हिन्दूराष्ट्रलगायतका विषय ओझेलमा पार्ने काम भयोः कमल थापा « Khabarhub

हिन्दूराष्ट्रलगायतका विषय ओझेलमा पार्ने काम भयोः कमल थापा


५ फाल्गुन २०७८, बिहीबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

काठमाडौँ– राप्रपा नेपालका अध्यक्ष कमल थापाले हिन्दूराष्ट्रलगायतका मुद्दा ओझेलमा पार्ने काम भएकाले राप्रपा नेपाललाई ब्युँताउनु परेको बताएका छन् ।

बिहीबार काठमाडौँमा भएको भातृ संगठनहरूको संयुक्त बैठकमा अध्यक्ष थापाले हिन्दूराष्ट्र, सुशासन, विकास जस्ता मान्यतालाई ओझेल पार्ने काम भएकाले राप्रपा नेपाललाई पुनर्जागृत गर्नुपरेको बताएका हुन् ।

पछिल्लो समयमा अन्य विषयलाई ओझेलमा पारी राजसंस्था पुनस्र्थापनाको मुद्दालाई मात्र अगाडि सार्ने काम भएको भन्दै उनले असन्तुष्टि पनि जनाएका थिए ।

सनातन धर्म, संस्कृति र परम्पराको जग धरापमा पर्न थालेकोले राष्ट्रिय अखण्डता तथा राष्ट्रियताको जग बलियो बनाउन राप्रपा नेपालले देशव्यापी जनजागरण चलाउने पनि उनले बताए ।

राप्रपा नेपालले फागुन ७ गते पार्टीको औपचारिक घोषणासभासमेत राखेको छ ।

प्रकाशित मिति : ५ फाल्गुन २०७८, बिहीबार  ९ : ३३ बजे

कांग्रेस महाधिवेशनमा भाजपा, चिनियाँ कम्युनिस्ट पार्टीसहित कुन देशका पार्टीले दिए शुभकामना ?

काठमाडौँ – नेपाली कांग्रेसको १५ औँ महाधिवेशनका अवसरमा विभिन्न देशका

दाउन्ने बस दुर्घटना : मामा भान्जाको निधनले एलगाउँवासी शोकमग्न

राँझा– दसैँको पूर्वसन्ध्यामा बस दुर्घटनामा परी एकैघरका मामा र भान्जाको निधन

‘कांग्रेस महाधिवेशन वर्तमान र भविष्यबारे संवाद गर्ने थलो हो’

काठमाडौं-नेपाली कांग्रेसकी उपसभापति पुष्पा भुसालले कांग्रेसको १५औँ महाधिवेशन पार्टीको वर्तमान

आरेन राईले कांग्रेसको प्रसंशा गरेपछि खुलामञ्चमा हुटिङ

काठमाडौं- श्रम संस्कृति पार्टीका महासचिव आरेन राईले नेपाली कांग्रेसको १५औँ

महाधिवेशनको लागि गगनले तयार गरेको राजनीतिक प्रतिवेदनमा आर्थिक दृष्टिकोण के छ ?

काठमाडौं– नेपाली कांग्रेसका सभापति गगन थापाले पार्टीको १५औँ महाधिवेशनमा पेश