लिभरपुलले आर्सनललाई हरायो, टोटनहमसँग ब्राइटनको हार « Khabarhub

लिभरपुलले आर्सनललाई हरायो, टोटनहमसँग ब्राइटनको हार


३ चैत्र २०७८, बिहीबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

काठमाडौँ – इंग्लिस प्रिमियर लिग दोस्रो स्थानको लिभरपुलले शीर्ष स्थानको म्यानचेस्टर सिटीसँगको दूरी एक अंकमा झारेको छ ।

लिग अन्तर्गत बुधबार राति भएको खेलमा आर्सनललाई २-० अन्तरले पराजित गर्दै लिभरपुल शीर्ष स्थानमा उक्लिँदै गएको हो।

लण्डनमा लिभरपुललाई जिताउन दोस्रो हाफमा डिअगो जोटा र रोबर्टो फर्मिनोले एक-एक गोल गरे ।

जितसंगै लिभरपुलको २९ खेलबाट ६९ अंक छ । शीर्ष स्थानको सिटीको समान खेलबाट ७० अंक छ ।

हारसंगै तेस्रो स्थानमा उक्लिने मौकाबाट चुकेको आर्सनल ५१ अंकसहित चौथो स्थानमा छ ।

गए राति नै भएको अर्को खेलमा टोटनहमले ब्राइटनलाई २-० अन्तरले पराजित गर्यो । टोटनहमको जितमा क्रिष्टियन रोमेरो र ह्यारी केनले समान एक-एक गोल गरे ।

जितसंगै टोटनहम ४८ अंक सहित सातौं स्थानमा छ । ३३ अंक सहित ब्राइटन १३ औं स्थानमा छ ।

प्रकाशित मिति : ३ चैत्र २०७८, बिहीबार  ७ : ५३ बजे

अर्थ र सार्वजनिक नीति समितिको बैठक बस्दै

काठमाडौँ– संघीय संसद अन्तर्गत रहेका दुईवटा समितिको बैठक बस्दैछ ।

अपाङ्गता सेवा र तथ्याङ्क एउटै डिजिटल प्रणालीबाट हुने

काठमाडौँ– अपाङ्गता भएका व्यक्तिको पहिचान, तथ्याङ्क व्यवस्थापन, परिचयपत्र जारी र

मानव वन्यजन्तु द्वन्द्व व्यवस्थापनका लागि पोखरी

तनहुँ– मानव वन्यजन्तु द्वन्द्व व्यवस्थापनका लागि तनहुँका विभिन्न सामुदायिक वनमा

चौतर्फी दबाबपछि फिफा अध्यक्ष इन्फान्टिनो लचिलो, सदस्य देशलाई बजेट उपलब्ध गराइने

काठमाडौँ– विश्व फुटबलको सर्वोच्च निकाय (फिफा) का अध्यक्ष जियानी इन्फान्टिनोले

प्रतिनिधिसभा बैठक बस्दै, यस्तो छ कार्यसूची

काठमाडौँ– सङ्घीय संसद अन्तर्गत प्रतिनिधिसभाको बैठक आज बस्दैछ । बैठक