नेप्सेमा झिनो अङ्कको गिरावट | Khabarhub Khabarhub

नेप्सेमा झिनो अङ्कको गिरावट


५ फाल्गुन २०७८, बिहीबार  

पढ्न लाग्ने समय : 2 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

काठमाडौँ– धितोपत्र बजारमा शेयर कारोबार मापक नेप्से परिसूचक आज पनि झिनो अङ्कले ओरालो लागेको छ । शेयर कारोबार हुने साताको अन्तिम दिन बिहीबार नेप्से परिसूचक १.९४ अङ्कले ओरालो लागेर दुई हजार ७३२.५१ मा ओर्लेको छ ।

ठूला कम्पनीको शेयर कारोबार मापन गर्ने सेन्सेटिभ परिसूचक ०.०२ अङ्कले घटेर ५१८.६४ मा ओर्लेको छ । नेप्सेको ओरालो यात्रासँगै कारोबार रकम पनि घटेको छ । कूल २२७ कम्पनीको ४० लाख १७ हजार ४२९ कित्ता शेयर रु दुई अर्ब २७ करोड ८१ लाख ७३ हजार ६६० मूल्यमा कारोबार भयो ।

नेप्सेका अनुसार कारोबार भएका कूल १३ उपसमूहमध्ये आज पाँच उपसमूहको शेयर मूल्यमा वृद्धि भएको छ भने आठ उपसमूहको शेयर ओरालो लागेको छ । व्यापार १२.३३, जलविद्यत् २.५९, उत्पादन ०.११, अन्य ५.१२, सामूहिक लगानी कोष ०.०२ अङ्कले उकालो लागेको छ ।

बैंकिङ ०.०७, होटल तथा पर्यटन ९.७, विकास बैंक २०.३, वित्त १०.६३, निर्जीवन बीमा ६.२, लघुवित्त ४.४७, जीवन बीमा ५४.६१, लगानी ०.३४ अङ्कले ओरालो लागेको छ ।

कारोबारका आधारमा जीवन विकास लघुवित्त शीर्ष स्थानमा छ । सो कम्पनीको रु २२ करोड ३७ लाख ३६ हजार १९७ बराबरको कारोबार भयो ।

हिमालयन डिस्टिलरी रु १२ करोड २० लाख १४ हजार २४५, नेपाल दूरसञ्चार कम्पनी रु १० करोड दुई लाख ७५ हजार ७६२, अरुण भ्याली हाइड्रोपावर रु आठ करोड छ हजार २१० र नेशनल हाइड्रो पावरको रु सात करोड ४८ लाख ८३ हजार ५१० बराबरको कारोबार भई शीर्ष पाँच भित्र पर्न सफल भए ।

नेप्सेका अनुसार आजको कारोबारपछि बजार पूँजीकरण रु ३८ खर्ब ७० अर्ब २९ करोड ४९ लाख १७ हजार ५५८ बराबर पुगेको छ ।

कारोबारका आधारमा तेह्रथुम पावर कम्पनी ६.४७, युनाइटेड इदी मर्दी हाइड्रोपावर ६.३२, सामलिङ पावर कम्पनी ४.१३, जीवन विकास लघुवित्त ३.५३ र मैलुङ खोला जलविद्युत् कम्पनीका शेयरधनीले ३.४७ प्रतिशतले कमाए ।

बुद्धभूमि नेपाल हाइड्रोपावर ४.०२, एनआइसि एशिया ऋणपत्र ३.९०, ग्रीनलाइफ हाइड्रोपावर ३.३९, नेरुडे लघुवित्त विकास बैंक २.२९ र सिभिल लघुवित्तका लगानीकर्ताले २.२७ प्रतिशतले गुमाएका छन् ।

प्रकाशित मिति : ५ फाल्गुन २०७८, बिहीबार  ६ : ३९ बजे

जेन-जीबाटै प्रधानमन्त्री भइहाल्नुस् : रेशम चौधरी

काठमाडौं– जेन-जीबाटै प्रधानमन्त्री बनाउनका लागि नागरिक उन्मुक्ति पार्टीका संरक्षक रेशम

संयमतापूर्वक मुलुकमा शान्ति सुव्यवस्था कायम गर्ने काममा सहयोग गर्न राष्ट्रपतिको अपिल

काठमाडौं– राष्ट्रपति रामचन्द्र पौडेलले संयमतापूर्वक मुलुकमा शान्ति सुव्यवस्था कायम गर्ने

जनकपुरधामको सरकारी कार्यालयहरूको सेवा प्रवाहमा समस्या

जनकपुरधाम– मधेस प्रदेशको राजधानी जनकपुरमा भ्रष्टाचार अन्त्यसहित सुशासनका पक्षमा भएको

जेनजी आन्दोलनमा आगजनीबाट ध्वस्त भएका विराटनगर सरकारी कार्यालयको सरसफाइ सुरु

काठमाडौं– जेनजी आन्दोलनका क्रममा विराटनगरमा भएको आगजनीका कारण ध्वस्त भएका

प्रधान सेनापतिसँग वार्ता गर्न पुगेका जेन-जीनबीच जंगीअड्डा अगाडि कुटाकुट

काठमाडौँ- अन्तरिम प्रधानमन्त्री तय गर्न भन्दै सैनिक मुख्यालय अगाडि पुगेका