भइसकेको छ । अब एनएभी, एआइडिएस लगायत विभिन्न प्रविधि जडानको काम हुने उल्लेख गरिएको छ ।

जसले गर्दा फागुन ६ गतेदेखि १५ गतेसम्म उडान तथा अवतरण समय ढिलो हुनसक्ने भएको हो । १० दिनसम्म क्यालिब्रेशन फ्लाइट भइसकेपछि नेपाल वायुसेवा निगमको विमानबाट परीक्षण उडान गरिने छ । परीक्षण उडानपछि व्यावसायिक उडानको तयारी गरिने छ ।

नेपाल नागरिक उड्डयन प्राधिकरणले बिहीबार नै व्यावसायिक उडानको मितिसमेत तय गरेको छ । प्राधिकरणका प्रवक्ता देवचन्दलाल कर्णका अनुसार आगामी बुद्ध जयन्ती अर्थात् जेठ २ गतेदेखि व्यावसायिक उडान सुरु गरिने छ । व्यावसायिक उडानका लागि एक समिति समेत गठन गरिएको छ । समितिले व्यावसायिक उडानको समय तय गर्ने कर्णले बताए ।

त्रिभुवन विमानस्थलको विकल्पमा रहेको यो विमानस्थलको लम्बाई तीन हजार मिटर र चौडाइ ६० मिटर रहेको छ ।

प्रकाशित मिति : ५ फाल्गुन २०७८, बिहीबार  ६ : ४२ बजे

राजनीतिक प्रतिशोध साँध्ने अखडा नबनोस् संसद्

नेपालको संसदीय इतिहासमा २०८२ को निर्वाचन एउटा कोशेढुङ्गा सावित भयो

स्वकीय सचिव राख्ने व्यवस्थाविरुद्ध साम्पाङ : ‘५ वर्षमा ५० करोड आर्थिक भार थोपरिन्छ’

काठमाडौँ – श्रम संस्कृति पार्टीका अध्यक्ष एवं प्रतिनिधिसभा सदस्य हर्कराज

इजरायल र लेबनानबीच तीन दशकपछि प्रत्यक्ष वार्ता, हिजबुल्लाह असन्तुष्ट

काठमाडौँ – इजरायल र लेबनानबीच तीन दशकयताकै पहिलो पटक उच्चस्तरीय

मधेशमा जुडशीतल पर्वको दोस्रो दिन : मान्यजनबाट शिरमा जलसेचन लिइँदै

महोत्तरी– मधेश प्रदेशमा मनाइने जुडशीतल पर्वको दोस्रो दिन आज मान्यजनबाट

२०८२ मा मुद्दती निक्षेपतर्फ ३४ प्रतिशतसम्मले घट्यो ब्याजदर, कुन बैंकको कति घट्यो ?

काठमाडौं– २०८२ सालमा बैंकिङ क्षेत्रको निक्षेपमा निक्षेपकर्ताले पाउने ब्याजमा ठूलो