१५ प्रकारका नयाँ औषधि दर्ता प्रक्रिया सुरु « Khabarhub

१५ प्रकारका नयाँ औषधि दर्ता प्रक्रिया सुरु


५ फाल्गुन २०७८, बिहीबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

काठमाडौँ– औषधि व्यवस्था विभागले १५ प्रकारका नयाँ औषधि दर्ताको प्रक्रिया अघि बढाएको छ । गत १९ पुसमा बसेको औषधि सल्लाहकार समितिको ५२ औँ बैठकले प्रक्रिया पुरा दर्ता गर्न परामर्श दिएपछि विभागले दर्ताको प्रक्रिया अघि बढाएको हो ।

विभागका प्रवक्ता सन्तोष केसीले औषधि सल्लाहकार समितिको ५२ औँ बैठकको निर्णयको आधारमा प्रक्रिया पुरा गरेका १५ प्रकारका औषधि दर्ताको लागि अघि बढाइएको बताए ।

विभागका महानिर्देशक भरत भट्टराईद्धारा जारी सूचनामा पनि सल्लाहकार समितिले औषधि व्यवस्था विभागलाई औषधिको विशेष सिफारिस सम्बन्धि (पहिलो संशोधन) कार्यविधि, २०७७ को दफा ११ बमोजिम १५ प्रकारका औषधिको दर्ता गर्न सिफारिस गरेको उल्लेख छ ।

नयाँ औषधिहरु दर्ताका लागि छानिएका औषधिहरु क्यान्सर रोग देखि आँखाको उपचारसम्म प्रयोग हुने खालका छन् ।

प्रकाशित मिति : ५ फाल्गुन २०७८, बिहीबार  ७ : १८ बजे

डेढ दशकपछि बन्दै काभ्रे प्रशासनको भवन

बनेपा– जिल्ला सदरमुकाम धुलिखेल नगरपालिका–७ स्थित सरस्वती बजार नजिक निर्माण

श्रीनगर विमानस्थलमा इन्डिगोको जहाज पार्किङका क्रममा खम्बामा ठोक्कियो

नयाँदिल्ली- श्रीनगर विमानस्थलमा इन्डिगो एयरलाइन्सको विमान पार्किङ गर्ने क्रममा खम्बामा

भारतलाई तेल आपूर्ति जारी राख्छौँ : रुसी राजदूत

नयाँदिल्ली– भारतको ऊर्जा आवश्यकता पूरा गर्न रुस प्रतिबद्ध रहेको भारतका

त्रिशूली–३ ‘ए’ सुरुङबाट उद्धार गरिएका दुईमध्ये एकको अवस्था जटिल

काठमाडौं- रसुवाको भोटेकोशी नदीमा गत भदौ १० गते आएको भीषण

सुदूरपश्चिममा आज गौरा पर्वको ‘अठ्यावाली’

कञ्चनपुर– सुदूरपश्चिममा आज गौरा पर्वको मुख्य दिन ‘अठ्यावाली’ हर्षोल्लासका साथ